Pages

Saturday, October 31, 2015

अंगीकृत मा खुट्टा नडगमगाउने

अंगीकृत मा खुट्टा नडगमगाउने हो। मधेसी लाई कुनै पनि किसिमको दोस्रो दर्जाको नागरिकता स्वीकार्य हुन सक्दैन। मधेस को बुहारी दोस्रो दर्जाको नागरिक भएर बस्दैन। यो नेपालको मान्छे जापान पुगेर जपानको केटी बिहे गरे जस्तो होइन। मधेस को बिहार र उत्तर प्रदेश सँग पुरानो र प्राकृतिक सम्बन्ध छ। त्यति बेला ओली को पुरखा भारत बाट नेपाल पस्न पनि भ्याएको थिएन। त्यही बेला देखि बिहेबारी हुँदै आएको हो।

नेपाल भारत को बॉर्डर यस्तो cutting edge border हो, २२ औं शताब्दी मा दुनिया को प्रत्येक बोर्डर यस्तै हुन्छ भन्ने आशा गर्न सकिन्छ। नेपाल भारत को बॉर्डर माथि को प्रहार सहने कुरै आउँदैन।

शंघाई को बुलेट ट्रेन हटाएर त्यो ठाउँ मा जनकपुर जयनगर को दाउरा ले चल्ने ट्रेन त्यस ठाउँ मा राख्ने प्रयास हो यो जाली संविधान। लोकतान्त्रिक प्रक्रिया को उपहास गरेर बनाइएको संविधान। चुनाव मा धाँधली गर्यो, संविधान सभा मा व्हिप जारी गर्यो।


No comments: