Tuesday, October 13, 2015

In The News (45)

नाकाबन्दी सहितको आन्दोलन जारी छ....बिरगंज - मधेश को मुदामा एकबद्धता जनाउन मुस्लिम धर्मवालीहरूको बीरगज मा बिशाल जनप्रदश्रन।

Posted by Upendra Mahato on Tuesday, October 13, 2015

वडादशैं, दीपावली, छठ, इद, लोसार लगायत सबै आसन्न सांस्कृतिक पर्वहरूको उपलक्षमा सबै नेपाली दिदीबहिनी तथा दाज्यूभाइहरुमा सुखसमृद्धिको हार्दिक शुभकामना!

Posted by Dr. Baburam Bhattarai on Tuesday, October 13, 2015

नेपालको आधा भन्दा बढी जनता आन्दोलनरत रहदा, भारी मनले कुनै उत्सव मनाउन मनले मान्दैन । दुर्गाभबानिले छिटो समस्या समाधानको शक्ति प्रदान गरून् ।

Posted by Er Satya Narayan Shah on Monday, October 12, 2015

Dr. Babu Ram Bhattarai, भ्रस्टाचार सङ लड्ने प्रतिबद्धताको साथ अगाडी आउनुस जनताले पुर्ण सहयोग गर्नेछ । अब त अति नै भयो, केही त गरौं !

Posted by Er Satya Narayan Shah on Monday, October 12, 2015

मधेस आन्दोलन जारी रहन्छ अधिकार नपाउन्जेल्- मधेसी मोर्चा । एक दम सही निर्नय ।

Posted by Mahesh Yadav Adhikari on Tuesday, October 13, 2015

नेपालको राजनीतिमा सबै भन्दा ठुलो रोग भ्रस्टाचार नै हो। यस्को अगाडी कुनै सिधाान्तले काम गरिरहेको छैन ।अवको नेतृत्व जो यस सङ लड्न सक्छ ।

Posted by Er Satya Narayan Shah on Monday, October 12, 2015

"If @facebook & @tweeter is banned, @bibeksheelnp is gone" - a resident of #NorthKathmandu. Comments? @ujwalthapa @gnbhadgaule @jagannathlc

Posted by Souvidhya Manoz on Tuesday, October 13, 2015

The Fate of Jhapa, Morang, Sunsari – Statistical Analysis by me on Madhesi Youth.Let us drop our opinions, pre-formed...

Posted by Puru Shah on Friday, October 9, 2015


राजेन्द्र महतोको फोनपछि बन्द फिर्ता लिने बुँदा नै गायब



थारु र मधेशको मुद्धा एउटै हो, फुटाउने प्रयास सफल हुदैंन (फोटो फिचर)
कार्यक्रममा थारु एराउन्ड दी वर्ल्डका अध्यक्ष महावीर चौधरीले स्वागत मन्तब्य दिँदै नेताहरुले प्रधानमन्त्रीको चुनावमा सहभागी भएर आफ्नो चरित्र छर्लङ्ग पारेको बताए। उनले नेताहरुले सत्ता लागि आन्दोलन गरेको भन्दै अबको नेतृत्व थारु मधेसी युवाहरुले लिनुपर्ने बताए। .... एक उपप्रधानमन्त्रीको टेलिफोन कुरा सुनाउँदै लालले भने, ‘मैले जसको माग पूरा गरे पनि हुन्छ भनिदिएँ।’ ...... थरुहट तराई पार्टी नेपालका वरिष्ठ नेता एवं सांसद गोपाल दहितले

नेपाली कांग्रेस पनि आन्दोलनमा आउन लागेको जानकारी जराउँदै उनीहरुबाट थारु मधेसी आन्दोलनकारी सचेत हुनुपर्ने बताए। ‘आफ्नो साख गुमाएको र त्यो जागाउनका निम्ति कांग्रेस पनि आन्दोलनमा आउने जानकारी पाएको छु।

उनीहरुको आन्दोलनले हामीलाई असर पर्न सक्छ। त्यही भएर हामी सचेत हुनु जरुरी छ,’ दहितले कार्यक्रममा भने।
मधेसी मोर्चामा खैलाबैला
नेताहरूमा धमाधम पार्टी छाड्ने लहर
कपिलवस्तु ३ बाट प्रत्यक्ष निर्वाचित तमलोपा संसदीय दलका उपनेता बृजेशकुमार गुप्ता आइतबार प्रधानमन्त्री चुनावमा भोट हालेर सरासर नजिकै रहेको पार्टी मुख्यालय गए । अध्यक्ष महन्थ ठाकुरसमक्ष पार्टीको सम्पूर्ण पदबाट राजीनामा दिँदै पत्र बुझाए । ....... ठाकुर एकछिन त अकमक्क परे । किन राजीनामा दिनुभएको भनी सोध्नमात्रै खोज्दै थिए,

गुप्ता भक्कानिए । महामन्त्री जितेन्द्र सोनलको कोठामा छिरेर डाँको छोडे ।

अरू नेताहरूले सम्झाउने हिम्मतै गरेनन् । तमलोपा उच्च स्रोतका अनुसार अरू केही सांसद र नेतासमेत पार्टी छाड्ने तयारीमा छन् । ....... समाजवादी फोरम र तमसपाभित्र पनि चर्काचर्की चलिरहेको दुवै दलनिकट स्रोतहरू बताउँछन् । ...... आफूले जलाएको संविधान संशोधनसमेत हुन नपाई, ४५ को ज्यान गइसक्दा आन्दोलन टुंगिन नपाई नेता र सांसदहरू सत्ताको बाँडफाँडमा सामेल भएको भन्दै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको निर्णयप्रति थुप्रै नेता–कार्यकर्ता आक्रोशित छन् । ......

काठमाडौंमा रहेका जुनसुकै मधेसकेन्द्रित दलका नेता आइतबारयता मोबाइलमा जिल्ला–जिल्लाबाट आक्रोशित कार्यकर्ताका आवाजहरूले थर्कमान छन् ।

सद्भावना सहअध्यक्ष लक्ष्मणलाल कर्णले पार्टीभित्र असन्तुष्टि चर्किएको स्वीकारे । ‘त्यसैले आज हामी मोर्चा बैठकमा समेत जान सकेनौं,’ उनले भने । ...... संविधान निर्माणजस्तो ऐतिहासिक क्षण बहिष्कार गरेका मधेसवादी दलहरू प्रधानमन्त्री चुन्ने खेलमा भने किन एकाएक सामेल भए होलान् ? अरू त अरू, संविधानसभा नै परित्याग गरेको घोषणा गर्ने सद्भावनासमेत किन प्रधानमन्त्री चुनावमा होमियो त ? नेताहरूलाई यी प्रश्नहरूको जवाफ दिन भ्याइनभ्याई छ । सद्भावनाले संविधानसभा परित्याग गर्ने घोषणा गरे पनि उपाध्यक्ष नरसिंह चौधरीले कान्तिपुरसँग कुरा गर्दै संसद नछाडेको, छाड्नुपर्ने कुनै आवश्यकता नदेखेको प्रस्टीकरण दिए । ...... सद्भावना अध्यक्ष महतोले उक्त निर्णयको आलोचना गर्दै मोर्चाका अरू नेतालाई गद्दार घोषणा गरे पनि प्रधानमन्त्री चुनावमा सामेल हुने निर्णयबारे महतो स्वयं जानकार रहेको मोर्चाको उच्च सोतले खुलाएको छ ।....... ‘आइतबार बिहान बैठक चल्दाचल्दै नेताहरूले जनकपुरमा रहेका महतोजीलाई टेलिफोनबाट निर्णय पढी चुनावमा सहभागी हुने सुनाउनुभएको थियो, उहाँले समर्थन दिएपछि सांसदसमेत रहेकी उहाँकै पत्नी शैलकुमारी महतोसमेत सुशील कोइरालालाई भोट हाल्न जानुभयो,’ उच्च स्रोत भन्छ, ‘चुनाव हारेपछि भने महतो लोकप्रियता कमाउन विरोध गर्दै हुनुहुन्छ ।’....... ‘आइतबार भोट हाल्न हामीलाई जबर्जस्ती लगियो, हाम्रा केही सांसद साथीहरू पनि जागिर जोगाउन गए,’ सुमनले भने, ‘मधेसमा सद्भावनाको लोकप्रियता देखेर मोर्चाकै साथीहरू हाम्रो हाइट घटाउन लागिपरेका छन् ।’....... आफ्नो दल निर्णय प्रक्रियामा सामेल नभए पनि तत्काल मोर्चा नछाड्ने सद्भावनाले स्पष्ट पारेको छ । तर मोर्चाका अरू नेताले भने सद्भावनाको उक्त निर्णय हास्यास्पद भएको बताएका छन् । ....... ‘भोटिङमा कोइरालाले जितेको भए उहाँहरू पनि मन्त्री हुन जानुहुन्थ्यो, हारेको कारणमात्र विरोध गरिरहनुभएको छ,’ समाजवादी फोरमका एक उच्च नेताले भने, ‘यो त कुनै नैतिकता भएन, सस्तो लोकप्रियता कमाउने उद्यममात्रै भयो ।’ प्रधानमन्त्री चुनावसँगै मोर्चा छिन्नभिन्न भए कुनै आश्चर्य नहुने ती नेताले सुनाए । ......

उता सरकारमा सामेल दल मधेसी जनअधिकार फोरम लोकतान्त्रिक पनि आन्तरिक विवादमा परेको छ । आन्दोलनमा गिरफ्तारको रिहाइ नगरी, ज्यान मुद्दा लागेकाहरूको मुद्दा फिर्ता नगराई अध्यक्ष विजयकुमार गच्छदार सत्तामा गएको भन्दै नेताहरूले आलोचना गरेका छन् ।

..... ‘थरुहटको मुद्दामा त्यत्रो आन्दोलन चर्कियो, उहाँले त्यो सबै बिर्सेर सत्तामा जानुभयो,’ दलको उच्च स्रोतले भन्यो, ‘हिजो के आधारमा संविधान बहिष्कार गरेर हिँड्नुभयो, आज के आधारमा मन्त्री बन्न जाँदै हुनुहुन्छ, बुझ्नै सकिएन ।’ गच्छदारले उपप्रधानमन्त्रीमा शपथ लिएकै दिन उनको दलका बारा र पर्सामा रहेका सबै कार्यकर्ताले पार्टी परित्याग गरेका छन् । ......

गच्छदार नेतृत्वको संघीय लोकतान्त्रिक मोर्चाको घटक रामसपाका अध्यक्ष शरतसिंह भण्डारीले गच्छदारमा कुनै राजनीतिक मान्यता नरहेकैले यस्तो दिन देख्नुपरेको बताएका छन् ।

No comments: