Saturday, October 17, 2015

In The News (57)

स्कटिङ्ग गर्न राखिएको ट्रकमा आगजनी, प्रहरी र प्रदर्शनकारी बिच झडप (फोटो सहित)
धम्कीपूर्ण पत्रले वार्ता हुँदैनः महतो
फोरम लोकतान्त्रिकका महासचिवद्वारा पार्टी परित्यागको घोषणा
सरकारी सवारी साधानकाे तेल जनतालाई बाँड्ने विप्लव माअाेवादीकाे चेतावनी
5 most and least educated districts in Nepal



कसरी गर्यो प्रहरीले जनकपुरमा तीन प्रदर्शनकारीको हत्या ? (रिपोर्ट)
एक प्रत्यक्षदर्शीका अनुसार प्रहरीले

‘ठोक ठोक बिहारीहरुलाई’

भन्दै कराउँदै थिए । प्रदर्शनकारीहरु नजिकैका घरमा लुक्न थाले । त्यँहाका स्थानीयले पनि घरभित्र प्रदर्शनकारीलाई लुक्न सहयोग गरे । एक स्थानीयले बताए अनुसार प्रहरीले कुनै चेतावनी बिना नै गोली हान्न थाले । ...... प्रहरीले घरभित्रै गोली चलायो । एकजना प्रदर्शनकारीलाई पछाडिपट्टी रबरको गोली लाग्यो र अर्कोलाई पेटमा गोली लाग्यो ।” ...... प्रहरीले प्रदर्शनकारीलाई सहयोग गरिरहेका स्थानीयमाथि पनि गोली चलाएको थियो । प्रदर्शनकारीलाई घरको कम्पाउण्डभित्रैबाट पानी खुवाइरहेका एकजना स्थानीयलाई पनि प्रहरीले ताकेरै गोली हानेको थियो । प्रदर्शनकारीलाई लुक्ने ठाउँ दिएको भन्दै त्यँहीको एक मन्दिरका बुढा पुजारीमाथि पनि प्रहरीले कुटपिट गरेको थियो । ...... त्यही मन्दिरमा लुक्न १४ वर्षीय बालक नीतु यादव पनि पुगेका थिए । उनीसँगै अर्का दुईजना पनि थिए । तिनीहरु लुक्नलाई मन्दिरभित्र हामफाले । मन्दिरमा पुजारीले यहाँ प्रहरीले समात्न सक्ने भन्दै पूर्वपट्टीको झाडीभित्र लुक्न सल्लाह दिए । दुई जना बालक झाडीभित्र लुक्न भागे र अर्का एकजना त्यँही बसे । चार जना प्रत्यक्षदर्शीले जनाएअनुसार

झाडीभित्र लुक्ने प्रयास गरिरहेका नीतु यादवलाई प्रहरीले तानेर बाहिर ल्याए । उनलाई भूईंमा पछाडे । एकजना प्रहरीले उनलाई समाते । उनको तिघ्रामा खुट्टा राखे र अर्कोले उनको टाउकोमा गोली प्रहार गरे ।

...... १३ वर्षीय बालक यादव शायद आफ्नो घरतिर जाँदै थिए । अर्कोपट्टीबाट एक हुल मानिसहरु आउँदै थिए । प्रहरीको एक जत्था भ्यानमा थियो । अचानक यादव उछिट्टिए । उनलाई गुडिरहेको भ्यानबाटै गोली हानिएको थियो । उनी उछिट्टिएर करिब २० मिटर पर पुगेका थिए । ..... प्रदर्शनकारीलाई पानी खुवाईरहेका १२ वर्षीय बालक विकास यादवलाई पनि प्रहरीले गोली हानेको थियो । ..... नीतु यादवको हत्या गर्ने प्रहरीहरुले मास्क लगाएका थिए । उनीहरुले अश्लिल शब्द प्रयोग गर्दै यादवको हत्या गरेका थिए । यादवसँगै रहेका अर्का एकजनालाई पनि गोली हानेका थिए ।
ढुवानी व्यवसायीले बन्दको अवज्ञा गरेको भन्दै स्कटि गर्न राखिएको ट्रकमा आगजनि
Why Bihar’s Voters Find it Hard to Disentangle ‘Vikas’ from Caste
आन्दोलन रोकेर वार्ता हुँदैन : मधेशी मोर्चा
मानवअधिकारवादी संस्थाको प्रतिवेदनका ८ घटना : लुकेको ठाउँबाट निकालेर टाउकोमा गोली हानी मारियो
मधेसीको माग पूरा गर्न फेरि संविधानसभा ब्यूताउनुपर्छः ढुंगाना
उपप्रधानमन्त्री भएलगत्तै विजय गच्छदारलाई ठूलो झट्का, फोरम लोकतान्त्रिक रित्तिदै
अधिकांश जिल्लाका नेता तथा सबै कार्यकर्ताले छाडेपछि पार्टी रित्तिन थालेको हो । पार्टी रित्तिएपछि उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री बनेका विजय गच्छदारलाई ठूलो झट्का लागेको छ । .... उनको राजनीतिक यात्रामा पनि प्रश्न चिन्ह उठिसकेको छ । यसै अवस्थामा रहे पार्टी पुरै रित्तिएर अबको राजनीतिक यात्रामा पूर्ण विराम लाग्न सक्छ । गच्छदार सरकारमा गएकै कारण फोरम लोकतान्त्रिकको नेतृत्वमा रहेको संघीय लोकतान्त्रिक मोर्चा पनि टुक्रा टुक्रा भइसकेको छ । .... मधेस आन्दोलनलाई बेवास्ता गर्दै पार्टीको कुनै संस्थागत निर्णय बेगर पार्टी सरकारमा सहभागी भएका .....

महासचिवको राजीनामापछि पार्टी पूर्ण रुपमा रित्तिने देखिन्छ ।



”बरु नक्सा कोरेर खान्छु, भ्रष्टाचार गर्दिन”
डा. बाबुराम भट्टराईले नेपालका राजनीतिक दलहरु पूरै भ्रष्टाचारको दलदलमा फसेको आरोप लगाएका छन् । सम्बाद नेपालले पोखरामा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै भट्टराईले राजनीतिलाई सबैले सम्पति आर्जन गर्ने पेशा ठानेकाले देशको विकास र समृद्धी हुन नसकेको उल्लेख गरे । ..... पूराना शक्तिको त कुनै हिसाव किताव नै छैन, भट्टराई भन्छन्–क्रान्तीकारी र नयाँ शक्तिको रुपमा आएको माओबादी समेत त्यतैतिर लिप्त छ, देशको समृद्धी कसरी कल्पना गर्ने ? ..... राजनीति ब्यवसाय नभएको भन्दै उनले ब्यवसाय गर्ने भए राजनीति नगर्न आग्रह समेत गरेका छन् । अन्य देशमा त राजनीति छोडेर ब्यवसाय गर्छन्, उनले भने–नेपाल मात्रै यस्तो देश हो जहाँ ब्यवसाय छोडेर राजनीति गरिन्छ । सबै दल भ्रष्टाचारमा लिप्त रहेको आरोप लगाउने भट्टराईले आँफु भने राजनीति गरेरै पेट पाल्न सक्ने बताए । राजनीति गर्ने भ्रष्टाचारको लागि होईन, उनले भने–म बरु नक्सा कोरेर खान्छु, भ्रष्टाचार गर्दिन । ......

देशका अढाई करोड जनता कुनैपनि राजनीतिक दलमा आवद्ध छैेनन्

, उनी भन्छन्–सबैले परिवर्तनको आसा गरेका छन्, हामी परिवर्तन हुनुको विकल्प छैन, जनताले नयाँ शक्ति चाहेका छन् । .... अहिले देशमा भएका आन्दोलन जायज भएको भन्दै उनले यस्ता आन्दोलनलाई दमन गरिए केही समयपछि आँफै विस्फोट हुन सक्ने संकेत गरे । बिशेषगरी थारु, मगर र मधेसी समुदायको क्लष्टर मिलाएर उनीहरुको समान समाबेशितालाई सुनिश्चित गरिनुपर्ने उनका भनाई छ ।
गच्छदारको फोरम लोकतान्त्रिकको सप्तरीमा पत्ता साफ हुँदै
मधेसी जनतालाई धोका दिएको ठहर गर्दै मधेशी जनअधिकार फोरम लोकतान्त्रिक पार्टीको मधेशका जिल्लाहरुमा पत्ता साफ हुने क्रम बढेको छ । सिरहाका रामचरित्र साहसहित जिल्लामा सम्पूर्ण नेता तथा कार्यकर्ताले सामूहिक रुपमै राजिनामा दिने निर्णय गरेका छन् । गोलबजारमा बसेको बेठकले सामूहिक राजिनामा दिने निर्णय गरेको छ । .... सिरहामा यस्तो निर्णय भएको भोलिपल्टै सप्तरीका नेताहरु पनि पार्टी छोड्ने तरखरमा छन् । फोरम लोकतान्त्रिककै महासचिव समेत रहेका पूर्व मन्त्री मृगेन्द्रसिंह यादव पनि पार्टी परित्याग गर्ने बताएका छन् । राजविराज निवासी सिंह यादव जिल्लाको शम्भुनाथ नगरपालिकामा आयोजित सभालाई २८ असोजमा सम्बोधन गर्दै पार्टीमा नबस्ने उद्घोष गरे । ....मधेशमा जारी आन्दोलनलाई वेवास्ता गर्दै तथा मधेशी जनतालाई धोका दिएर सरकारमा गएको भन्दै पार्टीको साधारण सदस्य समेतबाट उनीसहित सप्तरीका अधिकास नेता÷कार्यकर्ताले राजिनामा दिदैंछन् । एक युवा नेताका अनुसार सिंह यादव नेतृत्वमा छुट्टै पार्टी गठनको तयारी समेत भइरहेको छ । यो पार्टीको घोषणा सप्तरीबाटै हुने उनको भनाई छ ।....... यसअघि बारा र पर्साका फोरम लोकतान्त्रिक सम्बद्व सम्पूर्ण नेता÷कार्यकर्ताले यो पार्टी परित्याग गरिसकेका छन् ।
राष्ट्रपतिमा नाम अगाडि सार्नु कांग्रेस र सत्ता पक्षको चाल : अध्यक्ष ठाकुर
प्रधानमन्त्री ओली जी सँग पनि फोनमा कुराकानी भयो, उहाँ केवल आन्दोलन स्थगन गर्न भन्नु हुन्छ । वार्ताको माध्यमवाट समस्या समाधान गरौं भन्नु हुन्छ, तर कुन कुन विषयमा वार्ता गर्ने बारेमा कहिले कुरा गर्नु हुन्न यसलाई के भन्ने ? ...... अब मधेश आन्दोलन मधेशी नेताले भन्दा जनताले हाँकेको छ । हामी पनि जनता सँगैं छौं । अहिले मधेश आन्दोलन अब आन्लदोलनमा मात्र सिमित नभई उत्सवमा परिणत हुँदैं गएको छ । गाँउ गाउँ देखि जनता आन्दोलनमा सहभागी हुन आई रहेका छन् । जनता पनि जब सम्म माग पुरा हुँदैन तब सम्म आन्दोलन रोक्न मुडमा छैन् ..... शुशिल कोइरालाको सरकारले मधेश आन्दोलनमा घाइते भएकाहरुका लागि निः शुल्क उपचार गर्ने निर्णय गरे पनि घाइते भएका आन्दोलनकारीको उपचार नुहन नसकेको र सरकारले ध्यान नदिएको हुनाले घाइतेहरुको अवस्था कष्टकर बन्दै गएको छ ।


अब मधेश आन्दोलन दल र नेताको पकडबाहिर जान सक्छ : स्थलगत रिपोर्ट

No comments: