Tuesday, October 13, 2015

आंदोलन को स्वरुप फेरिएको हो, छठ सम्म का लागि, माग फेरिएको छैन

आंदोलन को स्वरुप फेरिएको हो, छठ सम्म का लागि, माग फेरिएको छैन। दशैं तिहार छठ आएको छ। नया सरकारले माग पुरा गर्ने प्रतिबद्धता गरेको छ। उसले त्यस का लागि केही समय पाएको पनि राम्रै हो। आंदोलनले आफ्नो आतंरिक समीक्षा गर्ने समय पनि हो यो।

मतदानमा सहभागी हुनु गलत निर्णय

सुशील सरकारले नै हो यो गलत संविधान दिएको, ५० जना मारेको। उसलाई के खान वोट दिन गएको? फेरि न त्यस वोट को कुनै महत्व छ न केही। आगामी प्रदेश सभा को चुनाव मा मधेसी मोर्चा ले मधेस मा स्वीप गर्ने संभावना मात्र समाप्त गरेको छ यस मतदान को सहभागिता ले। वोट नखसालेको भये के बिग्रन्थ्यो? संसद को सदस्यता समाप्त हुन्थ्यो? तलब भत्ता बंद हुन्थ्यो? केपी प्र म हुन्थ्यो? भयो त।

चाडपर्व ब्रेक

हाम्रो त यो युद्ध होइन, क्रांति हो, अहिंसात्मक क्रांति। युद्ध कै बेला चाडपर्व ब्रेक लिने गरेका ठाउँ हरु छन दुनिया मा।

आत्म समीक्षा 

मधेसी मोर्चा देशको राजनीति को तेस्रो ध्रुव बन्ने कुरा अहिले धेरै टाढा छ। जनता को चेतना अथवा कर्मठता को अभाव छैन। कमजोरी नेता पंक्ति मा छ। राजेन्द्र ले महंथ र उपेन्द्र लाई नेता नमान्ने, उपेन्द्र ले राजेन्द्र र महंथ लाई, महंथ ले राजेन्द्र र उपेन्द्र लाई नेता नमान्ने। यस व्यवहारले मधेसी आंदोलन को कद लाई घटाएको छ। कसैले कसैलाई नेता नमान्ने तर सबैले मिलेर केपी र सुशील जो भए पनि हुन्छ भन्ने अवस्थामा पुग्ने।

सीके राउत: Missing In Action

सीके राउत को वाक स्वतंत्रता जिन्दाबाद, सीके को मधेसी को राजनीतिक स्थिति यति ख़राब छ कि अलग देश एक मात्र समाधान हो भन्ने निष्कर्ष सम्म पुग्ने विश्लेषण सराहनीय छ। नंबर वन नै छ। मधेसी अधिकार को आंदोलन को इतिहास मा त्यति सारहो विश्लेषण कसैले गरेको छैन। मधेस को इतिहास को पनि गहिरो अध्ययन छ। मधेसी भारत बाट आउनु अगाडि मधेस जंगल थियो भन्ने पहाड़ी पूर्वाग्रह को सीके ले धज्जी धज्जी उडाएका छन। तर यस क्रांति मा सीके को अनुपस्थिति सीके का चेला चपाटी हरुको अनुपस्थिति खड़कयो।

मधेस अलग देश समाधान होइन। मेरो पनि वाक स्वतंत्रता जिन्दाबाद। जातीय ध्रुवीकरण बढाएर अलग देश सम्म पुग्ने भनेको होइन। मधेस का पहाड़ी समुदाय लाई पनि नागरिक बनाउने भनेको हो। भने पछि मधेस अलग देश बन्छ भने पनि त्यो बाँकी रहेको नेपाल देश कै डबल रोल हुने भो, एउटै फिल्म मा दुई दुई वटा अमिताभ बच्चन भए जस्तो। बाँकी रहेको नेपाल देशको प्रत्येक जात र समुदाय मधेस देश मा पनि हुने भो। त्यस्तो टन्न पहाड़ी भएको देशको प्रधान मंत्री सीके हुन मिल्छ भने अहिलेको नेपालमा के खराबी छ? अहिलेको नेपाल को प्रधान मंत्री सीके किन हुन सक्दैन?

अहिले को राज्य (state) बड़ो inefficient र corrupt छ काठमाण्डु मा, त्यो तर्क हो भने मधेस अलग देश को bureaucracy लाई त्यस्तो तगड़ा बनाउने त्यस्तो जादु को छड़ी छ भने त्यो अहिले को नेपालको bureaucracy लाई दुरुस्त गर्न घुमाए पनि हुन्छ नि। हुँदैन?

संघीयता मा त सीमांकन मा यस्तो लफड़ा छ भने मधेस अलग देशमा जाने हो भने भावर प्रदेश का जोकर हरुले कुन नाच नाच्ने होला? सीमांकन त असंभव नै हुन्छ।

फेरि अहिले सम्म सीके राउत को मधेस अलग देश को एजेंडा मधेसी मोर्चा ले पुरा गरिदिनुपर्ने जस्तो कुरा छ। काठमाण्डु छोड़ आउ मधेस को अंतरिम संसद स्थापना गरौं। सीके ले पटक पटक त्यो आह्वान गरेका छन। कहिले बैठक भएको छैन, बसेर छलफल भएको छैन। फेसबुक मा जताततै हवाई फायर मात्र भएको छ। यो त गणतंत्र को लड़ाई का लागि कमल थापा लाई आह्वान गरे जस्तो हो। मधेसी मोर्चा का लागि मधेस अलग देश भनेको नजाने गाउँ को बाटै नसोध्नु जस्तो हो।

यसरी नेतृत्व को पासो फाल्नु राजेन्द्र, उपेन्द्र, महंथ को भन्दा के फरक हो? शोले मा बाँकी मेरे पिछे आओ भन्दै भन्दै राजेन्द्र, उपेन्द्र, महंथ ले आंदोलन तुहाए जस्तो अवस्था मा पुर्याए। एक दिन क्रांति मा नगएको गच्छेदार ले आफै पासो फाल्छ, नेता म है भनेर। सीके को नेतृत्व को क्लेम को पासो अरूभन्दा फरक कसरी भयो? मान न मान मैं तेरा मेहमान। जसरी ९५ अथवा ६५ डिग्री मा water molecule हरु सबैको व्यवहार उस्तै उस्तै हुन्छ, त्यसरी नै मधेसी समुदायको सशक्तिकरण को अहिले को अवस्था जे छ त्यस अवस्था मा मधेसी समुदायको नेतृत्व लिन चाहने सबैको अवस्था उस्तै उस्तै हुँदो रहेछ। देखियो।

तर मधेस अलग देश को कुरै गर्नु हुन्न भन्ने होइन। देशमा ठुलै राजनीतिक एक्सीडेंट नभए सम्म मधेसी जनता त्यहाँ सम्म मानसिक रुपले पुग्ने मैले देखिराख्या छैन। जनता जागेको हो। अब योभन्दा कति जागने? ३० लाख मधेसी गलत, एउटा सीके राउत ठीक भन्ने होइन। ३० लाख मधेसी गलत भन्नु अलोकतांत्रिक व्यवहार हो।

नेपाल, भारत, भुटान, बांग्लादेश ले १० वर्ष भित्र आर्थिक एकीकरण गर्ने भनेर सही गरेका छन। मधेस अलग देश बन्छ भने पनि त्यसै नेपाल सँग फेरि आर्थिक एकीकरण हुन्छ। त्यो घुमफिरि रुम्जाटार हुँदैन?

क्रांति फेरि फर्कन्छ 

क्रांति फेरि सड़क र नाका हरुमा फर्कन्छ। ओली ले संविधान संसोधन गराएन भने क्रांति फेरि फर्केर आउँछ। तर त्यसरी आउँदा पनि Window Of Opportunity भनेको तीन बढ़ी भए चार हप्ता हो। जे गर्नु छ त्यस दौरान गर्नु पर्छ। सरकारी कर्मचारी विदामा गए जस्तो अनिश्चितकालीन हुँदैन।

राजनीतिक गृह कार्य को खाँचो

अझै छ।




आफ्नै कारणले ‘मुर्झायो’ मधेस आन्दोलन
संविधान निर्माण प्रक्रियाबाट बाहिरिँदै दुई महिनायता आन्दोलित मधेसी मोर्चा संकटमा परेको छ । ४६ को मृत्यु, सयौं घाइते र गिरफ्तार हुँदै जारी आन्दोलन कता लैजाने भन्नेमा नेतृत्वमा रहेका चार मधेसकेन्द्रित दल दिग्भ्रमित देखिएका छन् । आइतबार प्रधानमन्त्री चुनावमा सहभागिता हुँदै सोमबार र मंगलबार जारी मोर्चा बैठकमा त्यो अलमल झल्किन्थ्यो । .... आजको पत्रकार भेट आन्दोलनको स्वरुप बदलिएको घोषणा गर्नका लागि थियो । सोमबारको मोर्चा बैठकमा नेताहरुले

चाडपर्वको मुखमा नाकाबन्दीलगायत सबै आन्दोलनको शैली बदल्ने समझदारी गरेका थिए ।

...... तर मंगलबार बिहान तमलोपा मुख्यालय बिजुलीबजारमा आयोजित मोर्चा बैठकमा कर्ण सहभागी भएपछि सद्भावनामा विवाद चुलिएको छ । कर्णले आफूलाई धोका दिएको निष्कर्षमा महतो छन् । ..... बैठकले मंगलबारबाटै दसैं सुरु भएको सन्दर्भमा नाकाबन्दीबाहेक सबै आन्दोलन फिर्ता लिने भनी मोर्चाले निर्णय गरिसकेको थियो । तर सद्भावना अध्यक्ष महतोले टेलिफोनबाटै धम्की दिएपछि बैठकलगत्तै आयोजित पत्रकार सम्मेलन विना तयारीको भाषण थलोमा परिणत भएको थियो । आन्दोलन स्थगनको घोषणा भएन । बरु नेताहरुले प्रधानमन्त्री चुनावमा भाग लिन पर्नुको प्रष्टीकरण दिँदै आफ्नो बचाउमा शब्द खर्चेका थिए । ...... मोर्चाले कात्तिक लागेपछि मात्रै त्यसको घोषणा गर्ने ..... ‘यो आन्दोलन तुहिइसक्यो, नेताहरुलाई घोषणा गर्न लाज भएजस्तो छ,’ उनले भने, ‘त्यसैले चाडपर्वको बेला आन्दोलन रोक्न भनी आयोजना भएको पत्रकार सम्मेलन गफ गर्ने थलोमा परिणत भयो ।’ ..... झन्डै आधा सय नागरिकको ज्यान जाँदासमेत नघटेको आन्दोलनको पारो नेतृत्वको दिशाहीनताका कारण तुहिएको भन्दै मोर्चा दोस्रो तहका नेता र कार्यकर्ता आक्रोशित भएका छन् ।

केन्द्रीय नेतृत्व हुँदै जिल्लास्तरसम्म धमाधम पार्टी छाड्ने र राजीनामा दिने लहर चलेको छ ।

मधेसी समुदायका जायज मुद्दा सम्बोधन गर्न थालिएको आन्दोलनमा नेतृत्वले जानाजान भारतलाई खेल्ने स्पेस दिएको उनीहरुको आरोप छ । ...... मोर्चाका एक नेताको भनाईमा, विगतको मधेस विद्रोहका बेला पनि भारतले मधसी नेतृत्वलाई उपयोगमात्रै गरेको थियो ।

यो पटक त बद्नाम नै गरिदिएको छ ।

.... ‘कतिसम्म भने

एक दिनसमेत आन्दोलनमा नआएका विजयकुमार गच्छदारले बरु यो आन्दोलनको जस लिने अवस्था देखा परेको छ,’

ती नेताले भने, ‘प्रधानमन्त्री चुनावमा जाँदा उनले कम्तीमा आठ बुँदे सहमतिमा हस्ताक्षर गराए, हाम्रो नेतृत्वले त त्यति पनि गर्न सकेन ।’
नाकाबन्दीबाहेकका आन्दोलनका कार्यक्रम फिर्ता हुने
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सीमामा दिंदै आएको धर्नालाई जारी राख्दै अन्य आन्दोलनका कार्यक्रम भने फिर्ता लिने निर्णय गरे पनि निर्णय भने सार्वजनिक गरेनन् । .... अान्दाेलन यथावत रहने ...... अाज घटस्थापनादेखि स्थगित भनिएका कार्यक्रम फुलपातिदेखि लागू हुने ..... ‘सीमा नाकाको धर्ना यथावत राख्ने र यातायात, बजार भने खुल्न दिने निर्णय भएको छ’


थरुहट पक्षले दसैं तिहारका लागि बन्द फिर्ता लियो
कात्तिक १५ सम्मका लागि आन्दोलनका कार्यक्रमको स्वरुपमा परिवर्तन ल्याएको बताएका छन् । आन्दोलनकारी पक्षले दसैं तिहारको अवधिमा सरकारी, गैरसरकारी र सार्वजनिक स्थलमा थारु स्वायत्त प्रदेशको भित्ते लेखन गर्ने, कालो झण्डा गाडेर अन्नबाली स्याहार्ने, विरोध स्वरुप दसैंलाई कालो मान्ने, जनजागरण अभियान सञ्चालन गर्ने जस्ता कार्यक्रम सार्वजनिक गरेको छ ।


मतदानमा सहभागी भएको भन्दै मधेसी मोर्चाप्रति आक्रोश

‘कांग्रेसको नेतृत्वमा विभेदकारी संविधान जारी भयो , हाम्रा ४० जना आन्दोलनकारीलाई एमालेका गृहमन्त्रीको नेतृत्वमा हत्या गरियो अनि यिनै कोइराला र ओलीको पक्षमा कुन मुख लिएर हाम्रा नेताहरु मतदान गर्न गए ?’

..... मधेसानन्दकै नेतृत्वमा सोमवार जनकचौकमा मधेस केन्द्रित दलका नेताहरुको पुत्ला जलाउने कार्यक्रम थियो । मोर्चा सम्बद्ध केही स्थानीय नेताहरुले पुत्ला जलाउन अवरोध गरे पछि, उनले आफूले लगाएको सर्ट फुकाएर ‘शीर्ष नेताको पुत्ला’ भन्दै आफ्नो सर्ट नै जलाएका थिए । ..... पहिलो मधेस बिद्रोहदेखि नै आन्दोलनको नेतृत्व गर्दै आएका मधेसानन्द जारी आन्दोलनको सुरुमा दुई साताको आमरण अनशन समेत गरेका थिए । .... एका तर्फ आन्दोलन पनि जारी राख्ने अनि अर्को तर्फ सत्ता समिकरणमा समेत सहभागी हुने मधेस केन्द्रित दलहरुको रणनीतिलाई नागरिक समाजका अगुवाहरुले समेत विरोध गरेका छन् । ..... उनिहरुले जुन संविधान जलाए ,जसको स्वामित्व ग्रहण गरेनन् त्यसै संविधान अन्तर्गत मतदानमा भाग लिनु अलि सोहाएन कि ?’
धमाधम नाका खुल्दै, इन्धन भित्रिँदै
पश्चिमको प्रमुख नेपालगन्ज–रुपैडिहा नाका दुई दिनयता पूर्ववत् अवस्थाजस्तै सहज भएको छ ..... करिब दुई सातादेखि रुपैडिहामा रोकी राखिएका ट्यांकरलाई भारतीय सुरक्षाकर्मी (एसएसबी) ले बिनाअवरोध प्रवेश दिइरहेका छन् । अवरोध गर्ने मोर्चाका कार्यकर्तालाई प्रहरीले हटाउन थालेपछि नाकाको वातावरण पहिलैकै अवस्थामा फर्किन थालेको हो । इन्धन भित्रिन थालेपछि डिजेलको अभाव हटेको स्थानीय प्रशासनले जनायो । ..... मालवाहक गाडीहरू छोड्न थालेपछि सीमावर्ती रुपैडिहा बजारमा भिड हट्न थालेको छ । नाकाबन्दीका कारण मालवाहक गाडीको लाइन चार/पाँच किलोमिटरसम्म पुगेको थियो । ...... ‘ढुवानी दीर्घकालीन हो वा क्षणिक भोलिबाट थाहा हुन्छ,’ नेपाल–भारत मैत्री समाज अध्यक्ष डा. शान्तकुमार शर्माले भने,

‘यसरी नै भारतले सहज रूपमा ढुवानी गराएमा दुवै देशको आपसी सम्बन्ध र व्यापार वृद्धि हुँदै जाने छ ।’

उनका अनुसार अझै पनि यो नाकाबाट ३५ ट्यांकर पेट्रोलियम पदार्थ र ३५ बुलेट एलपी ग्यास भारततर्फ लाइनमा छन् । .... शनिबार मध्याह्न भारतीय मार्ग हुँदै रेणु यादवको नेतृत्वमा आएका मोर्चाका कार्यकर्ताले जोगबनीको मुख्य नाकास्थित दसगजामा धर्ना बसेलगत्तै प्रहरीले हटाउने प्रयास गर्दा उनीहरूले भारतीय भूमिबाट प्रहरीलाई ढुंगा बर्साउन थालेका थिए । त्यसक्रममा झडप भएपछि तनावग्रस्त बनेको थियो । आइतबार दिउँसो प्रदर्शनकारीले भारतीय भूमिबाट सुरक्षाकर्मीलाई ढुंगा प्रहार गर्नेक्रममा भारतीय सीमा सुरक्षाबल (एसएसबी) ले उनीहरूलाई समर्थन गर्दै नेपाली सुरक्षाकर्मीको हतियार खोसेर लगेपछि नाका थप तनावग्रस्त बनेपछि पैठारी ठप्प भएको थियो । ...... भन्सार अधिकृत दीपेन्द्र झाका अनुसार अरू सामान बोकेका सय वटा ट्रक र कन्टेनर पनि भित्रिएका छन्

भ्रमपूर्ण समाचार फैलाउँदै मधेश बिरोधी मिडीया...आज संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले नाकाबन्दी सहीत बन्द, आमहडताल, असहयोग लगायतका सबै आन्दोलनको कार्यक्रम जारी रहने प्रेश बिज्ञप्ती र पत्रकार सम्मेलन मार्फत जानकारी गराए पनि मधेश बिरोधी साम्प्रदायिक कान्तिपुर टि भी ले मधेश आन्दोलन बारे भ्रमपूर्ण समाचार आज प्रसारण गर्दैछ।

Posted by Upendra Mahato on Tuesday, October 13, 2015

केपी अब तेरी बारी हैआन्दोलन नाकाबन्दी जारी है। - बिरगंज, आन्दोलनमा एक्यबद्धता जनाउँदै बिशाल जनप्रदर्शन

Posted by Upendra Mahato on Tuesday, October 13, 2015

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा प्रेस विज्ञप्ति ...

Posted by Brikhesh Chandra Lal on Tuesday, October 13, 2015

सबैलाई पेट्रोल दिने भनेको हैन र भन्या? बिहानैदेखि लाईन बसेको, २०० लाई मात्र कुपन बाँड्ने भनेपछि ट्वाँ परियो...के गर्ने होला खै ?#petrocrisis

Posted by Kosmos Biswokarma on Tuesday, October 13, 2015

Nakabandi jaari hai!

Posted by Subhash Chandra Shah on Tuesday, October 13, 2015

Robert Penner, a principal scientist at The Cloud Factory investigates the Nepal Embassy statement that defended #Nepal...

Posted by Puru Shah on Monday, October 12, 2015

पहिलो संविधानसभामा विवादास्पद केही प्रमुख सवालमा ठूला दलका ठूलै नेताहरूले निर्णय गर्ने गरेको भए पनि विभिन्न समितिमा दफाव...

Posted by Luisang Waiba on Tuesday, October 13, 2015

Learning more about our PM.

Posted by Khushbu Dhoti Mishra on Tuesday, October 13, 2015

India wants Kathmandu to move fast to accommodate Madhes's constitutional concerns. If it does not happen now, it could as well be never. SD Muni

Posted by Subhash Chandra Shah on Tuesday, October 13, 2015

मधेशी मोर्चाका एक नेताका अनुसार मोर्चाको विज्ञप्तिमा अन्तिम समयसम्म कार्तिक ३ गतेदेखि ९ गतेसम्म बन्द फिर्ता लिने कुरा उल...

Posted by सदभावना पार्टी on Tuesday, October 13, 2015

No comments: