Pages

Monday, October 12, 2015

ओली ले मधेस आंदोलन छिटो भन्दा छिटो सम्बोधन गर्नु बाहेक अर्को बाटो छैन

संविधान संसोधन को बाटो ओली ले मधेस आंदोलन छिटो भन्दा छिटो सम्बोधन गर्नु बाहेक अर्को बाटो छैन। मधेसी मोर्चा ले आफ्नो मत को औचित्य नै नभएको मतदान मा भाग लिएर गलती गर्यो। तर त्यो सानो पक्ष हो। मुख्य कुरा त आंदोलन हो। जनता आंदोलनमा छ।

समय धेरै छैन। होइन भने क्रांतिले सरकार र संविधान दुबै बढ़ारेर लान्छ। पशुपतिनाथ लाई प्रार्थना गरौं, ओली को जिब्रो मा सत्ता मा पुगेको बेला लगाम लागोस। फेरि जुका र झिंगा को भाषा आयो भने स्थिति विस्फोटक हुन्छ। देशमा ध्रुवीकरण झन तीव्र भएर नया नया परिस्थिति सृजना हुन सक्छ।

सबै का लागि सबै भन्दा राम्रो बाटो हो यथाशीघ्र संविधान संसोधन द्वारा मधेसी लाई समानता प्रदान। यस क्रांति को सम्मानजनक अवतरण को बाटो त्यही हो। होइन भने २०४६ मा लोकेन्द्र बहादुर प्रधान मंत्री बनेकै हो। पद ले केही हुँदैन। जनता विद्रोह मा रहेको बेला त्यसको सम्बोधन प्रमुख कुरा हो।


No comments: