Saturday, February 06, 2016

मिनेन्द्र रिजालको "संसोधन" किन उटपटांग छ

अंतरिम संविधान ले गरेको व्यवस्था अनुसार ७५ जिल्ला प्रत्येक ले कमसेकम एक निर्वाचन क्षेत्र पाउने भन्ने थियो। अनि मधेसमा जनसंख्या ५१% भएकोले मधेसले ५१% निर्वाचन क्षेत्र पाउने भन्ने थियो।

भने पछि प्रत्येक जिल्लाले कमसेकम १ निर्वचन क्षेत्र पाउने भन्ने थियो त। अंग्रेजीमा एउटा कहावत छ, Don't fix what is not broken.

अंतरिम संविधान मा मिलिसकेको कुरा भत्कायो कसले? किन भत्कायो?

किन भत्कायो भन्दा मधेसमा जनसंख्या ५१% भएकोले मधेसले ५१% निर्वाचन क्षेत्र पाउने भन्ने प्रावधानले मधेसको सीमा निर्धारण गरेको थियो। मधेस भुगोल हो। त्यो मधेस समेटेर एक प्रदेस बनाउने कुरा थियो। पछि लचक भएर दुई प्रदेस सम्म कुरा पुगेको हो।

मधेस को भुगोल कुन हो भनेको राजस्थान मा मरुभुमि कहाँ छ भने जस्तो हो। सागरमाथा कहाँ छ भने जस्तो हो। तर बाहुन हरुले फेवा ताल मा देखिने उ त्यो सगरमाथा भन्ने प्रपंच गरे।

मधेसको भुगोल कुन हो भन्ने यथार्थ लाई चैलेंज गर्न लाई अंतरिम संविधान ले व्यवस्था गरेको  ७५ जिल्ला प्रत्येक ले कमसेकम एक निर्वाचन क्षेत्र पाउने र मधेसमा जनसंख्या ५१% भएकोले मधेसले ५१% निर्वाचन क्षेत्र पाउने प्रावधान को हरण गरियो।

मधेसले जनसंख्या समानुपातिक प्रतिनिधित्व प्रतिनिधि सभा र राज्य सभा दुबै मा पाउनुपर्छ, मधेस मा झापा देखि कंचनपुर सम्म दुई प्रदेस हुनुपर्छ भनेको मधेसीको एक व्यक्ति एक मत को चाहना हो। मधेसको भुगोल टुकड़ा टुकड़ा पार्ने, मधेसी लाई प्रतिनिधि सभा मा पाँच व्यक्ति तीन मत र राज्य सभा मा दुई व्यक्ति एक मत को अहिलेको जुन प्रावधान छ त्यो त दासत्व हो। यो २१ औं शताब्दीमा आएर मधेसीले त्यो दासत्व स्वीकार्छ भनेर नसोंचे हुन्छ।

अहिले जति भयो त्यो वार्मअप हो। अहिले वार्ता को बाटो मधेसीको ११ बुँदे माने ठीक छ होइन भने आंदोलन ले अहिले सम्म को कुनै पनि आंदोलन ले न पाएको उचाई लिनेछ। एक व्यक्ति एक मत का लागि मधेसी देश नतोड़ेर बस्न तैयार छ, तर एक व्यक्ति एक मत का लागि तोड्नु परे देश तोड्न पनि तैयार छ।


No comments: