Pages

Tuesday, February 16, 2016

महंथ ठाकुर को रोल (२)

महंथ ठाकुर काँग्रेस मा सुशील कोइराला, राम वरण यादव, विमलेंद्र निधि यी सबैभन्दा सीनियर। सुशील बालुवाटार पुगे, राम वरण शीतल निवास पुगे। निधि जी काँग्रेस भित्र टोकन मधेसी को रोल मा हुनुहुन्छ।

एउटा प्रधान मंत्री र अर्को राष्ट्रपति भन्दा सीनियर मान्छे लाई उपेन्द्र यादव र राजेंद्र महतो ले संयोजक नबनाउने कारण के पर्यो? उ मधेसी भएर हो? यो व्यवहार त मानसिक दासता जस्तो देखियो।

आखिर औपचारिक रुपले संयोजक बनाए पनि मोर्चा को कार्य शैली अहिले जस्तो नै हुने हो। यो होइन कि महंथ लाई संयोजक बनायो कि उसले एक्लै एक्लै निर्णय गर्न पाउने भन्ने हो। लोकतान्त्रिक प्रक्रिया समाप्त हुने होइन। सामुहिक नेतृत्व को शैली कायम रहने हुन्छ।

एक जना कोही स्पष्ट संयोजक छ भने मधेसी मोर्चा को प्रभावकारिता बढ्छ।


No comments: