Pages

Tuesday, February 16, 2016

दिल्ली को रोल

लामो विगत को समीक्षा गर्ने हो भने दिल्ली को रोल त्यति सारहो सराहनीय छैन। Unproductive, dysfunctional ---

नेपाल भारत को सम्बन्ध राम्रो हुँदो हो त न नेपाल गरीब हुन्थ्यो न भारत। दुबै गरीब छन।

रोटीबेटी भनिन्छ। धार्मिक सांस्कृतिक सम्बन्ध को कुरा हुन्छ। त्यसमा नेपाल सरकार अथवा भारत सरकारको रोल के छ? त्यो त परापूर्व काल देखि को सम्बन्ध। बगेको पानी अथवा अग्लिएको हिमाल को कसले क्रेडिट लिने? त्यो  प्रकृति को रोल हो। नेपाल सरकार किन गमक्क पर्ने? अथवा भारत सरकार।

आफुले काम गर अनि त्यसको क्रेडिट लेउ। जनता जनता बीचको सम्बन्धको क्रेडिट नलेउ।

बरु काठमाण्डु का बाहुन ले कालिदास को अनुसरण गर्दै आफु बसेको हाँगो माथि बन्चरो हानदै बसेको छ। यो apartheid संविधान ले रोटीबेटी को सम्बन्ध माथि कुल्हारी प्रहार गरेको गर्यै छ। अझै रोकेको छैन। Wait, wait भन्दै कुद्दै आएको त्यो जयशंकर हो।


मधेस लाई उपनिवेश बनाएर राखेको काठमाण्डु को प्रत्येक शक्ति लाई दिल्ली ले धानेर राखेको छ। किन धानेको? लाज लाग्दैन? दिल्ली मा एउटा आफ्नै किसिमको बाहुनवाद छ। बाहुन बाहुन को कुरा त्यसै मिलेको होइन।

छिमेक मा बढ़ी अल्झिने देश विश्व शक्ति बन्न सक्दैन। मुसा बिरालो खेल। सम्बन्ध लाई पारदर्शी र productive बनाउँदै लैजानु पर्छ।

हिंदी, चिनिया, अरबिक, स्वाहिली, अंग्रेजी, फ्रेंच, स्पेनिश ----- यी सात भाषा UN मा चल्नुपर्यो। त्यस मध्ये नेपाल ले एउटा कुन रोज्ने?






No comments: