Pages

Saturday, February 06, 2016

मधेस आंदोलन फेज २: कड़ा संगठन विस्तारको फेज

वीरगंज नाका अथवा कुनै पनि नाका बंद गर्ने मधेस आंदोलन को कुनै लक्ष्य नै थिएन। यो त फ़ासिस्ट दमन र काठमाण्डु लाई छुँदै नछुने देखेर पो नाकाबंदी भएको। भुकम्प पीड़ित जनजाति लाई बढ़ी मर्का पर्यो भनेर मधेस आंदोलन ले नाकाबंदी फिर्ता लिएको हो। यसले मधेसी जनजाति एकता लाई एउटा नया उचाई मा पुर्याउने काम गर्छ।

मधेस आंदोलन कुनै युद्ध हो कि नाकाबंदी गरौं मान्छे भोकभोकै मारौं भन्ने? नाकाबंदी फिरताबंदी आंदोलन को पराजय होइन। प्रधान मंत्री र प्रचंड दुबै ले अब फ़ास्ट ट्रैक वार्ता को बाटो ११ बुँदे मानने हिंट दिएकोले हो नाकाबंदी फिर्ता भएको। 
नाकाबंदी फिर्ता हुना साथ आंदोलनले नया फेज मा प्रवेश गरेको छ। अबको फेज भनेको घनीभूत वार्ता र कड़ा संगठन विस्तारको हो। मधेसमा वडा वडा मा मधेसी मोर्चाले कड़ा रफ्तारमा संगठन विस्तार गर्नु पर्ने भो। साढ़े तीन पहाड़ी दलको अब मधेसमा के काम?

शांतिपूर्ण विरोध प्रदर्शन लाई पनि चलाई राखे हुन्छ। बरु कार्यकर्ता हरुले अनुशासन देखाउने प्रयास गर्ने हो। तालिम नपुगे जस्तो देखियो एक दुई ठाउँमा। लोकतंत्र मा त प्रहरी को काम हो मानव अधिकार को रक्षा। अर्थात शांतिपूर्ण विरोध प्रदर्शन गरिरहेका हरुको रक्षा गर्ने। 

मधेसी मोर्चाको ११ बुँदे बारे त्रिकोणात्मक Televised Debate गरौं तीन चार घंटा, तीन चार राउंड



No comments: