Thursday, February 04, 2016

देशको प्रधान मंत्री

एमाले पार्टी अध्यक्ष भनेको एमाले पार्टी अध्यक्ष। एमाले संसदीय दल नेता भनेको एमाले संसदीय दल नेता। तर देशको प्रधान मंत्री भनेको त देशको प्रधान मंत्री। त्यो व्यक्ति आफ्नो पार्टी को घेरा बाट बाहिर जान सक्नुपर्छ। किनभने प्रधान मंत्री व्यक्ति होइन संस्था हो। देशको प्रधान मंत्री सारा देशको प्रधान मंत्री। देशको प्रधान मंत्री भनेको तीन करोड़ नेपालीको प्रधान मंत्री। देशको प्रधान मंत्री डेढ़ करोड़ देश बाहिर का नेपालीको पनि प्रधान मंत्री। देशको प्रधान मंत्री वोट खसाल्न नसक्ने नेपाली बच्चा को पनि प्रधान मंत्री। देशको प्रधान मंत्री वोट खसाल्न नजाने व्यस्क को पनि प्रधान मंत्री। हात्ती छिर्यो पुच्छर अड्क्यो भने जस्तो बिभिन्न राम्रा पक्ष हुँदा हुँदै पनि मधेसी मोर्चा को १० बूँदा मा देशको प्रधान मंत्री ले देशको प्रधान मंत्री जस्तो विचार व्यवहार नदेखाएर गार्हो पर्यो। १० बूँदा मानेर संविधान संसोधन गर्यो कि दुनियाको नंबर एक संविधान बन्यो। एक तिहाई महिला लाई भन्ने न अमेरिका मा छ, न बेलायत, भारत, चीन कतै छैन। तर त्यो अहिले कागजमा छ। चैतमा भटाभट प्रदेश र स्थानीय चुनाव गरेर त्यसलाई व्यवहार मा देखाउन सक्नु पर्यो। यी हेर, हाम्रो देशमा केंद्र, प्रदेश, स्थानीय प्रत्येक तहमा महिला एक तिहाई भनेर बल्ल भन्न पाउने हुन्छ। ओली ले बड़प्पन देखाउने बेला हो यो। बड़प्पन देखाउने भनेकै प्रधान मन्त्रीले हो। पदको तकाजा हो। एमाले पार्टी अध्यक्ष ले बड़प्पन नदेखाए पनि काम चल्छ। एमाले संसदीय दल नेता ले बड़प्पन नदेखाए पनि काम चल्छ। तर देशको प्रधान मंत्री ले बड़प्पन देखाएन भने देश अगाडि बढ्दैन।


No comments: