Pages

Tuesday, September 08, 2015

सुशील ले गर्न सक्ने काम मात्र उसलाई गर्न लगाउ

सुशील ले राजीनामा दिन सक्छ। त्यो उसको क्षमता ले भ्याउने काम हो। डाक्टर केसी को माग पुरा गर्नु, त्यो सुशील को क्षमता बाहिर पर्छ। उसले चाहेर पनि गर्न सक्दैन।

जस्तै मलाई कसैले सर्जरी गर भनेर भन्यो भने, त्यो त मैले गर्न सक्दैन। भन्दैमा म ख़राब मान्छे होइन। सुशील ख़राब मान्छे होइन, असक्षम मान्छे हो। तर सर्जरी गर्न नजान्ने मान्छे सर्जरी थिएटर मा पुग्नु त अपराध नै हो।

मधेसी पार्टी हरु ले सुशील लाई पहिले का सम्झौता कार्यान्वयन गर भन्दैछ। त्यो कसरी संभव छ? त्यो सुशील को क्षमता बाहिर को कुरो हो।

मधेसी जनजाति क्रांति ले असंभव डिमांड राख्न मिल्दैन। सुशील ले गर्न सक्ने काम गर भन। गर्नै नसक्ने काम को डिमांड नगर। सुशील सँग राजीनामा माग।

सुशील ले राष्ट्र लाई सम्बोधन गर्ने बेला आउन लाग्यो


No comments: