Pages

Thursday, September 24, 2015

तिमीलाई अधिकार दिने मैले हो

संविधान सभा के हो?
तिम्रो भखारी हो?
जसमा अधिकार नामको चामल छ?
तिमीले कसैलाई एक सिता
कसैलाई एक माना दिने?
आफुलाई आधा भखारी राख्ने?

त्यो होइन

तिमीलाई अधिकार दिने मैले हो
मलाई अधिकार दिने तिमीले हो
यो एउटा सहमति हो

तर, वास्तवमा
मैले तिमीलाई
तिमीले मलाई
दिने नै होइन

अधिकार त क्रांति को धुँवा हो
विस्फोट हो
ह्रदय को ज्वाला
दियो हो

अधिकार भित्र बाट आउँछ
त्यसको बाटो मा तगारो बस्ने
तिमी
को?

तिमीलाई अधिकार दिने त मैले हो


No comments: