Monday, September 21, 2015

In The News (109)

प्रहरी चौकीहरुमा कालो झण्डा गाँडियो , ग्रामिण भेगहरुमा समेत कालो झण्डा गाँडेर बिरोध जनाईयो
भारतले सीमा नाका बन्द गर्ने संकेत
नयाँ रणनीतिका लागि 'ब्रिफिङ' गर्न भारतीय राजदूत दिल्लीतर्फ
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नै राजदुत रेलाई दिल्ली बोलाएको स्रोतको दाबी छ । ..... राजदूत रेले भारत सरकारलाई नेपालको राजनीतिक परिस्थितीबारे ब्रिफिङ गरेपछि भारतले नेपालबारे नयाँ रणनीति बनाउने कुटनीतिक विश्लेषकहरु बताउँछन् । ... संविधान जारी गर्न आयोजित विशेष समारोहमा भारतीय राजदूतलाई नेपाल सरकारले आमन्त्रण गरे पनि उनी समारोहमा सहभागी भएनन् । सरकारले नेपालस्थित सबै विदेशी कुटनीतिज्ञलाई विशेष समारोहमा उपस्थितीका लागि आमन्त्रण गरेको थियो । भारतीय राजदूत रे आइतबारको सो कार्यक्रममा सहभागी भएनन् । उनी रात्रीभोजमा पनि सहभागी नभएको परराष्ट्र स्रोतले जनायो ।
राजेन्द्र महतो मोर्चाको ‘खतरनाक’ योजना ! भूमिगत भएर हतियार उठाउने तयारी
समाचार स्रोतका अनुसार बैठकमा राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टी, मातृका यादव नेतृत्वको माओवादी पार्टी र जयप्रकाश गुप्ता नेतृत्वको तराई मधेस अभियानको संलग्नता थियो । यी तीनैजना पूर्वमन्त्री हुन् । बैठकमा पृथकतावादी अभियानमा लागेका जयकृष्ण गोइतको पार्टीका प्रतिनिधिको पनि सहभागिता रहेको समाचार स्रोतले जनाएको छ । उक्त बैठकले केन्द्रीय तहका नेताहरु छिट्टै भूमिगत हुने निर्णय गरेको छ । भुमिगत भएपछि भारतमा हतियार ल्याउने सहमति समेत भएको बताइएको छ । आजको तरुण साप्ताहिकमा खबर छ ।
मधेसलाई चिढ्याउँदा डरलाग्दो स्थिति आउन सक्छ : कमल थापा
कांग्रेस एमालेले बुझुन्- दमन गरेर समाधान हुँदैन
मधेसी मोर्चा आन्दोलनको प्रमुख सहयात्री पनि हो । त्यसलाई अलग गरेर संविधान निर्माण गर्दा स्वभाविकरुपमा द्वन्द्वको बिउ बाँकी रहेको छ । .... उनीहरुले उठाएका जायज मागहरुलाई पूर्णत उपेक्षा गरेर अब हिंसा देखापर्‍यो भनेर, दमन गर्नुपर्छ भनेर हिजोको आफ्नो अकर्मन्यतालाई ढाकछोप गर्नु गलत हो । ..... विगतमा माओवादी हिंत्सामक जनयुद्धमै थियो । त्यसलाई त दमनबाट पराजित गर्न सक्ने अवस्था रहेन भने अहिले त त्यो स्थितिमा मधेस आन्दोलन छैन । तर, तपाईले चिढ्याउँदै जानुभयो भने अन्त्यन्तै डरलाग्दो स्थिति आउन सक्छ । यसलाई केवल हिजो आफूले उठाउने र अहिले सम्हाल्न नसकेपछि त्यसलाई अपराधिक भनेर दमन गर्नुहुँदैन । यो आत्मघाती काम हुन्छ । ...... विगतको कालखण्डमा सत्तामा रहेका व्यक्तिहरुबाट हठ प्रदर्शन हुँदा धेरै ठूलो नोक्सान भएको हाम्रो नजिकको उदाहरण छ । त्यो हठ दोहोर्‍याएर सजिलैसँग समाधान गर्न सक्ने परिस्थितिलाई जटिल बनाउने काम गर्नुहुँदैन । ...... मधेसको समस्या सामान्य होइन । अहिले समाधान गर्न सक्ने स्थितिमा छ । तर, असामान्य हुन सक्छ । दमन गर्ने काम गर्‍यौं भने त्यहाँभित्र अहिले सुसुप्त र कमजोर अवस्थामा रहेकाहरुले धेरै ठूलो आफ्नो स्वार्थ लाद्न सक्छन् । यो कुरा कांग्रेस एमालेले बुझ्नुपर्ने हो ।
मातृका यादवले किन मागे राजधानीसँग सम्बन्धविच्छेदको प्रस्ताव ?
नेपाली सेना र प्रहरीलाई गोर्खालीको संज्ञा
‘मधेसीको छाती र टाउकोमै गोली प्रहार गर्ने सेना र प्रहरी नेपाली होइनन्’ उनले निकै आक्रमक रुपमा भने, ‘आफ्नै देशका नागरिकको छातीमा गोली ठाकेर रमाउने शसक वर्गसँग कुनै पनि किसिमको सम्बन्ध राख्नु उचित हुँदैन ।’
एमाओवादी नेता प्रचण्डसंगको विशेष अन्तर्वार्ता



संविधानको भ्यागुतो र समर्थनको भ्रामक गणित

संविधानको अनुहार हेरेर एकचौथाइजति नेपाली खुसी छन्, अर्को एकचौथाइजति खुसी हुनु र नहुनुको दोधारमा छन्, र आधाजति नेपाली आहत र रुष्ट छन् ।

...... माछो देखाउनेहरू अहिले उत्सवी मुद्रामा पुलकित छन्, भ्यागुताको उपहार पाउनेहरू आक्रोशको आगो ओकलिरहेका छन् । ..... यो वृक्षका जरामा जसले मलजल हाले, तिनलाई मुलुकको लगभग आधा जनसंख्या बसोबास गर्ने ‘तराई—मधेस’ शब्दसँग नै द्रोह छ । जसका चित्तमा भूगोल र सभ्यता जनाउने शब्दसँग नै द्रोह छ, तिनले त्यो भूगोलका बासिन्दा र त्यो सभ्यताका सन्ततिलाई संविधानमा भ्यागुताको उपहार टक्य्राउनु कुनै आश्चर्य होइन । बाँकी उत्पीडित महिला र दलित तथा जनजाति र मुस्लिम आदिलाई तुच्छ मानिसको दर्जामा राखेर भ्यागुतो प्रदान गर्नु त निरंकुश शासकहरूको सनातनी संस्कृति हुँदै हो । ...... संविधान राजसी हुकुमप्रमांगीको शैलीमा बन्यो । सभासद्हरूलाई भयमुक्त भई आफ्नो विवेक प्रयोग गर्न दिइएन । कतै अँध्यारो खोपीमा रहस्यमय ढंगले संविधानको जायजन्म भयो र षड्यन्त्रको दस्ताबेजका रूपमा यो प्रकट भयो । संविधानमा संघीयताको मर्मकै बध गरियो र समावेशी र समानुपातिक आकाशको फल, आँखा तरी मर् हुन गए । धर्मनिरपेक्षता झुसिल्किरो बन्यो । नागरिकतासम्बन्धी अधिकारले हरेउको रूप लियो । सडेगलेको शासकीय स्वरूपलाई सदर गरियो । ...... केपी शर्मा ओली भन्छन्, ‘४–५ प्रतिशतले भनेको ९५ प्रतिशतले मान्नुपर्दैन ।’ यो चुनावी गणितको प्रसंग हो । .......

मतदाता स्वयंले आफ्ना मत फिर्ता लिएको ओली महोदयलाई थाहा छैन ।

..... नेपाली कांग्रेसका पार्टी कार्यालयलाई ताकेर तारो हाने । नेकपा एमालेका पार्टी कार्यालयलाई लक्ष्य गरे, दह्रादह्रा दनक दिए । आक्रोशको चरम चुलीमा उभिएर जसले त्यो जोखिमपूर्ण कर्म गरे, ती को हुन् ? ती तिनै सामान्य जन हुन्, जसले कांग्रेस र एमालेलाई भोट हालेर जिताएका थिए । के कांग्रेसमाथिको त्यो तारो र एमालेमाथिको त्यो दनक मतदाताले तिनलाई हालेका भोटको खारेजीको हाकाहाकी घोषणा होइन ? मधेस–तराईभरि मान्यवर नेतात्रयका पुतला त कति जले कति † अनि तिनका मुर्दावादको ओइरो त झन् कति कति † के त्यो पुतला दहन र मुर्दावाद चुनावमा नेतात्रयका पार्टीहरूलाई दिएका मतको ठाडो खारेजी होइन ?
नरेन्द्र मोदीको नेपाल कुटनीति असफल भएको दिन !
१७ वर्ष देखि भारतीय प्रधानमन्त्रीबाट नभएको नेपाल भ्रमणको इतिहास मेट्दै मोदीले १ वर्षमा नेपालको २ पटक भ्रमण पनि गरे । ....... भारत नेपालका ठूला राजनीतिक परिवर्तनका बेला साक्षी बस्न मात्र मन पराउँदैन । उसले आफूलाई एक प्रभावशाली खेलाडीकोरुपमा राख्न चाहन्छ । जुन कुरा इतिहासको हरेक कालखण्डमा देखिएको छ । तत्कालीन राजा त्रिभुवनको भारत निर्वासन देखि शुरु भएको यो हस्तक्षेपकारी खेलाडीले नेपालका हरेक राजनीतिक परिवर्तनमा आफ्नो भूमिका कायम राखेकै छ त्यो पनि देखिने तहमा । विपीको मेलमिलाप नीति भारतको यही हस्तक्षेपकारी ब्यवहारको उपज थियो भने ७ साल देखि ४७ हुँदै ६२-६३ को आन्दोलनमा पनि भारतीय विशेष दुतहरुको भूमिकामा सम्झौता भएका हुन् । आन्दोलनपछि नेपालमा राजा राख्ने कि नराख्ने भन्ने विषयको तय समेत दिल्लीमै भएको खुलासा भैसकेको छ । माओवादी शान्ति प्रक्रियामा आउँदा होस् या संविधानसभा सहमति कि प्रक्रिया भन्दा होस् भारतीय भूमिका स्पष्ट र प्रत्यक्ष छ । मोदीले काठमाडौंमा भाषण गर्दै दिएको चेतावनी असफल भएपछि राजदुतमार्फत भारतले दिएको संन्देश नबुझ्नेहरु नेपाली सत्तामा पुग्न सक्दैनन्, पुगे भने टिक्न सक्दैनन् र टिक्न खोजे भने भारतसँग भिड्न सक्दैनन् भन्ने सन्देश दिन खोजे । तर त्यो पनि असफल हुन पुगेपछि भारत तिल्मिलाएको हो । ..... भारतसँग कुटनीतिक सवलता प्रदर्शन गर्न सफल भएका नेताहरुले अझै धेरै दवाव सहन बाँकी छ । नेपाली नेताहरुले भारतसँगको सम्बन्ध हाराहारी पुर्‍याउनका लागि पहिलो खुड्किलो भने पार गरेका छन् । यसलाई निरन्तरता दिने हो भने भारतीय शासकमा रहेको गुप्तर निकाय वा सुरक्षा निकायबाटै छिमेकी देशहरुलाई तह लगाउन सकिन्छ भन्ने भ्रमबाट भारत मुक्त हुने दिन टाढा हुनेछैन । ..... तराइ मधेशका समस्या हाम्रा हुन हामी सल्टाउन सक्छौं भन्ने सन्देश नेपाली नेताहरुले दिन सकेमा भारतले धेरै खेल्ने ठाउँ पाउने छैन । तर नेताहरुले मधेशीहरुप्रतिको विभेदपूर्ण दृष्टीलाई कायमै राख्दा भने ......

प्रत्यक्ष नाकाबन्दी



रौतहटमा बिहानै देखि प्रदर्शन सुरु, स्वतन्त्र देशको नारा लगाए युवाले



वीरगंजमा लौहपुरुष गणेमान सिंहको सालिक ढालियो



“हेर्दा राम्रो, समाउँदा चाम्रो संविधान” विरुद्ध नेवार समुदायले आन्दोलन गर्ने (विज्ञप्तिको पूर्ण पाठ)
नेवार अगुवा मल्ल के. सुन्दरले नयाँ संविधानमा नेवाः प्रदेशसँगै अन्य कुनै पनि अधिकार सुनिश्चित नभएको मत राख्दै नेवारहरुको अधिकारका लागि सबै नेवारहरु एक भएर संघर्षमा उत्रनुनको विकल्प नभएको धारणा राखे । ..... नेवारहरुबीच व्यापक रुपमा लानुपर्ने र उनीहरुको साथ र सहयोगमा बलियो संगठन बनाई सशक्त संघर्ष गर्नुपर्नेमा जोड दिए । ..... पद्मरत्न तुलाधर, जनकवि दुर्गालाल श्रेष्ठ, मल्ल के. सुन्दर, नरेशवीर शाक्य, डा. पुष्प राजकर्णिकार, राजेन्द्र श्रेष्ठ, डा. महेशमान श्रेष्ठ, डा. विजय सैंजु, सुजीव वज्राचार्यका साथै ६८ जनाले हस्ताक्षर गरेका छन् । ...... हाम्रो ऐतिहासिक, सांस्कृतिक, भाषिक, जातीय पहिचान भएको नेवाः स्वायत्त राज्यको अधिकारलाई सुनिश्चत नहुने किसिमबाट संघीय राज्य पुनःसंरचना गरेकोमा यस वक्तव्यबाट संयुक्त रुपमा नेवारहरुको असहमति जारी गरेका छौं । ..... हिन्दू राज्यलाई नै संवैधानिक रुपमा संस्थागत गर्दै देशलाई ‘नेपालको अन्तरिम संविधान–२०६३’ भन्दा पनि पछाडि धकेल्ने कार्य गरेको छ । ..... एउटा केन्द्रीकृत शासन प्रणाली सञ्चालन गर्ने किसिमले यो संविधानभित्र व्यवस्था भइरहेको छ । यही क्रममा अवशिष्ट अधिकार केन्द्रका नियन्त्रणमा राख्ने र निर्वाचित संघीय विधायिका र सरकारलाई कुनै पनि समयमा केन्द्रबाट विघटन गर्न सकिने निरंकुश व्यवस्थासमेत भइरहेको छ, जुन सही संघीयताको मान्यताअनुरुप होइन । ...... अहिले पनि खस भाषालाई नै आधिकारिक कामकाजी भाषाको मान्यता दिएर भाषिक एकाधिकारको नीतिलाई निरन्तरता दिने प्रयास गरिएको छ । अर्कोतर्फ, देशका अन्य मातृभाषालाई राष्ट्रभाषा भन्ने संज्ञा दिएको भएता पनि त्यस्तो भाषा प्रादेशिक तहमा प्रयोग गर्ने सम्बन्धमा समेत पनि मौलिक अधिकारअनुरुप सुनिश्चित नगरी ‘कानुनबमोजिम’ भन्ने प्रतिबन्धात्मक वाक्यांशबाट निषेध गरिएको छ । मातृभाषाबाट शिक्षा लिन पाउने अधिकारका सम्बन्धमा यसरी नै प्रतिवन्धात्मक वाक्यांश प्रयोग गरी नियन्त्रण गर्ने प्रयास गरिएको छ । ...... नं. २ का प्रदेश एउटालाई छोडेर अर्को ६ वटै प्रदेशमा त्यहाँका लक्षित आदिवासी जनजाति, मूलवासीहरु अत्यन्त अल्पमतमा पर्ने र केवल खस ब्राह्मण–क्षेत्रीको संख्या अत्यधिक बहुमत कायम भइरहेको छ । यसले गर्दा केन्द्रमा मात्र होइन, प्रादेशिक तहको सरकारको नेतृत्वमासम्म पनि भोलि खस ब्राह्मणहरुको एकलौटी हुने र अरु सबै नीतिनिर्माण तहबाट फेरि वहिष्कृत नै हुनुपर्ने व्यवस्था यस संविधानबाट गरिएको छ । राष्ट्रको परिभाषामा बहुल राष्ट्रिय राज्यका रुपमा परिभाषित नगरी केवल एकात्मक राज्यको रुपमा मात्र व्यवस्था गरिएको छ । .... हिजोबाट एकाधिकार कायम गर्दै आइरहेका समुदायलाई खस–आर्यका नाममा (ब्राह्मण, क्षेत्री, सन्याशी, दशनामी) विशेष आरक्षणको व्यवस्थासमेत गरिएको छ । ..... सयौं वर्षअगाडिदेखि हामी नेवारहरुविरुद्ध भइरहेको भाषिक, जातीय, सांस्कृतिक, शैक्षिक उत्पीडन र विभेदलाई समाप्त पर्ने कार्य नभएकोले यस वक्तव्यबाट हामीले संयुक्त रुपमा असहमति व्यक्त गरेका छौं ।


महेन्द्रनगरमा सामूहिक मुण्डन गरेर सहिदप्रति श्रद्धाञ्जली
Nepal snubs India, adopts constitution amid protests
The announcement came alongside violent protests leading to a death, and the new constitution's rejection by almost 40 per cent of the population of the country, raising questions about its legitimacy. .... leaves India grappling with the spillover of the continuing violence and a growing security problem on its borders, particularly on the eve of Bihar elections. ....

India's thumbs down has been echoed by the US and EU, both of whom have, in the past few days, expressed concerns about the violence, and urged for it to be more inclusive. China on the other hand has wholeheartedly approved the constitution, which could be used by the Nepal leadership, thumbing their nose at India.

....... "All constitutions - Bangladesh, Pakistan and India - have been unanimously endorsed by their people. But here 20 districts are under curfew in the midst of violent protests. How legitimate can this exercise be?" ..... What Nepal now faces is sharp polarization between the hill people and terai people. With the Janjatis adding to the protests, the prospects of a return of radical left politics cannot be ruled out. ...... Politically,

the process consolidates the prominence of the old elite in Nepal.

K P Oli is likely to be the next prime minister with Sushil Koirala as president and Sher Bahadur Deuba as chief of Nepali Congress. ...... The India-Nepal bonhomie that had come about after Modi's visits and the massive Indian assistance after the earthquake has dissipated to the point of a chill entering bilateral relations. The immediate concern is the porous border in exactly the areas that are experiencing conflict in Nepal. There are strong familial bonds on both sides of the border which makes it all the more likely that India will be feeling some of the heat of the violence in Nepal.
‘छोराछोरी त्यागेर हिँड्ने बाबु खोज् भन्छ संविधान’
प्रचण्ड भन्छन्- बाबुरामजीलाई मैले तीस वर्षदेखि झेलेको छु
विश्वभरी रहेका मधेशीद्धारा संविधान जलाएर विरोध, अमेरिका, लण्डन र जर्मनमा पनि जलाए (फोटो सहित)



राजधानीमा बाबुरामको समानान्तर भेला
एमाओवादी पार्टी फुटाउने अन्तिम तयारी
पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सरकारको स्वागत समारोहमा सहभागी भइरहदा एकीकृत नेकपा माओवादीका बरिष्ठ उपाध्यक्ष बाबुराम भट्टराई भने पार्टी फुटाउने रणनीतिमा व्यस्त रहे । यो घटना सोमबार आजकै हो । राजधानीको सानेपामा समानान्तर भेला बोलाएर बाबुरामले एमाओवादीबाट अलग हुने अन्तिम तयारी गरिरहेको स्रोतले जनायो । संविधान निर्माण प्रक्रिया अन्तिम देखि नै असन्तुष्ट बाबुरामले सरकारले सैनिक मञ्च टुँडिखेलमा आयोजना गरेको स्वागत समारोहमा सहभागिता नै जनाएनन् । यसबाट पनि उनी पार्टी र घोषणा भएको नयाँ संविधानसँग पूर्ण रुपमा असन्तुष्ट भएको देखाएको छ । ...... यस्तै, बाबुरामले आफ्नो गृह जिल्ला गोरखामा पनि संविधानको स्वागत कार्यक्रम बहिष्कार गर्न लगाएका छन् । पहिले नै समानान्तर कमिटी गठन गरिएको गोरखामा बाबुराम पक्षधरले केन्द्रको निर्देशन भन्दै स्वागत कार्यक्रमको बहिष्कार गरे । राजधानीमा आयोजित भेलामा सहभागी एक नेताका अनुसार बाबुराम प्रचण्ड नेतृत्वको एमाओवादीबाट अलग हुने मनस्थितीमा पुगिसकेका छन् । अब अन्तिम बैठकबाट छुट्टिने की सँगै बस्ने भन्ने बारेमा टुङ्गो लाग्ने उनले बताए । उसो त संविधान जारी हुने वित्तिकै पनि बाबुरामले असन्तुष्टि जनाएका थिए । बाबुराम तराई आन्दोलन समाधान गर्नुपर्ने माग राख्दै असन्तुष्टि राख्दै आएका छन् ।
सांसद्को घरमा पेट्रोल बम हानेर आगजनी र तोडफोड
मधेसिका माग पुरा नगरे नाकाबन्दी गर्ने भारतीय पक्षको धम्की



राष्ट्रपतिलाई रुवाउँदै जारी भएको संविधान
नेपालको संविधान जारी गर्दैगर्दा उनी निक्कै भावुक देखिन्थे । सायद, उनको आँसुको रंग ‘सेतो’ भएकोले होला टेलिभिजनको पर्दासम्म आउँदा उनको भावविभोर चेहरा कमैले अनुभूत गरेको पाइयो । तर प्रत्यक्षदर्शीहरुले दिएको जानकारीअनुसार राष्ट्रपतिले संविधान घोषणा गर्दैगर्दा ‘साँच्चै आँसु खसाएका’ थिए । .... उनको आँसु किन खस्यो ? संविधान जारी भएकोमा खुसी भएकाले या चर्चामा आएजस्तो उनका कतिपय भावना नसमेटिएकाले ? ...... संविधान जारी गर्न साँझ ४ : ४५ बजे राष्ट्रपति संविधानसभा आउने कार्यक्रम तय गरिएको थियो । त्यसै कार्यक्रमअनुसार सबै प्राविधिक तयारी पनि गरिएको थियो । तर ४ : ०० बज्दा नबज्दै संविधानसभा परिसरमा एउटा हल्ला फैलियो । ‘राष्ट्रपतिले ज्योतिषीलाई साइत हेराए रे ! साइतअनुसार केही ढिला आउने रे !’ ...... यस्तो हल्ला अन्य कसैबाट हैन, नेकपा (एमाले)का एक पदाधिकारीले पत्रकारहरुलाई सूचनाका रुपमा चुहाएका थिए । ...... नभन्दै उनी आउन ढिलाइ गरे । त्यसबीचमा केही अड्कलबाजी पनि भयो । उनले ‘साइत लाइत केही होइन आफ्नो असन्तुष्टि जनाउन’ केही ढिलाइ गरेका हुन् । तर पछि पत्ता लाग्यो, दलहरुले विजय गच्छदारलाई संविधानसभामा भित्र्याउने प्रयत्न गर्दा ढिलाइ भएको रहेछ ! ..... संविधान घोषणा गर्दा राष्ट्रपतिले मन्त्रीपरिषद्ले तयार पारिदिएको वक्तब्य मात्र पढ्न परेन, आफ्नो मनमा लागेका दुई÷चार शब्द राख्दा समेत झण्डै सभामुख सुवास नेम्वाङको खप्की खानुपर्‍यो । .... राष्ट्रपतिलाई सम्बोधन गर्नुअघि एक पटक राम्ररी हेर्न समेत दिइएको थिएन । अर्कैले तयार पारिदिएका र एक पन्नामा एक वाक्य समेटिएको सम्बोधन वाचन गर्दा उनी निक्कै अप्ठेरोमा परेको देखिन्थ्यो । अड्की अड्की वाचन गर्दा कतिपय अवस्थामा उनले वाक्यको मूल भाव खुल्नेगरी लय मिलाउन समेत सकेनन् । प्रत्येक पन्ना पढ्नुअघि उनी ढोगेर सुरु गर्थे । यसलाई संविधानसभा परिसरमा निक्कै अर्थपूर्ण रुपमा लिइएको थियो । ...... लेखिएका सबै शब्द पढेपछि उनले अन्तिममा दुई वाक्य आफै थपे, त्यस क्रममा नेम्वाङले उनलाई झण्डै रोके । राष्ट्रपतिले ‘यो ऐतिहासिक दस्तावेज संविधान निर्माणमा योगदान पुर्‍याउने सम्पूर्ण दाजुभाइ, दिदीबहिनी, माननीय सदस्यहरु सम्माननीय अध्यक्षमार्फत धन्यवाद दिन चाहन्छु । यो संविधानले देशको एकता मुजबुत पार्दै जाने छ । राष्ट्रको जय होस, नेपालीका जय होस् । धन्यवाद !’ ‘जातजातिमा राष्ट्रिय एकता ल्याउने छ’ भन्ने दुई वाक्य पढ्न करिब ४५ सेकेण्ड लाउँदा नेम्वाङले कम्तीमा पनि १० पटक आफूकहाँ भएको राष्ट्रपतिको सम्बोधनको प्रति हेर्दै राष्ट्रपतिलाई हेर्दै गरेका थिए । यसको प्रस्ट संकेत सम्बोधन ‘त्यहीँ रोक्नुस्, अघि बढे सम्बोधन रोक्न म बाध्य हुनेछु,’ भन्ने थियो । ...... के कुरा प्रस्ट छ भने जारी संविधान निर्माण प्रक्रियाप्रति राष्ट्रपतिले असन्तुष्टि जनाउँदै आएका छन् । त्यसैले उनको सम्बोधनमा कतै न कतै त्यो कुरा झल्किने शब्द पर्ने डरले दलहरुले संविधानको व्याख्या गर्दै उनको सम्बोधन पनि आफैले तयार पारे । विडम्बना, विगतमा राष्ट्रपति यति धेरै ‘संवैधानिक’ भएका थिएनन्, उनलाई सक्रिय पार्ने काममा आजका तीन दलमध्ये दुई दल क्रियाशील थिए । ..... तत्काली प्रधानसेनापति रुकमाङ्गद् कटवालमाथिको कारबाहीको क्रममा यिनै दुई दल थिए, जसले राष्ट्रपतिलाई हुँदै नभएको अधिकार प्रयोग गर्नुपर्ने भन्दै पुष्पकमल दाहाल नेतृत्वको ‘सरकारले गरेको निर्णय नै उल्टाइदिएका’ थिए । त्यसमा मुख्य भूमिका तत्कालीन एमालेका प्रभावशाली नेताको भूमिका उल्खेखनीय थियो, जो अहिले अध्यक्ष भएका छन् । एमाले अध्यक्ष केपी ओली मात्रै होइनन्, एमाले र कांग्रेसका अन्य नेताहरु पनि आफ्नो अनुकूल निर्णय र प्रभावका लागि बेलाबेला राष्ट्रपतिको शरण लिन पुगेकै हुन् । यसमा यस पटक एमाओवादीका नेताहरु पनि थपिएका छन्, जो त्यतिखेर विपरीत ध्रुवमा थिए । ...... त्यसो त बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा सेनामार्फत अवैधानिक कदम उठाउन उचाल्ने पनि तिनै कांग्रेस एमालेका नेताहरु थिए । विगतमा त्यति धेरै गैरसंवैधानिक अधिकार प्रयोग गर्न कांग्रेस एमालेले नउचालेको भए सायद राष्ट्रपति जारी प्रक्रियाको बेलामा पनि उपराष्ट्रपतिजस्तै चुपचाप बस्थे होलान् । तर विडम्बना, हिजो तिनैको लहैलहैमा लागेर आफूलाई शक्तिशाली ठानेका राष्ट्रपतिले अहिले पनि असंवैधानिक रुपमा केही कदम चालेको आरोप तिनीहरुले लगाए, जसले उनलाई हिजो आफ्नो स्वार्थपूर्तिका लागि सक्रिय पारेका थिए । यसबीचमा उनले संविधानमा समेटिनुपर्ने अन्तर्वस्तु भन्दै सरकारलाई सूची नै पठाएको वा कतिपय नेतासँग ‘असन्तुष्टहरुको माग सम्बोधन नभए संविधानमा हस्ताक्षर गर्दिनँ’ भन्ने जस्तो हल्ला त्यत्तिकै चलेको होइन । .......

यस्तै शंका र हल्लाका कारण चलाख दलहरुले उनीविरुद्ध मिडियामार्फत अनेक धम्कीयुक्त सूचना फैलाए । व्यवहार पनि त्यसरी नै गरे । त्यसकै परिणामस्वरुप अन्ततः उनी साँच्ची नै ‘निरीह’ संवैधानिक राष्ट्रपतिमा सीमित हुनपुगे । जसरी राजतन्त्र समापन हुने बेला ज्ञानेन्द्र शाह नारायणहिटी दरबारबाट चुपचाप बाहिरिनु परेको थियो ।

..... राष्ट्रपति पद समाप्तिपछि उनले आफूले गर्न खोजेको वा भन्न खोजेको असन्तुष्टि प्रत्यक्ष अप्रत्यक्ष रुपमा बाहिर ल्याउने सम्भावना छ नै ।

सूचनाहरुका अनुसार दलहरुले जतिसुकै बल गरे पनि ‘राष्ट्रपतिले संविधान जारी गर्दैनन्’ भन्ने दृढ विश्वासमा रहेका सिरहाका एक जना ‘यादव’को ‘हृदयाघातबाट मृत्यु’ भएको छ, राष्ट्रपति यादवले संविधान जारी गर्नासाथ ।

उपेन्द्र यादवको चेतावनी : बन्दुकले दबाउन खोजे सिरियाको जस्तै हालत हुन्छ
सप्तरीबाट मधेसी नेताको गर्जन
मधेसी नेताहरुले शासकको हालत सिरिया वा लिबियाको जस्तै बनाइदिने चेतावनी दिएका छन् । ..... अबको मधेस र थारुको आन्दोलनलाई तुहाउन शासक वर्गले घुसपैठियाहरु परिचालन गर्ने खेल शुरु गरेको भन्दै यादवले त्यसप्रति सतर्क रहन कार्यकर्तालाई आग्रह गरे । ‘यो संविधान तीन दलले आफ्नो स्वार्थसिद्वीका लागि मात्रै बनाएका हुन्’ यादवले भने, “यो संविधान होइन, कागजको खोष्टो मात्रै हो, यसमा तीन दलको स्वार्थ मात्रै लुकेको छ ।’ ..... कसैलाई बोल्न नदिई संशोधनसमेत गर्न नदिएर हुकुमी शैलीमा संविधान जारी गरिएको ......

‘गणतन्त्र शब्दलाई परिवर्तन हुन सक्छ भनेर धरापमा राखिएको छ’ उनले भने, “संघीयता राख्ने तर न्यायालय र लोकसेवासहितका मूलभूत कुराहरुलाई केन्द्रीकृत राख्ने कस्तो संघीयता ?”

...... ‘हाम्रो गाउँमा कुनै एकजनाको निधन भएमा शोकमा गाउँलेले खानासमेत खाँदैनन्’ यादवले भने, “तर नेपालकै मधेसमा दर्जनौं मधेसीको लास खसे पनि शासकवर्ग र उसका मतियारहरु ह्वीस्की पिएर खुशियाली मनाइरहेका छन् ।’ ........ “मधेस आफैं एउटा देश हो, नेपाल बहुदेश हो, यसमा लिम्बुबान, तमुबानसहित बिभिन्न देशहरु मिसिएका छन् ।” ...... नेपाल सदभावना पार्टी गजेन्द्रवादीका अध्यक्ष विकास तिवारीले शासक वर्गले मधेसीमाथि ईंट फ्याँकेको उल्लेख गर्दै अब पत्थर फ्याँक्नुपर्ने आवश्यकता रहेको बताए । ..... सम्पूर्ण मधेसवादी शक्तिलाई एकजुट हुनुको विकल्प नभएको बताए । उनले सम्पूर्ण मधेसवादी र थारु संगठनहरुलाई एकजुट भएर आन्दोलन गर्नुपर्नेमा जोड दिए ।


आफ्नै नागरिकलाई किन हामी भड्काउँदै छौं विदेशी भनेर ?

अस्ट्रो द्रबिडियन मूलका थारु समुदाय र मधेशमा बसोवास गर्ने आदिवासी आर्य मधेशी सबैलाई भारतीय देख्नेहरु कुन भगवानले बस्ती बसालेका सक्कली नेपाली हुन ?

.... मिलाएर लैजाउँ भन्ने बाबुराम भट्टराईलाई समेत विदेशीको एजेन्टसम्मका झुठा आरोप लगाएर बदनाम गर्ने गरी सामाजिक संजालका वालहरु भरिए ।


अन्तरिम संविधानको अधिकार पनि जारी संविघानमा खोसियो ः राजेन्द्र महतो
सीमांकन परिमार्जनको अग्रसरता लिने निर्णय
‘जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्ने विषय तथा तराई–मधेसलगायत देशका विभिन्न भागमा प्रदेशको सीमांकनसम्बन्धी विषयमा उठेका सम्पूर्ण माग र सुझाबलाई राजनीतिक सहमतिका आधारमा परिमार्जन गर्दै जाने अभिभाराको नेपाली कांग्रेसले नेतृत्व ग्रहण गर्नेछ,’ निर्णयमा भनिएको छ, ‘निरन्तर संवाद र छलफल गरी तराई–मधेसमा भइरहेका आन्दोलनलाई सम्बोधन गर्ने गरी राजनीतिक अग्रसरता लिने निर्णय गर्दछ ।’
Nepal: Police restraint urged as at least 20 more shot amid Constitution-related protests
The new constitution has a number of major human rights shortcomings which also need to be urgently addressed. In particular, the rights of women and marginalized communities are not clearly and sufficiently protected.
नेपाल पर क्या है मोदी की 'मन की बात'?
रविवार की संविधान की घोषणा के बाद भारत 'ठगा' सा महसूस कर रहा है. .... प्रोफ़ेसर मुनि ने कहा, “नेपाल के तराई इलाकों में जो हिंसा भड़की है उसका असर भारत पर भी हो सकता है, बिहार में चुनाव होनेवाले हैं, ऐसे में सीमा के दोनों ओर से माहौल ख़राब करन की कोशिशें की जा सकती हैं, और इससे सबसे मोदी जी की नेपाल पॉलिसी पर सवाल उठने लगेंगे.” ..... नेपाल की क़रीब 1712 किलोमीटर लंबी सीमा भारत से जुड़ती है. तराई के लोगों का भारत में बहुत आना-जाना है, सीमापार शादियां और रिश्तेदारी भी आम हैं. ....

प्रोफ़ेसर एस.डी.मुनि के मुताबिक, “चीन चाहे जितना निवेष कर ले, अगर नेपाल के लोग सचमुच विकास करना चाहता है तो भारत की मदद लेनी ही होगी, इसलिए इस व़क्त भारत की नाराज़गी को ध्यान में लेना होगा और नेपाल को कुछ ना कुछ उस तरफ़ करना पड़ेगा.”

सद्भावना अध्यक्ष महतोको नेतृत्वमा संविधान दहन
संविधान जारी गर्ने समारोह छोडेका बाबुराम भट्टराई फर्के
निन्याउरो अनुहार लगाएका बाबुरामले संविधान जारी गर्ने समारोह छोडेपछि सञ्चारकर्मी चकित परेका थिए । .... समारोह छोड्ने बेला सञ्चारकर्मीले किन बाहिरिनु भएको भन्दा बाबुराम बोलेनन् । उनी कालो अनुहार लाएर संविधानसभाबाट बाहिरएका थिए । राष्ट्रपति आउनै लागेको सममया उनी बाहिरिएपछि अनेक अडकलबाजी गरिएको छ ।
अव बाबुराम भट्टराइ के गर्लान- नयाँ शक्ति कि ….
एमाओवादीका नेता डा बाबुराम भट्टराइ संविधानसभाबाट संविधान जारी गर्नका लागि सबैभन्दा बढि खटिएका नेता हुन् । संविधानको महत्वपूर्ण राजनीतिक संवाद तथा सहमति समितिमा बसेर अधिकाँश असन्तुष्टी र विवाद मिलाउन उनले महत्वपूर्ण भूमिका निर्भाह गरे । उनी शुरु देखि नै यस पटक संविधान जारी गरेरै छोड्नु पर्छ भनेर लाग्ने एमाओवादीका एक मात्र नेता पनि हुन् । अध्यक्ष प्रचण्ड आक्रामक हुँदा पनि बाबुरामले संविधान जारी गर्नै पर्नेमा जोड दिइरहेका थिए । ..... संविधान जारी हुने समयमा मधेश लगायत विभिन्न भागमा देखिएका असन्तुष्टीलाइ सम्बोधन गर्नु पर्ने उनको मागलाई आफ्नै पार्टीका अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीले नसुनेपछि उनी निराश बनेको देखिएको छ । सँधै राजनीतिक सहमतिका जानकारी र अन्य कुराहरुमा उत्साहजनक फेसबुक स्ट्याटस राख्ने एमाओवादी बाबुराम भट्टराईले संविधानसभाबाट संविधान पारित भएपछि भने कुनै उत्साह देखाएनन् । ..... संविधानमा पारित गर्दा देखि हस्ताक्षर गर्ने समयमा पनि शीर्ष नेताहरुसँग नदेखिएका बाबुराम अध्यक्ष प्रचण्ड सहितका नेताले विशेष पत्रकार सम्मेलन गरिरहँदा शनिबार काभ्रे पुगेर धुर्मुस सुन्तलीले बनाएको भूकम्प पीडितको नयाँ बस्ति अवलोकन गर्दै थिए । उनले त्यहाँ भने- यो संविधानको सबैले स्वामित्व ग्रहण गर्नुपर्छ, म यसबाट सन्तुष्ट छु । मेरो एउटै मात्र आग्रह के हो भने हाम्रा सबै क्षेत्रका दाजुभाइ–दिदीबहिनीहरुलाई पनि समेटेर लानुपर्छ । उहाँहरुको पनि संविधानमा स्वामित्व भएन भने भोलि विग्रहको विऊ रोपिन सक्छ । यो बारेमा चाहिँ मैलै अझै पनि सतर्क गराउन चाहन्छु ।’...... बाबुरामले काभ्रेमा राष्ट्रपतिको पनि बचाउ गरे । आफू जस्तै संविधान जारी गर्ने कुरामा असन्तुष्ट रहेका राष्ट्रपतिको बचाउ बाबुरामले गर्नुले संविधान जारी गर्ने विषयमा उनी पार्टी अध्यक्ष वा अन्य नेता भन्दा राष्ट्रपतिसँग नजिक देखिएका छन् । काभ्रेबाट फर्किएका बाबुरामले संविधान जारी हुने दिन झनै निराशाजनक स्टेटस प्रकाशित गर्दै ‘नेपालमा देशभक्तको नियति काजी भीम मल्लकै जस्तो भइरहने हो त ?’ भनेर स्टेटससहित तस्विर राखे । ..... विश्वास गरेका आफ्नै जेठान पर्ने राजाबाट मृत्यु दण्ड पाएका काजी भीम मल्लसँग तुलना गर्दै बाबुरामले आफू इमान्दार हूँदा हुँदै पनि दण्डित हुने मध्ये रहेको संकेत गरेका छन् । ..... बाबुरामले काभ्रेमै भने– ‘इतिहासमा पनि काजी भीम मल्लदेखि लिएर भीमसेन थापा, बहादुर शाहदेखि लिएर जसले देशको निम्ति काम गरे तिनको बदनाम गरेर भौतिक ढंगले नै सफाया गर्ने हाम्रो प्रचलन नै हो । अलि सही विचार ल्याउँछ, दूरदर्शीपूर्ण कुरा राख्छ भने त्यसमा आहारिस र डाहा गर्ने र त्यसलाई वैचारिक ढंगले नसकेपछि मनगढन्ते फत्तुर लगाएर जनतामा भ्रम छर्ने काजी भीम मल्लदेखिको नै रोग हो । त्यसबाट मुक्त हुन नसक्नु हाम्रो राजनीतिक क्षेत्र र जनताको निम्ति बडो दूर्भाग्यको कुरा भएको छ ।’ ......

संविधान जारी हुनासाथ एमाओवादीमा प्रचण्ड बाबुरामको फुट हुने भविष्यवाणी धेरै अघी देखि हुँदै आएको थियो । अव संविधान जारी हुने समय सम्म आइपुग्दा उक्त भविष्यवाणी सत्य सावित हुने संकेत देखिएको छ ।

संविधान जारी गर्ने अन्तिम विन्दुमा आइपुग्दा उनी र प्रचण्डबीच तीव्र मतभेद देखिएको कुरा उनका भनाइबाट पुष्टी भएको छ । बाबुराम जति रिसाएपनि प्रचण्ड भने उत्साहित देखिँदै संविधान जारी गरेरै छाड्न लागिपरेको देख्दा दुवै नेता अव आ-आफ्नो बाटो हिँड्न तयार भएको जस्तो देखिएको छ । आफ्नै पार्टीले संविधान जारी भएको उपलक्ष्यमा दीपावली गर्न आग्रह गर्दै विज्ञप्ति जारी गरिसकेको समयमा बाबुरामले मधेसी, थारु, जनजाति लगायतका असन्तुष्ट पक्षको माग सम्बोधन नगरी संविधान आएकोमा नाचगान र दीपावली मनाइहाल्नु नपर्ने तर्क गरे । संविधान आएकोमा दिपावली नै गर्नुपर्ने अवस्था नरहेको उनको भनाइले अव उनको सोच पार्टी लाइन भन्दा फरक रहेको पुष्टी भएको छ । ........ बाबुरामले अव आफु धेरै अगाडी देखि भन्दै आएको नयाँ राजनीतिक शक्ति निर्माणमा लाग्ने संकेत गरेका छन् । उनका भनाइले अव उनी वर्तमान प्रक्रिया र पार्टीमा असन्तुष्ट रहेको र फरक बाटो हिड्न चाहेको प्रष्ट संकेत गरेको छ । ...... यस अघि बाबुरामका कुरा भन्दा फरक कुरा राखेर चर्चामा आउने नारायणकाजी यस पटक भने प्रचण्डको भन्दा फरक मत राखेर चर्चामा छन् । ..... उनले पनि बाबुरामले जस्तै अन्तिम सम्म मधेश र थारुको माग संवोधन नगरी नयाँ संविधाान जारी गर्न नहुनेमा जोड दिइरहेका थिए । समय समयमा घुर्क्याउने र चिसै पानीले नुहाएर शान्त हुने गरेका बाबुरामको पछिल्लो घुर्कीले कस्तो रुप लिनेछ भन्ने अनुमान गर्न कठिन छ । उनमा देखिएको निराशा कुन रुपमा प्रस्फूटित हुन्छ त्यो सकारात्मक हुन्छ वा नकारात्मक परिणाम दिने हुन्छ त्यो भने हेर्न बाँकि छ ।
बाबुरामलाई नेतृत्व लिन असन्तुष्टको आग्रह



नारायणकाजीले भने आफ्नै पार्टीका अध्यक्षलाई शाषक पार्टीका नेता
सैनिक मञ्च टुँडीखेलमा तीन दलले गरेको संयुक्तसभामा अनुपस्थित भएका बाबुराम भट्टराईले आफू विरामी भएको कारण देखाएर सभामा नभएको स्पष्टिकरण दिएका थिए । नेता भट्टराई पनि संविधान जारी गरिएकोमा असन्तुष्ट छन् । यसले एमाओवादी भित्र फेरी विवादको विरु रोप्ने देखिएको छ ।


‘उपेन्द्रजी, मेरो घर जलाएर के पाउनुभयो?’
सिरहा–३ की प्रत्यक्ष निर्वाचित सभासद, नेपाली कांग्रेसकी एक मात्र महिला जिल्ला सभापति पनि हुन्। मधेसका मुद्दा स्थापित गराउनका लागि प्रधानमन्त्री तथा पार्टी सभापति सुशील कोइरालालाई काठमाडौंमा दबाब दिइन्, संविधानसभा बैठकमा धारण राखिन्, पार्टी मोर्चाभित्र लडिन् तर आज उनकै घर आन्दोलनकारीले जलाइदिए। ..... ‘खासमा आन्दोलनमा जनसमर्थन क्रमशः घटिरहेको थियो, उपेन्द्रजी दुई दिनअघि सिरहा जानुभएछ र गाउँ–गाउँबाट बसमा चढाएर आन्दोलनकारीलाई ल्याउनुभएको थियो, त्यही भीडले मेरो घर जलायो,’ सभासद यादव भन्छिन्।
आधा जनसंख्या बाहिर राखेर संविधान आयो, दिपावली गर्न सकिन्नः भट्टराई



गोइतको नेतृत्वमा ‘संयुक्त मुक्ति मोर्चा’ गठन

जयकृष्ण गोइतको अखिल तराई मुक्ति मोर्चा, राजन प्रतापको मधेश मुक्ति टाइगर्स, तराई र नागराजको तराई कोबराबीच मोर्चाबन्दी भएको

संयुक्त प्रेस विज्ञप्ति मार्फत् जनाएको छ ।
सुनसरीमा पनि नयाँ संविधानको विरोध गर्दै ‘कालो दिन’ मनाए (फोटो फिचर सहित)
भारतको अर्को धम्कीयुक्त विज्ञप्ति: नेपालमा ढुवानी रोक्ने संकेत
भारतले भारत तथा तेस्रो मुलुकबाट भारत हुँदै नेपालसम्म हुने ढुवानी रोक्ने संकेत गरेको हो । आइतबार संविधान जारी हुनासाथ भारतले जारी गरेको पहिलो विज्ञप्तिमा ढुवानीको विषय उल्लेख थिएन् । तर, सोमबार साँझ विज्ञप्तिमा भने तरार्इमा जारी आन्दोलनले नेपालमा आपूर्ति सेवा उपलब्ध गराइरहेका आफ्नो मुलुकका कम्पनीलाई समस्या परिरहेको र नेपाल सरकारले सुरक्षाको प्रत्याभूति नदिएको बहाना बनाइएको छ ..... अहिले नेपालमा भइरहेको आन्दोलन राजनीतिक हो र यसलाई बल प्रयोग गरेर समाधान गर्न सकिन्न ... राजदूत रेको भारत भ्रमणपछि आएको भारतीय विदेश मन्त्रालयको धम्कीयुक्त विज्ञप्तिले नेपालमा थप राजनीतिक जटिलता आउन सक्ने संकेत देखिएको छ ।
कलैयामा चल्यो गोली, ७० भन्दा बढी घाईते

जनआन्दोलनको झझल्को दिने गरी सोमबार कलैयामा मानवसागर ओर्लिएको छ । कलैयाका सहित नजिकैका गाउँ गाउँबाट आएका आन्दोलनकारीहरु कलैयामा प्रदर्शन गरिरहेका छन् ।

...... यता कलैया– ५ पन्नाबाग स्थित नेकपा एमालेको जिल्ला कार्यालय र कलैया– ६ मोतिबाग पानीटंकीमा रहेको नेपाली काँग्रेसको जिल्ला पार्टी कार्यालय जलाउँन पुगेका आन्दोलनकारी र प्रहरी बीच दोहोरो झडप भईरहेको छ । आन्दोलनकारीलाई तितरबितर पार्न प्रहरीले सयौको संख्यामा हवाई फायर, आश्रुग्यास प्रहार गरेको छ । ........ प्रहरीको गोलि प्रहार तथा भागदौडमा परी ७० भन्दा बढी आन्दोलनकारीहरु घाईते भएका छन् । अहिले पनि कलैयाको भरत चौक, पन्नावाग स्थित एमाले पार्टी कार्यालय, मोतिवाग स्थित काँग्रेस कार्यालय, मछरहटा चौक लगायतका ठाउँमा प्रहरी र आन्दोलनकारी बीच दोहोरो झडप जारी रहेको छ । ...... यसैवीच आन्दोलनकारीहरुको भिडले कलैया भरत चौक स्थित नेपाली काँग्रेसका नेता एवं सभासद राधेचन्द्र यादवको घरमा तोडफोड गर्दै आगजनी गरेका छन् । आन्दोलनकारीहरुले सभासद यादवको घरमा रहेका फर्निचर, टिभि लगायका समान निकालेर जलाएका छन् । घरका सिसा, सटर लगायत तोडफोड गरेका छन् । ....... यसैगरी कलैया स्थित काँग्रेसकै सभासद लालबाबु सिंहको घरमा समेत तोडफोड तथा आगजनी भएको छ । त्यस्तै कलैयामै रहेका काँग्रेस सभासद फरमुल्लाह मन्सुरको घरमा तोडफोड गर्न पुगेका आन्दोलनकारी र प्रहरी बीच दोहोरो झडप भईरहेको छ । ....... कलैयामा रहेका मालपोत, नापी, भुमि सुधार सहितका बिभिन्न कार्यालयमा तोडफोड भएको छ । आन्दोलनकारीको आक्रोसित भिडले तोडफोड र आगजनीमा उत्रेपछि कलैयाको अवस्था तनावग्रत रहेको छ । ...... संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको आहवानमा भईरहेको अनिश्चितकालिन तराई मधेस बन्दको ३७ औं दिन कलैयामा आन्दोलनकारीले प्रदर्शन गर्दै तोडफोड तथा आगजनी गर्न थालेका छन् । तराई मधेसको माग नसमेटि आएको संबिधान नमान्ने भन्दै उनीहरुले प्रदर्शन थालेका हुन् ।
लातको भूत वातले मान्दैनः राजेन्द्र महतो

No comments: