जेन जी क्रान्ति (उपन्यास/नेपाली)
जेन जी क्रान्ति (उपन्यास/मैथिलि)
जेन जी क्रान्ति (उपन्यास/हिन्दी)
Ride Hailing Powered Clinics
मेरिटोभिया गणतन्त्रको संविधान
निःशुल्क उपचारदेखि राष्ट्रिय सुपर–आन्दोलनसम्म: कल्कि सेनाको स्वास्थ्य, शिक्षा र न्यायको नक्सा
Special Offer: Lifetime Free Treatment at Kalki Sena Clinics for Residents of Kathmandu Valley
Two Roads Before the Gen Z Revolution: Nepal’s Defining Moment
नेपालको जेन जी को विश्व राजनीतिमा ठाडो हस्तक्षेप
जेन जी क्रांति को चुनौती: क्रांतिकारी रफ्तारमा संगठन निर्माण
नेपालको जेन जी क्रांति फ्रेंच क्रांतिभन्दा ठुलो
‘म्युजिकल चेयरको सिण्डिकेट तोड्न वैकल्पिक शक्ति एक हुँदैछौं’ काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) अहिले वैकल्पिक शक्तिहरूलाई एक बनाउन म्याराथन शैलीमा भेटघाट गरिरहेका छन् । बुधबार र बिहीबार बालेनले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, मन्त्री कुलमान घिसिङ, रास्वपा सभापति रवि लामिछानेसहित ४० भन्दा बढी व्यक्ति र जेनजी अभियन्ताहरूसँग बैठक गरे । त्यसमा जेनजी फ्रन्टकी संयोजक रक्षा बम पनि सहभागी थिइन् । ......... बमसँग बालेनले एकल र सामूहिक गरी तीन पटकसम्म छलफल गरे । जेनजी आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेकी बम कुनै समय मेयर बालेनले फुटपाथ व्यवसायीहरुलाई ज्यादती गरेको भन्दै चर्को आलोचना गरेकी थिइन् । उनीहरुको समूहलाई ‘चमेली ग्याङ’को समेत संज्ञा दिइएको थियो । .......... अब बम विगतका वैचारिक द्वन्द्व र ‘चमेली ग्याङ’ जस्ता उपमाहरूलाई बिर्सिएर देश रूपान्तरणका लागि बालेनसँग एउटै साझा धरातलमा उभिने भएकी छन् । .......... बालेनजीसँगको त्यो भेट मेरा लागि एउटा सुखद् सपना जस्तो लागिरहेको छ । राजनीतिमा लागेपछि कहिलेकाहीँ आफूले नसोचेका मोडहरू पनि आउँदा रहेछन् । हाम्रो भेटघाट निकै सौहार्द्धपूर्ण, उत्साहजनक र सकारात्मक रह्यो । यसले मुख्यतया के सन्देश दिएको छ भने देश परिवर्तनका लागि समान सोच भएका व्यक्तिहरू ढिलोचाँडो एक ठाउँमा उभिनैपर्छ । बालेनजीको ऊर्जा र कामप्रतिको लगावलाई नजिकबाट बुझ्ने मौका यस पटक मिल्यो, जसले मलाई थप उत्साहित बनाएको छ । ................. हामी दुवै पक्षको साझा संकल्प भनेको भ्रष्टाचारमुक्त मुलुक र सुशासनको स्थापना हो । दशकौँदेखि नेपाली राजनीतिमा जरा गाडेर बसेको विकृति र विसङ्गति विरुद्ध लड्न हामीसँग इमानदारिता बाहेक अर्को ठुलो हतियार छैन । बालेनजीले महानगरमा देखाउनुभएको कार्यदक्षता र मेरो राजनीतिक इमानदारितालाई मिसाएर एउटा नयाँ शक्ति निर्माण गर्ने हाम्रो प्रतिबद्धता नै यसको जग हो । ............... मैले नेपाली राजनीतिमा दशकौँदेखि कायम रहेको तीन जना पुराना नेताहरूको सिन्डिकेटलाई भन्न खोजेकी हुँ । नेपालको सत्ता र शक्ति विगत ३०–४० वर्षदेखि तिनै तीन जना ‘टाउके’ नेताहरूको वरिपरि मात्र घुमिरहेको छ । यो एउटा यस्तो दुष्चक्र भएको छ कि नयाँ विचार र नयाँ पुस्ताले ठाउँ नै पाउन सकेका छैनन् । यसलाई नतोडेसम्म देशले निकास पाउँदैन भन्नेमा बालेनजी र मेरो एउटै मत छ । यो तोड्न अब नयाँ पुस्ताले हस्तक्षेपकारी भूमिका खेल्नुपर्छ । ............ उहाँको यही स्वच्छ छवि र काम गर्ने आत्मविश्वास नै उहाँको सबैभन्दा ठुलो शक्ति हो । उहाँ ‘अन्डर प्रमिस, ओभर डेलिभरी’ अर्थात् कम बोल्ने र धेरै काम गर्ने सिद्धान्तमा विश्वास गर्नुहुन्छ, हामीलाई पनि त्यही ब्रिफिङ गर्नुभयो । ........... बालेनजीको दृष्टिकोण एकदमै स्पष्ट छ- देशमा भएका सबै वैकल्पिक र सकारात्मक शक्तिहरू एक हुनुपर्छ । रवि लामिछानेजी र कुलमान घिसिङजी जस्ता व्यक्तिहरू जसले आ–आफ्नो क्षेत्रबाट देशका लागि केही गरिरहनुभएको छ, उहाँहरूसँग पनि निरन्तर संवाद भइरहेको छ । उहाँहरू पनि मिलेर जान इच्छुक हुनुहुन्छ । हामी सबैको एउटै लक्ष्य भनेको छरिएर रहेका शक्तिहरूलाई एकीकृत गरेर पुरानो राजनीतिक बेथिति विरुद्ध एउटा विशाल मोर्चा बनाउनु हो । ..................... नयाँ पुस्ताका साथीहरू अहिलेको परम्परागत राजनीतिबाट दिक्क भइसकेका छन् । उनीहरू बालेनजीको काम गर्ने शैली, साहस र स्पिरिटबाट निकै प्रभावित छन् । हाम्रो समूहको मुख्य उद्देश्य नै नयाँ पुस्ताको भावना र आधुनिक सोचलाई मूलधारको राजनीतिमा जोड्नु हो । युवाहरू अब भोटर मात्र होइन, निर्णायक शक्ति बन्न चाहन्छन् । बालेनजीको अभियानमा युवाहरूको यो साथ र समर्थन नै परिवर्तनको मुख्य संवाहक हुनेछ । .............. यदि देशको अवस्था सुधार्न र विद्यमान बेथिति अन्त्य गर्न नेतृत्व लिनुपर्ने अवस्था आएमा उहाँ पछि हट्नुहुने छैन, तर उहाँको प्राथमिकता सधैँ डेलिभरी र सुशासन नै हो भनेर हामीलाई भन्नुभयो । उहाँले अब राजनीति गर्ने भनेपछि गर्ने भन्ने शैलीमा आउनुभएको देखिन्छ । ......... मैले अब औपचारिक रूपमा सक्रिय राजनीतिमा पाइला चाल्ने निर्णय गरेकी छु । मेरो राजनीतिक यात्राको मुख्य उद्देश्य नै नेपाली राजनीतिमा इमानदारिता स्थापित गर्नु हो । म कुनै ठुलो पदको लोभमा भन्दा पनि एउटा इमानदार मानिस बनेर वैकल्पिक शक्तिहरूलाई बलियो बनाउन आउन लागेकी हुँ । पुरानो राजनीतिक सिन्डिकेट र सत्ताको ‘म्युजिकल चेयर’ तोड्नु नै हाम्रो भूमिका हुन्छ । ................. राजनीतिमा आउने साथीहरु राजनीतिमा सक्रिय हुन्छ्न । फ्रन्ट आफ्नो हिसाबले चलिरहन्छ । ’जेनजी फ्रन्ट’ भनेको नयाँ पुस्ताको भावना, आधुनिक सोच र प्रविधिलाई राजनीतिसँग जोड्ने एउटा सशक्त मञ्च हो । यो हामी जहाँ भएपनि आफ्नो हिसाबले गतिविधि गरिरहन्छ । फेरी सबै जना राजनीतिक दलमै आउँछन भन्ने पनि छैन नि ।
जेन जी क्रान्ति (उपन्यास/नेपाली)
जेन जी क्रान्ति (उपन्यास/मैथिलि)
जेन जी क्रान्ति (उपन्यास/हिन्दी)
Ride Hailing Powered Clinics
मेरिटोभिया गणतन्त्रको संविधान
निःशुल्क उपचारदेखि राष्ट्रिय सुपर–आन्दोलनसम्म: कल्कि सेनाको स्वास्थ्य, शिक्षा र न्यायको नक्सा
Special Offer: Lifetime Free Treatment at Kalki Sena Clinics for Residents of Kathmandu Valley
Two Roads Before the Gen Z Revolution: Nepal’s Defining Moment
नेपालको जेन जी को विश्व राजनीतिमा ठाडो हस्तक्षेप
जेन जी क्रांति को चुनौती: क्रांतिकारी रफ्तारमा संगठन निर्माण
नेपालको जेन जी क्रांति फ्रेंच क्रांतिभन्दा ठुलो
जेन जी क्रान्ति (उपन्यास/नेपाली)
जेन जी क्रान्ति (उपन्यास/मैथिलि)
जेन जी क्रान्ति (उपन्यास/हिन्दी)
Ride Hailing Powered Clinics
मेरिटोभिया गणतन्त्रको संविधान
निःशुल्क उपचारदेखि राष्ट्रिय सुपर–आन्दोलनसम्म: कल्कि सेनाको स्वास्थ्य, शिक्षा र न्यायको नक्सा
Special Offer: Lifetime Free Treatment at Kalki Sena Clinics for Residents of Kathmandu Valley
Two Roads Before the Gen Z Revolution: Nepal’s Defining Moment
नेपालको जेन जी को विश्व राजनीतिमा ठाडो हस्तक्षेप
जेन जी क्रांति को चुनौती: क्रांतिकारी रफ्तारमा संगठन निर्माण
नेपालको जेन जी क्रांति फ्रेंच क्रांतिभन्दा ठुलो
जेन जी क्रान्ति (उपन्यास/नेपाली)
जेन जी क्रान्ति (उपन्यास/मैथिलि)
जेन जी क्रान्ति (उपन्यास/हिन्दी)
Ride Hailing Powered Clinics
मेरिटोभिया गणतन्त्रको संविधान
निःशुल्क उपचारदेखि राष्ट्रिय सुपर–आन्दोलनसम्म: कल्कि सेनाको स्वास्थ्य, शिक्षा र न्यायको नक्सा
Special Offer: Lifetime Free Treatment at Kalki Sena Clinics for Residents of Kathmandu Valley
Two Roads Before the Gen Z Revolution: Nepal’s Defining Moment
नेपालको जेन जी को विश्व राजनीतिमा ठाडो हस्तक्षेप
जेन जी क्रांति को चुनौती: क्रांतिकारी रफ्तारमा संगठन निर्माण
नेपालको जेन जी क्रांति फ्रेंच क्रांतिभन्दा ठुलो

No comments:
Post a Comment