Friday, September 09, 2022

नेपाल सेना, नेपाल प्रहरी, बिद्युत प्राधिकरण ले कर किन तिर्ने?




तलदेखि माथिसम्म चुर्लुम्म भ्रष्टाचार मा डुबेको देश। कामको शुरुवात गर्ने कहाँ बाट? डोजर समाधान खोज्नुपर्ने रहेछ त। मेयर साबले गजब गरेको देखियो। 

फोहर उठ्यो। फोहर भनेको उठ्ने कुरा नै होइन। लाश हो र फोहर? उठ्नुपर्ने? त्यों सोंच फाल्न सक्नु कमता होइन। 

प्रत्यक्ष निर्वाचित राष्ट्रपति मा हुनुपर्ने छाँटकाँट मेयर साबमा देखियो। 

अब कुरा आएको छ कर तिर्ने। 

नेपाल सेना, नेपाल प्रहरी, बिद्युत प्राधिकरण ले कर किन तिर्ने?

देशभक्ति देखाउन का लागि कर तिर्ने। 

विधिको शासन बिना देश बन्दैन। जतिसुकै रेमिटेंस, जति सुकै फॉरेन ऐड, जति सुकै लोन लिएर देश बन्दैन यदि सामान्य विधिको शासन छैन भने। 

नेपाल सेना, नेपाल प्रहरी, बिद्युत प्राधिकरण लाई देश बनाउनु छ भने निसंकोच कर तिर्ने। आखिर जनता को पैसा ले नै हो तिर्ने। कसैले आफ्नो खलती बाट निकालनुपर्ने होइन। जनताको एउटा खलती बाट जनताको अर्को खलतीमा जाने पैसा। 

चुनाव गर। संविधान संसोधन गर। प्रत्यक्ष निर्वाचित राष्ट्रपति को व्यवस्था गर। 

कुनै पनि स्थानीय सरकार को मेरुदंड भनेको संपत्ति कर। विश्व शहर बनाउनु छ भने सबैले संपत्ति कर तिर्ने। 


No comments: