Tuesday, September 13, 2022

13: Madhesh



मधेशमा बांगाटिंगा गठबन्धन बनाउने कोसिस दलहरुले समग्र देशका लागि भनेर रणनीति बनाए पनि हालको मधेश प्रदेशमा त्यो सम्पूर्ण रुपमा कामयाबी हुन कठिन छ । यहाँ अहिले राष्ट्रिय रुपमा भइरहेका गठबन्धन भन्दा भिन्न अरु गठबन्धनहरु बन्न सक्ने सम्भावना देखिएका छन् । ...... उपेन्द्र यादव, महन्थ ठाकुर र राजेन्द्र महतोहरु मात्रै होइन, नयाँ खेलाडीहरु पनि त्यहाँ प्रवेश गरिसकेका छन् । सीके राउतको जनमत पार्टी एउटा उदाहरण हो । अनि कांग्रेस, एमाले र माओवादीका पनि आ–आफ्नै रणनीति छन् । ...... त्ता गठबन्धनमा कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी बीचमा जुन न्यूनतम समझदारी बनिरहेको छ, जनता समाजवादी पार्टीसँग त्यही स्तरको समझदारी बन्न सकेको छैन । ऊ गठबन्धनमा ३२ सिट दाबी गर्दैछ । कम्तीमा २२ सिट उसको बटमलाइन हो । ....... उपेन्द्र यादवले अनलाइनखबरसँग कुरा गर्दै आफू सत्ता गठबन्धनमा रहे पनि सबै विकल्पका लागि खुला रहेको बताए । ‘चुनाव आइसकेकै अवस्था हो, त्यसैले हामीले त्यसका लागि सबै डोर ओपन गरेका छौं,’ उनले भने । ....... यादवबाट फुटेर गएका महन्थ ठाकुर नेतृत्वको लोसपाले सत्ता गठबन्धनको निम्तोको खुबै प्रतीक्षा गर्‍यो । हालकै क्याबिनेटमा उसले मन्त्री पठाउने चर्चा पनि निकै दिन चल्यो । उसले आगामी चुनावका लागि जम्मा ८ सिट मागेको थियो, जसमध्ये ठाकुर, राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिलकुमार झाका चार सिट अग्रिम बुकिङ भइहाले । ....... तर कांग्रेसलाई भाग पुर्‍याउन निकै कठिन छ । त्यसमाथि मधेशमा उसको प्रतिस्पर्धी नै लोसपा र जसपा हो । अझ लोसपामा गएका नेताहरुको पृष्ठभूमि कांग्रेस नै छ । कांग्रेस मधेसमा माओवादी र एससँगको तालमेलमा लगभग सहज छ । तर उसको एउटै डर– जसपा र लोसपामध्ये कोही एक, या दुवैले मिलेर एमालेसँग तालमेल गरिदिने हुन् कि ? किनभने अघिल्लो चुनावमा पहाडमा ओली, दाहालले कांग्रेसलाई ढिम्किनै दिएनन्, मधेसमा यादव, ठाकुर, महतो, भण्डारी र झाहरुले । ........ ठीक यही बेला उपेन्द्र यादवले सबै विकल्प खुला राखेर चुनावको तयारी गरिरहेको बताएका छन् । यो विकल्प खुला गर्दा सीके राउत पक्ष समेत समेटिन आउँछ । ........ मधेशकेन्द्रित पार्टीहरुका दोस्रो तहका केही नेताहरु बितेका दिनमा जे भए पनि जसपा र लोसपालाई चुनावसम्म मिलाएर लैजान चाहन्छन् । उनीहरुले जसपा, लोसपा र सीके राउतको जनमत पार्टीबीच काठमाडौं र जनकपुरमा एक–एक वटा बैठक डाकिसके । ......... जनमत पार्टीका अध्यक्ष सीके राउतले हामीसँग कुरा गर्दै भने, ‘एउटा चिह्न लिएर जाने अवस्था बनेको भए त्यसको सकारात्मक प्रभाव पर्ने थियो । अब तालमेल मात्रै हुन सक्छ । त्यो पनि केही सिटहरुमा ‘गुडविल’ का आधारमा हुन्छ ।’ ........ यादवले जनमत पार्टीलाई निश्चित क्षेत्रविशेषमा प्रभाव रहेको शक्तिका रुपमा आकलन गरेका छन् । उनले त्यसलाई धेरै कमजोर भने ठानेका छैनन् । तर मुख्य प्रतिस्पर्धा भने लोसपासँगै हुने उनको विश्लेषण छ । लोसपाका नेताहरुसँग इतिहासका विभिन्न चरणमा एकता र फुटको शृंखला बेहोरिसकेका यादवले अनलाइनखबरसँग भने, ‘यसअघि उहाँहरु (लोसपा) ले कमजोरीहरु नगरेको होइन, तर त्यसको आन्तरिक समीक्षामात्रै गरे पनि अगाडि मिलेर जान सम्भव छ । मैले ढोका बन्द गरेको छैन ।’ ......... लोसपाका एक शीर्ष नेताले मधेश प्रदेशमा यादवसँग अहिले पनि बलियो आधार रहेको भन्दै विगतमा आरोप प्रत्यारोप जे भए पनि मिलेर जाने सम्भावना रहेको बताए । ‘पहिले ओलीजीसँगको छलफल कसरी अघि बढ्छ हेर्न दिनुहोस्’ उनले भने, ‘त्यसपछि हामी आफ्नो निर्णय दिइहाल्छौं । अब धेरै टाइम लाग्दैन ।’ ........ मधेशी पत्रकार समाजका अध्यक्ष मोहन सिंहले यादव, ठाकुर र राउतको बीचमा मिलेर चुनावमा जाने सहमति बन्न सक्ने सम्भावना सुनाए । उनले यसका लागि काठमाडौं र जनकपुरमा विभिन्न अनौपचारिक गृहकार्य भइरहेको पनि खुलाए । ........ गत स्थानीय चुनावमा कांग्रेस, माओवादी, एस र जसपाबीच तालमेल गर्ने सहमति भए पनि मधेशका १२६ पालिकामध्ये वीरगञ्ज, सिमरा, जनकपुर, लहानलगायत केही ठाउँमा मात्रै कामयाब बन्न सक्यो । नत्र अन्तर्घात र असहयोगका कारण गठबन्धन प्रभावकारी बन्न सकेन । ........ माओवादी कार्यकर्ताहरु मधेशमा कांग्रेस या एससँग होइन, जसपासँग सहज महसुस गर्छन् । माओवादी उम्मेदवार भएका ठाउँमा जसपाको सहयोग, अनि जसपा उम्मेदवार भएका ठाउँमा माओवादी सहयोगले बढ्ता काम गरेको देखियो । ....... कांग्रेससँग जसपाको कुरो मिलेन भने पनि यो विकल्पमा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जसपा अध्यक्ष उपेन्द्र यादव तयार रहन सक्छन् । ........ ‘अहिलेको सत्ता गठबन्धनमा जो जहाँ भए पनि मधेशमा प्रचण्ड र उपेन्द्रजी सँगै रहने देखिन्छ,’ साहले भने, ‘महन्थजी यसमा थपिने कि नथपिने भन्ने प्रश्न हो ।’ यी तीनको गठबन्धन मधेशमा भयो भने प्रचण्डको पल्ला अझै भारी हुन सक्छ । त्यस्तो अवस्थामा मधेशमा तीनवटा ध्रुव बन्न सक्नेछन् । जसमध्ये कांग्रेस पहिलो पोलमा, एमाले दोस्रो पोलमा, अनि मधेशी गठबन्धनका नेताहरु तेस्रो पोलमा । यस्तो भएमा मधेश प्रदेशमा प्रादेशिक चुनावको नतिजा करिब ०७४ कै जस्तो आउन सक्नेछ । ....... अहिले मधेश प्रदेश सभामा यादवको जसपासँग ३९ सिट छ । कांग्रेससँग १९ सिट, लोसपासँग १५ सिट, एमाले र माओवादी केन्द्रसँग आठ, आठ सिट । ........ ‘चुनावका लागि नेचुरल एलाइन्स पनि चाहिन्छ, त्यो भनेको जसपा, लोसपा र सिकेको मेलमिलाप नै हो । त्यसको सम्भावना अझै बाँकी छ । हेर्दै जाऔं ।’ ....... उपेन्द्र यादवले एमाले या लोसपासँग मिलेर नयाँ ध्रुव खडा गरे, त्यो कांग्रेसका लागि प्रत्युत्पादक हुनेछ । अनि माओवादी यसमा समेटिए त सकिइहाल्यो ........ मधेशमा बांगाटिंगा गठबन्धन र समीकरणहरुको प्रतीक्षा टाढा छैन ।

स्वतन्त्र उम्मेदवारी : वैकल्पिक राजनीतिको ‘बटम-अप प्रोसेस’ हिजो, राजधानीमा बस्ने अमूक ‘नाम चलेको’ व्यक्तिको वरिपरि राजनीतिको विकल्प खोजिन्थ्यो । आज मानिसहरू ‘स्थानीय’ व्यक्तिमा त्यो दम देख्न थालेका छन् । ....... सांसद पदका लागि ठाउँ-ठाउँमा स्वस्फूर्त स्वतन्त्र उम्मेदवारीको घोषणा हुन थालेका छन् । जनस्तरमा पनि नयाँ र स्वतन्त्र उम्मेदवारको खोजी हुन थालेको छ । उम्मेदवार प्रभावकारी हुँदा यसले परिणाममा पनि रोचकता ल्याउने नै संभावना छ । ....... मानिस जंगलमा हिंसा छ भन्दछ, तर जंगलमा २४ घण्टामा केवल १ घण्टा मात्र हिंसा हुन्छ । बाँकी २३ घण्टा शान्ति हुन्छ । एक पल्ट खाएर अघाएको मांसहारी पशु पनि कम्तीमा २३ घण्टा शान्त रहन्छ । तर मानव समाज २४ सै घण्टा अशान्त छ । ....... अहिले विश्वले यस्तै पात्र खोजी रहेको छ । जसले आधुनिक विज्ञानका मार्गदर्शन अनुसारको राजनीतिक मार्गचित्र तयार गरोस् । सन्तुलित प्रक्रियाद्वारा राजनीतिक शक्ति निर्माण गरोस् । ....... हिजो, राजनीतिक स्थायित्व कायम हुन नसक्नुलाई समस्या मानिन्थ्यो । बहुमतको सरकार भए यो समस्या समाधान हुन्छ भनिन्थ्यो । यसपालिको चुनावमा यो बहानाबाजीका लागि स्थान बाँकी छैन । सबैलाई थाहा छ, विगतमा बहुमतको सरकार गठन भएकै हो । तर राजनीतिक स्थायित्व कायम हुन सकेन ।





कार्यकारी राष्ट्रपतिको बहस
गोर्बाचोभ : एक विरोधाभास

No comments: