Friday, September 09, 2022

9: The Queen

पश्चिमी प्रतिबन्धले रुसलाई केही असर परेको छैन– पुटिन रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पुनः रुसमाथि लागू पश्चिमी प्रतिबन्धको आलोचना गरेका छन् । उनले पश्चिमी प्रतिबन्धले सम्पूर्ण विश्वमाथि खतरा उत्पन्न गरेको आरोप पनि लगाए । भ्लादिभोस्तोकमा आयोजित आर्थिक मञ्चलाई सम्बोधन गर्दै उनले रुसले पश्चिमाको आर्थिक ‘आक्रमण’ को कुशलतापूर्वक सामना गरिरहेको बताए । तर प्रतिबन्धका लागि युरोपेलीको जीवनस्तर धरापमा पारिएको र गरीब देशहरूले खानामा पहुँच गुमाउँदै गएको पुटिनले बताए । ....... पुटिनले बन्दरगाह सुचारु भएदेखि अफ्रिकामा जम्मा दुईवटा अन्न जहाजहरू गएको दाबी गरे । ....... विश्वको प्रमुख इन्धन निर्यातक मुलुक रुस युद्धमा संलग्न हुँदा विश्वभर उर्जाको मूल्य बढेको छ र रुसले पछिल्लो समय युरोप जाने ग्यासको आपूर्ति अनिश्चित कालको लागि रोकिदिएको छ । ....... सम्बोधनका क्रममा पुटिनले रुस युद्धका असर कम हुँदै गएको र देशको सार्वभौमसत्ता बलियो बन्दै गएको बताउदै भने, ‘म विश्वस्त छु कि हामीले केही गुमाएको छैन ।’ ...... शीर्ष चिनियाँ विधायक ली झान्सु उपस्थित फोरममा पुटिनले ‘जतिसुकै प्रयास गरे पनि रुसलाई एक्लो बनाउन नसकिने’ बताए । रुसी समाचार एजेन्सीहरूले राष्ट्रपति पुटिनले अर्को हप्ता उज्बेकिस्तानमा चिनियाँ समकक्षी सी जिनपिङलाई भेट्ने बताएका छन् । ....... ‘युक्रेनबाट निर्यात भइरहेका सबै अन्न गरिब र विकासोन्मुख देशलाई नभएर तर युरोपेली संघका देशलाई प्रयोग भइरहेको छ,’ रुसी राष्ट्रपतिले भने ।

जग्गा विवादले हुलाकी राजमार्ग निर्माण प्रभावित
जसपा अध्यक्ष उपेन्द्र यादव सप्तरी– २ बाट सिफारिस
सर्लाही ४ बाट कांग्रेस महामन्त्री थापाको एकल नाम सिफारिस, अमरेश परेनन् यसअघि कास्की १ क्षेत्रीय समितिले पनि नेता थापाको नाम संघीय सांसदका लागि प्रत्यक्षतर्फ सिफारिस गरेर पठाएको थियो ।
समुद्र मन्थनरुपी निर्वाचनबाट विकल्प खोज्ने अवसर जनताले पाएका छन् : ई.साह दलहरुको विकल्प त स्वतन्त्र हुँदैन, दलको विकल्प दल नै हुन्छ । तर स्वतन्त्रहरु मिलेर एउटा दलको निर्माण गर्न नसकिने होइन । स्वतन्त्रहरु मिल्यो भने एउटा बलियो दलको रुपमा आउन सक्छ । हाम्रो संवैधानिक व्यवस्थाअनुसार बहुदलीय प्रणालीलाई अँगालेको छ । असल स्वतन्त्र व्यक्तिहरुको समूह मिल्यो भने एउटा दलको निर्माण हुन सक्छ । ........ सबभन्दा बढी विकृत्तिको सुरुवात निर्वाचनबाट नै हुने गरेको छ । अहिलेको निर्वाचन कतिको महँगिएको छ भन्ने कुरा जगजाहेर नै छ । करोडौं रुपैयाँ नभइकन एउटा इमान्दार व्यक्ति चुनाव लड्ने हिम्मत नै गर्दैनन् । देश र समाजका लागि योगदान दिन सक्छु भन्ने इच्छा हुँदाहुँदै पनि असल मान्छे निर्वाचनबाट जितेर आउन एकदमै गाह्रो छ । यो सबभन्दा ठूलो विकृत्ति हो । पहाडमा भन्दा मधेशमा एकदम बढी विकृत निर्वाचन देखिएको छ । पहाडभन्दा मधेशमा एकदमै खर्चिलो निर्वाचन क्रियाकलापहरु भइरहेका छन् । यो विकृत्तिलाई सबभन्दा पहिला हटाउनुपर्ने दायित्व मधेशका जनताको हो । यसमा सबभन्दा बढी दोषी नेताहरु छन् । निर्वाचनमा उम्मेद्वार दिने नेताहरुले त्यस्ता क्रियाकलापलाई बढाइरहेका हुन्छन् । ..... मैले अहिलेसम्म कुनै दलबाट उम्मेद्वारी दिनेबारे सोचेको छैन । कुनै पनि राजनीतिक दलमा मेरो आबद्धता छैन । हुन त जनकपुरधाममा भएका जति पनि दलहरु छन्, राष्ट्रिय वा क्षेत्रीय ती सबैका नेताहरुसँग मेरो कुराकानी हुन्छ ।

पराजय बोधबाट मधेश उम्किनै पर्छ (सम्पादकीय)
मधेशी दलप्रति नैराश्यता



जसपालाई लक्षित गर्दै सञ्चारमन्त्रीले भने–न्यायोचित ढंगले सिट बाँडफाँट हुन्छ
जसपाका नेताहरुलाई शीतल निवासमा बोलाएर राष्ट्रपतिले पोखिन् गुनासो
युक्रेनी युरोपी मुलुकमा पुगिरहेका छन्, विपन्न मुलुकले केही पाइरहेका छैनन्–पुटिन
युक्रेन द्वन्द्वको असर युरोपमा मात्र सीमित छैन : भारत
रुसप्रतिको पश्चिमी नीति भड्काउपूर्ण भएको टर्कीका राष्ट्रपतिको एर्दोगानको आरोप
कार्यदलले शीर्ष नेतालाई प्रतिवेदन बुझायो, प्रतिवेदनका आधारमा भागबण्डा गर्ने सहमति
यो गठबन्धन विचित्रको हो, एजेन्डा/सिद्वान्त केहि पनि नमिल्ने : कोइराला
नेपाल रेल्वेको जयनगर–कुर्था सेवा सितापुर सम्म विस्तार गर्ने तयारी
जसपा अध्यक्ष यादव संग सिके राउत भिडने क्षेत्रमा ठाकुरको पनि इन्ट्री
सिट संख्या मिल्यो, पर्सी सम्म कुन क्षेत्र कस्कोको पनि टुङ्गो लाग्छ : प्रचण्ड

सम्मानजनक ढङ्गले सिट बाँडफाँट नभए गठबन्धनको औचित्य छैन : अध्यक्ष यादव उनले आफूहरूले प्रतिनिधिसभाका लागि ३२ सिट कांग्रेस नेतृत्वसँग माग गरेको र सोही विषयमा दलका शीर्ष नेताहरूबीच छलफल चलिरहेको समेत जानकारी दिए।
एक सयभन्दा कम सिट स्वीकार गर्न हुँदैन: शेखर कोइराला
गठबन्धनमा उपेक्षा गरिए जसपा एक्लै चुनाव लड्न तयार : उपेन्द्र यादव
राजेन्द्र महतो पर्सा क्षेत्र नम्बर ३ बाट सिफारिस
सिट संख्याको सहमति आज सार्वजनिक गरिँदै नेपाली कांग्रेसले ८६ सिटमा र बाँकी सिट अन्य दलहरुले पाउने गरी सहमति भएको छ ।

अधिकृतको टेबुलबाट राजा महेन्द्रसम्म पुगेको मेरो पासपोर्ट निवेदन



उपेन्द्र यादवसँग राष्ट्रपति : संविधानसम्मत कदम चाल्छु, अदालतले केही गर्दैन नेता खुसी पार्ने होड, उपेन्द्र यादवको नाम १० क्षेत्रबाट सिफारिस

निर्वाचनपछि प्रधानमन्त्री बनेर अर्थतन्त्र सुधार गर्नेछुः प्रचण्ड
सिट बाँडफाँटमा सहमतिको नजिक कार्यदल
हैसियतअनुसार सिट बाँडफाँट नगरिए जसपा एक्लै चुनाव लड्ने : यादव जनता समाजवादी पार्टी (जसपा) का राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा गठबन्धनलाई निरन्तरता दिनुपर्ने आजको आवश्यकता भएको बताएका छन् ।
पश्चिमी प्रतिबन्ध ‘विश्वका लागि खतरा’ : राष्ट्रपति पुटिन

No comments: