Saturday, September 03, 2022

Balen Shah: 100 Days

कामको प्रशंसासँगै महानगर सुधारको संकेत कार्यभार सम्हाल्दै बालेन्द्रले काठमाडौंको फोहोरलाई दीर्घकालीन रुपमा व्यवस्थापन नगरेसम्म माला नलगाउने घोषणा गरेका थिए। र उनले हालसम्म कुनै पनि सार्वजनिक कार्यक्रममा माला र खादा लगाएका पनि छैनन् । जेठ १६ गते बोलाइएको पहिलो कार्यपालिका बैठक लाइभ गरियो । ...... टुटेफेटेका संरचना मर्मत गर्नका लागि इन्फ्रास्ट्रक्चर एम्बुलेन्समार्फत् गर्ने र कल सेन्टर मार्फत् नगरपालिकामा आउने गुनासो र समस्याहरु समाधान गर्ने निर्णय भयो । यस्तै, होटल तथा रेस्टुरेन्टका शौचालयलाई सार्वजनिक शौचालयको रुपमा प्रयोग गर्ने सम्बन्धमा पनि अर्को निर्णय भएको थियो । केही व्यवसायिक संस्थाहरुले सार्वजनिक शौचालयको रुपमा प्रयोग गर्न दिने निर्णय गरे पनि प्रभावकारी भने भएको छैन । ........ चुनावी अभियानका क्रममा फोहोर व्यवस्थापनलाई प्राथमिकता राख्ने निर्णय गरेका मेयर बालेन्द्रले सिसडोलमा दशकौंदेखि हुँदै आएको अवैज्ञानिक फोहोर विसर्जन कार्यलाई कार्यभार सम्हालेको केही दिनभित्रै गरे । उपत्यकाको फोहोर विसर्जन हाल बन्चरेडाँडामा हुन थालेको छ । ........ महानगर उज्यालो कार्यक्रम, डबलीहरुको पुनर्स्थापना र एमपी थिएटर निर्माण, सामुदायिक विद्यालयहरुको भौतिक पूर्वाधारमा गुणात्मक सुधार, फोहोरबाट ऊर्जा उत्पादन गर्ने योजना, सवारी साधनमा जीपीएस जडान, परम्परागत फाल्चा निर्माण, विपद् जोखिम नक्सांकन, घरघरमा गएर स्वास्थ्य परीक्षण गर्ने नीति ल्याइएका छन् । ...... बालेन्द्रले महानगर सुधार्नका लागि पछिल्लो प्रयास हो ‘अनधिकृत संरचना हटाउने अभियान’ । अभियान थाल्नुअघि उनले धनपति सापकोटालाई नगर प्रहरी प्रमुखबाट हटाएर उनको ठाउँमा राजुनाथ पाण्डेलाई ल्याए । महानगर क्षेत्रभित्र निर्माण भएका अनधिकृत संरचना हटाउन नगर प्रहरीको भूमिका मुख्य हुने ठानेर नै बालेन्द्रले पाण्डेलाई ल्याए । ........ एउटा प्रयोजनका लागि नक्सा पास गर्ने र अर्को प्रयोजनमा प्रयोग भइरहेको भवनबाट अनाधिकृत संरचना हटाउनका लागि उनी आफैं कस्सिए । बानेश्वरबाट सुरु भएको अभियान अहिले पनि जारी छ । बेसमेन्ट पार्किङका लागि नक्सा पास गर्ने र उक्त ठाउँमा रेस्टुरेन्ट, होटल तथा अन्य व्यवसाय सञ्चालन भएपछि बालेन्द्र एक्सनमा उत्रिए । ३५ दिने सूचना दिदा पनि अटेर गरेको भन्दै उनी आफैं फिल्डमा खटिएर त्यस्ता अनाधिकृत संरचना हटाउन निर्देशन दिए । ........ बानेश्वरमा स्थानीयवासीको सहयोगमा उनले रात्रिकालीन फुटपाथ व्यवसाय हटाएका छन् । यस्तै, कोटेश्वरलगायत अन्य मुख्य सहरी क्षेत्रमा लाग्ने फुटपाथ व्यवसाय हटाइएका छन् । तीनलाई एकीकृत रुपमा फुटपाथ बाहेकका अन्य ठाउँमा राखिएको छ । फराकिलो फुटपाथ बनाउने, फुटपाथ तथा लेन अनुसाशन पनि कायम राख्ने अभियानमा बालेन्द्र छन् । ....... वर्षौंदेखि व्यवसाय, मनारेञ्जन कर नबुझाएको भन्दै उनले काठमाडौं फन पार्कलाई २४ घन्टे अल्टिमेटम दिँदै पत्र पठाउन लगाए । पार्कले पत्र पठाएको भोलिपल्टै महानगरलाई मनोरञ्जन र व्यवसाय कर २० लाख रुपैयाँ बुझायो । ........ जग्गा भाडामा लगाएको समाज कल्याण परिषद्लाई पनि पत्र लेखेर बहाल कर बुझाउन महानगरले भनेको छ । यस्तै, सम्पत्ति कर नबुझाउने सार्वजनिक संस्थानहरुलाई पनि पत्र लेखेको छ । कर नबुझाउने सबैलाई कारबाही गर्ने महानगरको तयारी छ । ........ बालेन्द्रको कार्यकालको सय दिन पूरा गर्दा सकारात्मक परिवर्तनसँगै महानगर सुधार हुने आसा देखिएको छ । .... टुकुचा खोला अतिक्रमण कसरी हटाउँछन् भन्ने आम चासोको विषय पनि बनेको छ ।

No comments: