Friday, September 16, 2022

नेपाली राजनीति को अनुत्तरित प्रश्न

पुँजीवाद र कम्युनिज्म विचारधारा बीच अमेरिका र सोवियत संघ बीच को संघर्ष ७० वर्ष चल्यो। अमेरिका ले जितेको होइन। सोवियत संघ आफै गरलयंगुरलुम ढलेको हो। दुई जना आमने सामने तलवार लिएर खड़ा छन। एउटा हार्ट अटैक भएर ढल्यो भने अर्को ले ढ़ालेको भन्न मिल्छ? 

कार्ल मार्क्स ले विश्लेषण चाहिं राम्रो गरे। आम मनुष्य को श्रम नै पुँजी को आधार हो। धर्म को पनि आलोचना गरे। पाइन्छ। किन नपाउनु? येशु ले गॉस्पेल मा धर्म को र पुजारी हरु को जति कड़ा आलोचना गरेका छन त्यसको रौं भरको आलोचना पनि मार्क्स ले गरेका छैनन। तर धर्म को आलोचना गर्नु, पाखंडी पुजारी हरु को आलोचना गर्नु ईश्वर छैन भन्नु होइन। 

ईश्वर लाई आत्मसात नगरिकन न्यायोचित र समुन्नत समाज को कल्पना पनि गर्न सकिँदैन। 

राम लाई मान्छु, कृष्ण लाई मांदिन। अथवा कृष्ण लाई मान्छु तर त्यही कृष्ण फर्केर आए माननेवाला छैन। विष्णु मान्छु, शिव मानदिन। अथवा मानव अवतार मा आएको ईश्वर मान्छु तर त्यही ईश्वर अदृश्य भए पछि मानदिन। अथवा शिव मान्छु ब्रम्हा चाहिं छैनन पो कि? अथवा ईश्वर भारत मा जन्मेर आए मान्छु तर इजराइल मा जन्म लिए मानदिन। अथवा ईश्वर अदृश्य र सर्वशक्तिमान छन तर त्यो सर्वशक्तिमान ईश्वर सँग धरतीमा मानव रूप धारण गर्ने शक्ति छैन। अथवा ब्रम्हा को मानव अवतार लाई मान्छु तर त्यही ब्रम्हा को अर्को मानव अवतार को छाला कथि रंग को छ भन्ने स्वीकार्य छैन। ब्रम्हा को मानव अवतार लाई मान्छु तर त्यही ब्रम्हा ले आराधना गर्ने विष्णु को अवतार लाई मानदिन। बुद्ध लाई मान्छु तर ईश्वर छैनन जबकि बुद्ध खुद ईश्वर का अवतार हुन। 

यस्तो सोंच मा कुनै दम छ? 

एउटा भ्यागुतो भन्दा मेरो बुद्धि विवेक उच्च किसिम को हो। तर मभन्दा पनि उच्च बुद्धि विवेक भएको अर्को कोही यो सृष्टिमा हुनै सक्दैन। त्यो नास्तिक सोंच मा कुनै दम छ?

चीन ले सोवियत संघ को विगठन पछि आर्थिक सुधार गर्यो, तर एक पार्टी शासन छोड़ेन र अझै पनि समाजवाद को निर्माण मा व्यस्त छु भनिरहेको छ। 

बर्लिन को पर्खाल ढल्यो। ढल्नु पनि पर्थ्यो। कार्ल मार्क्स ले धर्म को आलोचना गरे। तर त्यसलाई नास्तिकता भनेर व्याख्या गर्दा जुन किसिम को तानाशाही पैदा हुन्छ अनि हाथ मा तरवार लिएको लडाकु आफै हार्ट अटैक भएर ढल्छ। 

कार्ल मार्क्स ले आलोचना गरे। तर समाधान को रोडमैप कार्ल मार्क्स सँग थिएन। 

जुन समाज आज अमेरिका मा छ त्यो कुनै न्यायोचित समाज होइन। दुनिया को सबैभन्दा धनी देश भन्छ तर बहुसंख्यक अमेरिकी लाई एक्कासि ५०० डॉलर चाहियो भने आपत पर्ने अवस्था छ। ग्लोबल वार्मिंग को कारण नै चरम असमानता हो। पेट फुटन लागेको हुन्छ लोभी मान्छे ले खान छोड्दैन। 

समाधान सत्य युग समाज को स्थापना हो। त्यस शुभ कार्य को प्रारम्भ नेपाल बाट हुँदैछ। नेपाल मा टेम्पलेट बन्छ र त्यो दुनिया को प्रत्येक देश सम्म पुग्छ। 


Moving Towards A Moneyless Society
Holy Father, Holy Son, On Earth
Meet Jay
विजय और जय
Jesus And Krishna

Nepal: Political Laboratory
Poverty Facts and Stats



No comments: