Saturday, September 17, 2022

काठमाण्डु का सड़क हरु को वर्गीकरण

काठमाण्डु समस्त सड़क व्यापारी हरु बिलाउने हो भने शहर को ज्यान जान्छ। मृत शहर हुन्छ। तर अव्यवस्थित किसिम ले जताततै सड़क व्यापारी हरु भरमार छोड्ने हो भने त्यो एउटा अव्यवस्थित शहर हो। 

जग्गा अतिक्रमण (सड़क मिचेर कंपाउंड पर्खाल, सड़क मा नै पाँच तल्ले घर भुमाफिया को इमेज बनाएर), नक्शा पास गर्दा पार्किंग भन्ने तर त्यहाँ पसल थाप्ने, ती सब ठीक ठाक पार्दै जानुपर्छ। होइन भने अवस्था सुधार को सपना देख्न छोड्नुपर्छ। 

सड़क व्यापारी हरु तर चाहिन्छ। 

सड़क हरु को वर्गीकरण गर्ने। 

एउटा सड़क भयो कि गाड़ी र मोटरसाइकल चल्ने र फुटपाथ मा मान्छे मात्र हिड्ने, पेटीमा पसल थाप्न नपाउने। कम्तीमा दुई लेन सड़क हरु। अर्को भयो गाड़ी र मोटरसाइकल चल्ने र फुटपाथ मा सीमित संख्या मा पसल थाप्न पाउने। महानगरपालिका ले लाइसेंस दिने। हल्का पैसा लिएर। लाइसेंस छैन भने त्यहाँ पसल थाप्न पाइएन। हिड्दा हिड्दै आम जनता लाई छोला मुरही खान मन लाग्यो? कहाँ जाने? मैनहट्टन को प्रत्येक प्रमुख सड़क को छेउछाउमा ठेलागाड़ा हुन्छ। सड़क मा खाना खाने। 

असन जस्तो ठाउँ मा चार पांगरे गाडी लान नपाउने गर्न सकिन्छ। इमरजेंसी गाडी जस्तो कि एम्बुलेंस र पुलिस र पसल आदिको डेलीवरी गाडी बाहेक अरु पस्न नपाउने। 

यस्ता गल्ली हरु हुन सक्छन जहाँ पैदल यात्रु र सड़क व्यापारी बाहेक अरु सबै निषेध। बरु त्यस्तो सड़क प्रत्येक नगरवासी को पैदल बढीमा १५ मिनट को बाटो हुनुपर्यो। होइन भने अमेरिका मा जस्तै मोटाघाटा भैदेलान नगरवासी। तरकारी कहाँ गएर किन्ने? 

जोनिंग गर्न सकिन्छ। आवासीय इलाका। व्यापारी इलाका। औद्योगिक इलाका। शैक्षिक संसथान को नजिक हॉर्न बजाउन नपाउने। 

मेयर र उप मेयर को सुरक्षा को कुरा आइरहेको छ। त्यो त नगर प्रहरी को जिम्मेवारी हो। कसैले थ्रेट गर्छ भने त्यो अपराध हो। त्यसलाई तुरुन्त थुन्नु पर्छ। महेश बस्नेत लाई सबभन्दा पहिला। टीवी मा गएर अपहरण को थ्रेट? हर समय मेयर र उप मेयर लाई दुई चार जना प्रहरी। आवास को सुरक्षा। मुख्य त इंटेलिजेंस ग्यादरिंग। 

सुरक्षा प्रदान गर्नु भनेको पदको कदर गर्नु हो। देशको सबैभन्दा ठुलो प्रत्यक्ष निर्वाचित पद। 

जॉर्ज बुश सीनियर को एउटा कहानी छ। उनी राष्ट्रपति हुँदा आफ्नो ओवल ऑफिस जाँदा टाई सुट लगाएर मात्र जानथे। कहिले राति १२ बजे फोन रिसीव गर्न ऑफिस पुग्नु पर्थ्यो। टाई सुट लगाएर मात्र जानथे। किन भन्दा म जॉर्ज बुश एक जना मान्छे हो। राष्ट्रपति पद त पद हो। त्यस पदको मैले पनि कदर गर्नुपर्छ। 

मेयर बालेन ले आफ्नो पदको कदर गर्नुपर्छ। सदैव सुरक्षा गार्ड लिएर मात्र पब्लिक मा आउनुपर्छ। आफ्नो आवासमा सुरक्षा व्यवस्था गर्नुपर्छ। त्यो नगर प्रहरी को जिम्मेवारी हो। उप मेयर ले पनि सुरक्षा लिनुपर्छ। 

सार्वजनिक जग्गा मिचेर खड़ा गरिएका पर्खाल ढलियेनन भने महानगर को अर्थतंत्र बन्दैन। ढलेको बनेको पनि हो। 





No comments: