Friday, September 23, 2022

टुकुचा को महत्व

कसैले भन्छन धीरेन्द्र, कसैले भन्छन ज्ञानेंद्र। दिउँसै क्रेन लिएर भक्तपुर को अग्लो मुर्ति चोर्न पुगे। दिन दहाड़े। एक वर्ष पछि पंचायत ढल्यो। ओली प्रधान मंत्री बने। दुई तिहाई को उन्माद। प्रधान मंत्री निवास कै जग्गा आफ्नो मान्छे लाई लालपुर्जा गरे। 

टुकुचा को सरसफाइ त्यसको विपरीत दिशा मा गुडेको रेल हो। देशमा विधिको शासन स्थापित गर्ने अर्को कुन उपाय? जनता को साथ चाहिन्छ। नया पुस्ता अगाडि आउनुपर्छ। 

होइन भने १० वर्ष भित्र टुँडिखेल मा निजी घर हरु खड़ा होलान। 

टुकुचा काठमाण्डु को अर्थतंत्र सँग सम्बन्धित कुरा हो। 

ली कुआँ यु को आत्म जीवनी मा मैले पढेको। विदेशी पाहुना एयरपोर्ट मा ओर्लियो। त्यहाँ बाट सरर गाडीमा प्रधान मंत्री कार्यालय आउने। त्यो बाटो अत्यंत राम्रो। हराभरा। सफा। चिरिच्याँट्ट। विदेशी लगनी गर्ने कि नगर्ने भन्ने विचारविमर्श गरिरहेका पाहुना। मैले केही बोल्नै नपर्ने। सबै काम त्यो एउटा बाटो ले नै गर्थ्यो। ली ले लेखेका छन। 

काठमाण्डु का लागि टुकुचा त्यही हो। पहिला टुकुचा। अनि सारा काठमाण्डु। टुकुचा मा हुने खर्च सानो रकम हो। 

टुकुचा को कायापलट देखे पछि काठमाण्डु मा विदेशी लगानी का लागि मार्गप्रशस्त हुने हो। 








No comments: