Thursday, September 08, 2022

एउटा संभावना

यो मेरो प्रक्षेपण (projection) होइन। मसँग प्रयाप्त जानकारी छैन प्रक्षेपण (projection) का लागि। 

(१) स्थानीय चुनाव को जस्तै हुनु 

अर्थात सत्ताधारी गठबन्धन ले जित्नु। त्यो संभावना त छ। नेपाल मा मतदाता म यो पार्टी को भएँ भएँ भन्ने गर्छन। बाउ कांग्रेस भने पछि छोरा पनि कांग्रेस। गठबन्धन ले जिते पनि प्रधान मंत्री को? रडाको हुनेवाला छ। कांग्रेस को पुच्छर समातेर माओवादी एमाले भन्दा ठुलो बन्ने र चुनाव पछि त्यसै एमाले लाई पुच्छर बनाएर प्रचंड प्रधान मंत्री बन्ने प्रयास गर्ने पनि हुन सक्छ। गगन को पनि हल्ला छ। ओली ले दुई दुई पटक संसद विगठन गर्ने निर्णय ले मलजल गरिरहेको छ अहिलेसम्म। माओवादी लाई एमाले भन्दा ठुलो बन्न पाए पुग्यो। 

(२) सीट तालमेल नमिलेर जसपा उछिट्टिनु 

केही हजार मतको फरकले जित हार हुने चुनावमा जसपा उछिट्टिनु ले ठुलो उथलपुथल ल्याइदिन सक्छ। मधेसी जनजाति पार्टी हरुको नया समुह बन्न सक्छ। यद्यपि त्यसको संभावना अहिलेसम्म देखिएको छैन। आफुले बढ़ी सीट पाउन धम्की सम्म दिने काम भएको छ। तर सत्ताधारी गठबन्धन कायम रहने देखिन्छ। ओली र प्रचंड ले जस्तै मधेसी नेता हरु ले पनि आफ्नो केमिस्ट्री भयंकर बिगारेका छन। कांग्रेस लाई फाइदा। 

(३) स्वतन्त्र को सानो लहर 

प्रत्येक चुनावी क्षेत्र मा कमसेकम एक जना म पनि बालेन भनिरहेको देखिन्छ। बालेन र हर्क को जितले थुप्रै लाई भरोसा दिएको छ। 

(४) मुद्दा: भ्रष्टाचार 

४६ सालमा बहुदल। सन २००६ मा गणतंत्र। सन २००७ मा संघीयता। अहिले त्यो एक शब्द को मुद्दा भनेको भ्रष्टाचार हो। बहुदल, गणतंत्र र संघीयता त्यो जमाना मा बुझ्ने जनता। जनता अचेत होइन। कुशल राजनेता चाहिएको हो। मुद्दा दरो समात्ने। त्यो रवि हो कि? त्यो गगन हो कि? मधेस को रवि सीके राउत। 

पाँच दल गठबन्धन: ४५% 
एमाले: २०% 
रवि लामिछाने को रास्वपा: २५% 
सीके राउत को जनमत पार्टी: १०% 

यस्तो अवस्था मा के हुन्छ? 

यो मेरो प्रक्षेपण (projection) होइन। प्रश्न हो। 

अथवा पाँच दल गठबन्धन ले ५५% ल्याएर गगन प्रधान मंत्री बन्ने, रवि र सीके दुबै राष्ट्रिय पार्टी का अध्यक्ष ले सशक्त विपक्ष दिएर भ्रष्टाचार को मुद्दा मा राम्रो काम हुने पनि हुन सक्छ। 







No comments: