Pages

Thursday, September 10, 2015

संविधान सभा भित्र विद्रोह

संविधान सभा भित्र विद्रोह? यो विद्रोह होइन। व्हिप जारी नहुने संविधान सभा मा यो नितांत नार्मल कुरा हो। यो सामान्य कुरा हो।



यसरी हुँदैछ संविधानसभा भित्र वैधानिक विद्रोहको प्रयास
ती तीन दल भित्र करिब ११३ जना मधेशी र थारु सभासद छन् । उनीहरुले मतदानका दिन यसरी फ्लोर क्रस गरे भने प्रस्तावित संविधान पारित हुने छैन । किनभने प्रस्ताव पारित हुन सम्पूर्ण सदस्य संख्याको दुई तिहाइ मत चाहिन्छ । यदि तीन ठूला दलका मधेशी र थारु सभासदहरुले मतदान गरेनन् भने दुई तिहाइ पुग्दैन । ...... संविधानसभामा ह्वीप नलाग्ने हुनाले यदि सभासदहरुले पार्टीको प्रस्ताव अनुसार मतदान नगरी फ्लोर क्रस गरेमा पनि वैधानिक ढंगले पार्टीले कारबाही गर्न नसक्ने कानुनी प्रावधान छ । उनीहरुको सांसद पद कायमै रहने हुन्छ । पार्टीले केवल आफ्नो अनुशासन तथा भविश्यको पार्टी पद तथा भावी राजनीतिक पदहरुको लोभ देखाएर मात्र आफ्ना सांसदहरुलाइ आफ्नै प्रस्तावमा मत राख्न लगाउन सक्दछ । ..... उच्च श्रोतका अनुसार नेपाली कांग्रेशका ५२ जना मधेशी र थारु सभासदहरु मध्ये आधा भन्दा बढी यसका लागि तयार भएका छन् । तर श्रोतका अनुसार एमाले र एमाओवादीका मधेशी र थारु सभासद मध्ये बहुसंख्यक फ्लोर व्रmस गर्न तयार नभए तीन ठूला दललाई दुई तिहाइ मत पुर्‍याउन नदिने प्रयास सफल नहुने भएकोले उनीहरुको प्रयास अब एमाले र एमाओवादीका सभासदहरुलाइ आफ्नो पक्षमा विद्रोह गराउन लगाउनेमा केन्द्रित भएको छ । एक राजनैतिक विश्लेषकका अनुसार यो काममा साम, दाम, दण्ड, भेद सबै उपाय प्रयोग भयो भने असम्भव नै होला भन्न सकिन्न तर यो धेरै गम्भीर र अति गाह्रो काम हो ।

No comments: