Pages

Saturday, March 07, 2026

अलि सेलिब्रेट त गरम

काम त गर्ने नै हो 

तर अहिले अलि 

सेलिब्रेट त गरम 

यो ऐतिहासिक चुनावी विजय 

अलि सेलिब्रेट त गरम 

नेपाली जनता लाई 

एक मुष्ट बधाई त दिम 

दिल खोलेर सेलिब्रेट त गरम 

क्रान्ति स्तर को चुनाव 

देशको इतिहासको कुनै पनि 

क्रांतिभन्दा अग्लो यो चुनाव 

अलि सेलिब्रेट त गरम 

जेन जी क्रान्ति ले फहराएको 

नेपाल को झण्डा 

प्रत्येक महादेश मा 

जेन जी क्रान्ति को 

दोस्रो अध्याय यो चुनाव 

अलि सेलिब्रेट त गरम 

दुनिया को प्रत्येक 

देश मा 

नेपाल को झण्डा 

फहराउने 

नेपाल लाई 

विश्व गुरु बनाउने 

यो चुनाव 

अलि सेलिब्रेट त गरम 





No comments: