Showing posts with label Harka Rai. Show all posts
Showing posts with label Harka Rai. Show all posts

Saturday, August 13, 2022

बालेन ले देखाएको बाटो

फोहर उठेको छैन। उठ्न थालेको छ। व्यापक प्रयास भएको छ। तर बालेन को टीम लाई फोहर मा अल्झाएर राख्ने सुनियोजित दुष्प्रयास नै भैराखेको छ। सन २००५ मा देश माथि राजा शासन लादने शेर बहादुर देउबा (नामै देशडुबा) सन २०२५ सम्म मा देश माथि जसरी पनि राणा शासन लादिछोड्ने प्रण गरेर बसेका छन। आरजु राणा को पैरेलल सरकार ले बालेन को टीम लाई फोहरमैला मा व्यस्त राख्ने निर्णय गरेको छ। प्रदेश र केन्द्र सरकार ले व्यापक असहयोग गरेको छ। होइन भने त्यो जाबो फोहर। एउटा परिवार ले आफ्नो घर आँगन को गोबर सोतरेको आफ्नो आँखा ले देखेको छु। 

गल्फ जानसक्ने, गल्फ बाट बाकसमा फर्किन पनि सक्ने तर ती बाकस व्यापारी हरु विरुद्ध चुनावी उम्मेदवारी दिन नसक्ने? नया पुस्ता ले चुनावी क्रान्ति गर्नुपर्ने भएको छ। चुनाव जित्न खर्च लाग्ने होइन रहेछ। बालेन ले देखाएको बाटो। नेतृत्व भनेको अरुले लगाइदिने पगरी होइन। आफैँ अगाडि आउन सक्नुपर्छ। लिन सक्नुपर्छ। 

चुनावी क्रान्ति भनेको देउबा-प्रचण्ड को पौने चार दलीय गठबंधन, ओली को सवादलीय गठबन्धन सबैलाई बढारेर फाल्ने किसिम को हुनुपर्छ। संसद को दुई तिहाई ले देशको समस्त न्यायधीश हरु लाई एकै पटक हटाएर मेरिट का आधारमा त्यसै मध्ये केही लाई पुनर्नियुक्ति गर्ने किसिम को हुनुपर्छ। होइन भने माओवादी ले नियुक्त गरेको न्यायधीश ले रेशम लाई जेल मा हाल्छ। थारू ले माओवादी बाहेक अरुलाई भोट दिने जुर्रत? 

सरकारी सेवा डिजिटल बनाएर देशका दुई तिहाई कर्मचारी लाई अवकाश दिने किसिमको चुनावी क्रान्ति चाहिएको छ। सशस्त्र लाई घर पठाउने किनभने गृहयुद्ध त सकियो। सेना लाई डाउनसाइज़ गर्ने। 

नया पुस्ता शहीद हुनु जरूरी छैन। नया पुस्ता सड़क मा आउनु जरूरी छैन। नया पुस्ता ले नेपाल बन्द गर्नु जरूरी छैन। तर नया पुस्ता ले चुनावी क्रान्ति भने गर्ने पर्ने भएको छ। देशलाई यो चुनावी क्रान्ति को यति सारहो जरूरत छ कि देशले १० वटा राष्ट्रिय पार्टी खड़ा गरिदिन सक्दछ। जाबो तीन लाख भोट बटुले राष्ट्रिय पार्टी बन्ने हो। 









Monday, July 11, 2022

गगन थापा, रवि लामिछाने, राधा पोखरेल, बालेन शाह, हर्क राई: देश को राजनीति ले कोल्टे फेर्ने लक्षण

गगन थापा, गनगन थापा, गर्जन थापा 

कांग्रेस का अर्का महामंत्री विश्व ले गगन प्रधान मंत्री बन्न चाहे म समर्थन गर्छु भन्नु ले ठुलो अर्थ राख्छ। प्रचण्ड र देउबा पत्नी ले आलोपालो प्रधान मंत्री बन्ने हल्ला चलेको बेला आ नेपाली जनता वासी भात खा को संकेत दिन्छ। स्थानीय चुनाव मा कांग्रेस ले राम्रो परिणाम ल्यायो। शेखर गुट ले प्रयाप्त मात्रा मा टिकट पाउने संघर्ष देखि लिएर संसदीय दलको नेता मा उम्मेदवारी दिने हिम्मत देखाउने सम्म को लामो बाटो हो। तर अरु कुनै प्रमुख पार्टी मा त्यस्तो पुस्ता हस्तांतरण को कुनै संकेत नदेखिएको बेला गगन को चहलपहल ले राम्रो संकेत दिएको छ। 

रवि लामिछाने को नया पार्टी 

रवि लामिछाने अर्को रविन्द्र मिश्र होइन भनेर कसरी थाहा पाउने? रविन्द्र मिश्र को भन्दा राम्रो स्टेज प्रेज़ेन्स छ लामिछाने को। नेपाल मा टीवी कार्यक्रम चलाएर बसेको हो। रवि लामिछाने लाई मैले पहिलो पटक देखेको न्यु यॉर्क को जैक्सन हाइट्स मा सड़क मा। धेरै पहिले। मलाई अत्तोपत्तो थिएन को मान्छे भनेर। त्यसै गरी धमला लाई माधव नेपाल प्रधान मंत्री भएर न्यु यॉर्क आएको बेला होटल लॉबी मा भेटेको। अत्तोपत्तो थिएन को मान्छे भनेर। नेपाली अनुहार देखेर हात मिलाएँ। 

भ्रष्टाचार को मुद्दा मा लेजर फोकस गर्ने भो भने रवि लामिछाने को संभावना नभएको होइन। 

राधा पोखरेल 

महिला बालेन शाह को संज्ञा पाएकी राधा जी। शेयर बाजार मा काम गरिरहेकी। उदहारण नै हो। 

बालेन शाह, हर्क राई

सालिक बनाउने कुरा नराम्रो होइन। तर यम बुद्ध का फैन हरुले आफै क्राउडफंडिंग गरेर किन नबनाउने? 



Tuesday, May 24, 2022

Harka Rai, Balen Shah, Lauro

ललितपुरमा सीके राउतको ‘लाउड स्पिकर’ लाई १५ भोट ! जसले १०० भोट कटाउन सकेनन्
महानगरपालिकाको सार्वजनिक जग्गा हडप्नेमाथि डोजर चल्छ : महानगर प्रमुख सिंह
बारामा एमाले सबैभन्दा ठूलो दल

धरानका नवनिर्वाचित मेयरसँग अन्तरवार्ता : एक्कासि भलबाढी आएको होइन खानेपानीको समाधान नभएसम्म म प्रायः फिल्डमै हुन्छु, अफिसमा बस्दिनँ : राई ....... राई धरानमा २०७६ सालमा भएको उपनिर्वाचनमा चुनाव चिह्न पानीको बोतल लिएर उठेका थिए । त्यसबेला उनले ४२२ मत पाउँदा विजयी बनेका काँग्रेसका तिलक राईले २६ हजार ७ सय ९ मत ल्याएका थिए । ......... आफूलाई कम भोट आएको भन्दै निराश नभइ खानेपानीको अभावमा आक्रान्त धरानमा सोही एजेण्डा लिएर अगाडि बढेका राईले यस पटकको निर्वाचनमा पनि स्वतन्त्र उम्मेदवारी दिए । चुनाव चिह्न धाराको टुटी लिन चाहेका उनलाई दलहरुले अर्कै व्यक्तिलाई स्वतन्त्र उठाएर त्यो चिन्ह हडपे । त्यसपछि लौरो चुनाव चिह्न छानेर चुनावमा होमिएका उनै राईले यस पटक ठूला पार्टी तथा गठबन्धनलाई चक्मा दिँदै प्रमुख पदमा बाजी मारे । ........ उनी २० हजार ८ सय २१ मत ल्याएर विजयी बनेका हुन् । २०३९ सालमा खोटाङमा जन्मिएका राई लाहुरेका छोरा हुन् । धरानकै महेन्द्र क्याम्पसबाट स्नातक तहसम्म अध्ययन गरेका उनले वैदेशिक रोजगारको शिलशिलामा लामो समय इराक र अफगानिस्तानमा बिताएका थिए । खानेपानी अभावले चैत–वैशाखमा काकाकुल जस्तै बन्ने धरान ......... म उहाँहरु सबैसँग सहकार्य र समन्वय गरेर जानेछु । म एक्लैले मेरो खुसी गर्न सक्दिन र हुँदैन पनि । त्यसकारण हामी सबै सहकार्य गरेर अगाडि बढ्नेछौं । खानेपानी मेरो पहिलो प्राथमिकता हो । खानेपानीको समाधान नभएसम्म म प्रायः फिल्डमै हुन्छु, अफिसमा बस्दिनँ । खानेपानीको समस्या भनेको प्राकृतिक पनि छ, कृतिम पनि छ । विगतमा हामीले ट्यांकरबाट पानी बाँडेको देखेका छौँ । सबै चुहावट र वितरणमा अनियमितता रोक्ने मेरो पहिलो काम हो । .......... हामीले १० वर्ष पहिलेदेखि नै खानेपानी, स्वास्थ्य, शिक्षा, बाटोघाटो लगायतका जतिपनि मानिसको जीवनसँग जोडिएका विषय छन् ती सेवा सुविधाका विषयलाई नै अभियानको रुपमा लिएर आएका थियौं । त्यसले गर्दा मैले धरानमा आफ्नो परिचय दिइराख्नु आवश्यक नै परेन । म कहिँकतै नपुगेको ठाउँमा जाँदा पनि मलाई चिन्नुहुन्छ भनेर सोध्दा तपाईंलाई नचिन्ने को छ होला र भन्ने प्रतिक्रिया आउँथ्यो । यसपालि चुनाव कसले जित्छ ? भनेर फेसबुकमा समर्थकहरुले बनाएको पोलमा मलाई ५÷६ हजार मत आउँदा अन्य उम्मेदवारलाई दुई तीन सय आउँथ्यो । त्यतिबेलैदेखि मैले नै चुनाव जित्छु जस्तो अड्कल थियो । ........ पानीको लागि लडेको करिब १० वर्ष भयो । खानेपानीको मुख्य मुद्दा नै हाम्रो मुख्य मुद्दा हो । जुन मुद्दा लिएर म जनतासामु परिचित पनि भएँ ........ मैले जहिले धराने जनताको धाराभरी पानी दिन सक्छु, जुन दिन बीपी अस्पताल सुधार गर्न सक्छु, जुन दिन सूचनाको हक र अभिव्यक्तिको स्वतन्त्रता दिन सक्छु त्यो दिन मात्रै आफूलाई सफल भएको ठान्नेछु । आजको दिनलाई एउटा सामान्य र औपचारिकताको रुपमा नै मैले लिएको छु । ​ .......... जुनसुकै पार्टी होस् वा स्वतन्त्र होस् हामी सबै मिलेर धरानको समस्यालाई समाधान गर्नेछौँँ । सेवा सुविधा चुस्तदुरुस्त गर्ने काममा लाग्नेछौँ । ....... संघ र प्रदेश सरकारबाट सहयोगको बलियो अपेक्षा छ । सहयोग नभए त सरकारको औचित्य नै सकियो नि । मैले एक भोट लिएर जितेको होइन । सार्वभौम धराने जनताले प्रतिस्पर्धीहरुमध्ये पहिलो मत लिएर जितेको मान्छे हो । म त्यहाँ गइसकेपछि स्थानीय सरकारको प्रमुख बन्ने हो । अनि स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारको समन्वय भएन भने सरकारको औचित्य कहाँ रह्यो त ? त्यसले गर्दा पार्टी नै चाहिन्छ भन्ने छैन । सार्वभौम धराने जनताको अभिमत लिएर म जाने हो । .......... धरानको स्थानीय सरकारमा पनि विभिन्न पार्टीबाट आउनु भएका साथीहरुलाई म मिलाएर लैजान्छु । यहाँ कुनै कुस्ती पर्दैन । ......... मलाई मुद्दा लगाएर थुनामा पनि राखेका छन् । सबै कुरा अहिले ननिकालौँ । किनभने म एउटा नगर प्रमुख पदमा पुगिसकेको छु । डिटेलमा जाँदा नराम्रो होला । ......... .... उहाँहरुले गरेको दुर्व्यवहार नै मेरो सफलताको आधार बन्यो । उहाँहरुले त्यो नगरिदिएको भए यो स्थानमा अहिले आउन सक्दिन थिएँ । म सामान्य भोटरको रुपमा रहेको मानिस एउटा बिना पार्टीको संघर्ष गरेर यहाँसम्म आइपुग्नुमा उहाँहरुले मलाई गरेको दुर्व्यवहार, आलोचना, विरोध नै मेरो सफलताको सूचक बन्न पुगेका छन् । उहाँहरुप्रति पनि म आभारी छु ।

मलाई अझै विरोध गर्नुभयो भने अझै माथिल्लो ठाउँमा पुग्छु कि ?

............. मैले फेसबुकको सहारा लिएको हुँ । म फेसबुक अधिकतम प्रयोगकर्ता हुँ । मेरो फेसबुकमा मात्रै ८० हजार मानिसले फलो गरेका छन् । मैले त्यही फेसबुकबाटै देश विदेशमा रहनेहरूलाई मैले राम्रो काम गरिरहेको छु भन्ने लाग्छ भने मेरो लागि आफन्त, इष्टमित्रलाई भोट मागि दिनुहोस् मेरो चुनाव चिन्ह लौरो छ भनेको थिएँ । फेसबुकबाटै घरघरमा पुग्न भ्याउँदिन, समय छैन, चुनावको क्याम्पेन गरिदिन भनेर आग्रह गरिरहेको थिएँ । उहाँहरुले राम्रै क्याम्पेन गरिरहनु भएको रहेछ । मलाई साइलेन्ट सपोर्ट गर्नेहरु धेरै हुनुहुँदो रहेछ । त्यही कारण मैले यो सफलता हात पारेँ ।




बालेन कसरी भए ‘बबाल उम्मेदवार’ ? काठमाडौं महानगरको मेयरमा आफ्नो उम्मेदवारी दर्ता गर्ने दौरानमा एमाले नेता केशव स्थापितले हुँकार शैलीमा भनेका थिए, ‘द गेम इज ओभर’ म निर्वाचित भैसकें तर प्रक्रिया पुर्याउन मात्र निर्वाचन गर्नुपर्ने बाध्यता छ । आफ्नो जितमा ढुक्क र ओभर कन्फीडेन्ट थिए उनी । ........ अन्य देशमा कलाकारहरुले राजनीतिमा पनि शिखर चुमेको भएता पनि नेपालमा हालसम्म कुनै पनि कलाकारले राजनीतिको शिखर चुम्न सकेका छैनन् । ....... राजनीतिमा त्यति चर्चा नकमाएका बालेन एकाएक कसरी चर्चामा आए भन्ने प्रश्न सर्वत्र छ ....... राज्यले १५ वर्ष सम्मलाई बालक,१५ देखि ४० वर्ष सम्मलाई युवा र ४० वर्ष भन्दा माथिलाई वयस्क भनेको छ । उनी ३१ वर्षे आकर्षक युवा हुन् र उनको व्यक्तित्वले जनमानसमा सकारात्मक उर्जा प्रवाह गरेको हुनाले नै उनी चर्चित हुन सहयोग पुगेको छ । ....... वर्तमान सन्दर्भमा हाम्रा कतिपय उच्च ओहोदामा विराजमान भएका र भैसकेका राजनैतिक व्यक्तिहरु उच्चस्तरको शैक्षिक योग्यता नभएका व्यक्तिहरु पनि छन् । ........ जोसुकैले शिक्षा आर्जन गर्न सक्छ तर जो सुकै कलाकार हुन सक्दैन । कलाकार हुन केही विशेष प्रतिभा हुनु आवश्यक छ । कलाकारिता एक थप योग्यता हो । उनी आफै र्‍याप गीत रचना गर्ने,गाउने,कम्पोज गर्ने,भिडियो बनाउन स्क्रिप्ट लेख्ने र निर्देशन दिने भएकोले उक्त योग्यता उनको थप निधि हो । कलाकार रचनात्मक हुन्छ र नयाँ नयाँ कुराको कल्पना गर्छ,जसले समाजमा केही योगदान गर्दछ । ........ अवधारणा बुझेको,राम्रो भाषा शैली र आत्मभरोसा भएको व्यक्तिले मात्र आफूलाई लागेका कुराहरु र आफूले गर्न चाहेको कुरा जनमानसमा राख्न सक्छ र प्रभाव पार्न सक्दछ । साथै विकसित परिस्थितिको विश्लेषण गरी सोहीअनुरुप आफ्नो पक्षमा व्याख्या गर्न सक्नेले धेरै व्यक्तिलाई आकर्षित र प्रभावित पर्न सक्दछ । बालेनमा पनि उक्त गुण रहेको छ । ......... मेयरका उम्मेदवारहरू सम्मिलित कुनै अन्तर्वार्तामा सबै उम्मेदवारहरूले आआफ्नो उम्मेदवारीको पैरवी गरिरहँदा बालेनले आफू सबै उम्मेदवारको उत्कृष्ट गुणहरुको सम्मिश्रण हो भनेका छन् । स्थापित भनेको इन्जिनियर लाई दिएको पारम्परिक उपाधि हो । त्यसैले म केशव स्थापितको इन्जिनियरको गुण भएको,मदनदास जस्तो कलाकारको गुण भएको,कुनै युवा उम्मेदवार जस्तो युवा भएको,धेरै गुणले सम्पन्न उम्मेदवार भएकाले म आफैमा उम्मेदवारको ‘कम्बोप्याक’ हो । त्यसैले मतदाताको पहिलो रोजाई म नै हो भनी आफ्नो दावेदारी अरुको भन्दा दह्रो भएको तर्क पेश गरेका थिए । ..........

बालेनले कसैलाई घोचपेच र व्यंग्य नगरी आफ्नो दृष्टिकोण राखेका छन् । कसैको आफूप्रति लक्षित घोचपेचमा समेत संयमित टिप्पणी गरेर सकारात्मकताको सञ्चार गरेका छन् । साथै कसैले राम्रो काम गरेको छ भने प्रशंसा समेत गरेका छन् ।

........ बालेनले भने अनुसार उनले मेयरको उम्मेदवारी कुनै लहडको भरमा बिना तयारी दिएका थिएनन् । काठमाडौँ महानगरको मेयरको उम्मेदवार हुन पाँच वर्षको अध्ययन र तयारी गरेका छन्,जुन उनको हरेक प्रस्तुतिमा स्पष्ट हेर्न र अनुभव गर्न सकिन्छ । उनले तयारीको क्रममा देशव्यापी भ्रमण गरेका छन् । विभिन्न पालिकाहरुको भ्रमण गरी अध्ययन गरेका छन् र विभिन्न विज्ञ व्यक्तिहरुको सल्लाह लिएका छन् । ........ बालेनले आफ्नो दाह्री र चस्मालाई नै आफ्नो पहिचान बनाएका छन् । बजारमा बालेनले लगाउने चस्माको माग बढ्नु र बालेनको जस्तै दाह्री पाल्ने चाहना युवाहरु बढ्नुले पनि बालेनको व्यक्तित्व र पहिचान प्रतिको आकर्षण दर्शाउँछ । ............ चालिस वर्ष कटेको पुस्ता भन्दा चालिस नकटेको पुस्ता सूचना प्रविधिको प्रयोगमा बढी दक्ष रहेको छ । त्यो भन्दा पनि नवयुवा पुस्ता अझै पोख्त र परिष्कृत रहेको यथार्थमा बालेनले बुवा पुस्ताका आफ्ना प्रतिस्पर्धी उम्मेदवारहरु भन्दा निश्चित रुपमा सूचना प्रविधिको राम्रो उपयोग गरे । ......... नेपालमा विद्यमान सबै राष्ट्रिय राजनैतिक पार्टीहरु कुनै न कुनै कालखण्डमा सरकारमा सहभागी भैसकेका छन् र परीक्षण हुन बाँकी शक्तिहरु छैनन् भन्दा पनि हुन्छ । ........ पार्टीहरुले योग्यता भन्दा पनि उम्मेदवारको ढुंगामुढा गर्ने क्षमता,हुल हुज्जत गर्ने क्षमता,अन्धभक्ति गर्ने प्रबृत्ति आदिलाई प्राथमिकता दिएको कारण नै बालेनको लागि शुभ संकेत ठहरियो । ......... चर्चित र्यापर भएको कारण बालेन सञ्चार जगतका लागि नौलो नाम थिएन । उनले आफ्नो उम्मेदवारी घोषणा गर्नासाथ नाम चलेका मिडिया हाउसहरुले प्रोमोट गरिदिए । राम्रो तयारीका साथ प्रस्तुत भएका बालेनले उक्त मौकालाई राम्रै ‘क्यास’ गरे । र,माहौल आफ्नो पक्षमा पार्न सफल भए । बालेनको चर्चालाई केशव स्थापितले नकारात्मक टिप्पणी गरेर अझै उचाइमा पुर्याईदिए ।

हात हातमा स्मार्ट फोन बोक्ने आजका सचेत स्मार्ट युवाहरु आफ्नो र्यापर आइकोनलाई राजनीतिमा स्वागत गर्न तत्पर रहे । आफै पनि बालेनको प्रचार प्रसारमा होमिए ।

............ नेपालमा जसले भारतको विरोध गर्छ,उसलाई राष्ट्रवादीको बिल्ला भिराइन्छ । माओवादीले पनि चर्चित हुन भारतविरुद्ध सुरुङ युद्ध घोषणा गरेकै हो । भारतको विरोध गरेकै कारणले मात्र पूर्व प्रधानमन्त्री केपी ओली टिमलाई राष्ट्रवादी नेता भनी विगतको चुनावमा नेपाली जनताले अधिक मतले जिताएको हो ......... स्वतन्त्र व्यक्तिले सम्पूर्ण देश सञ्चालन गर्न सक्दैन । तर विद्यमान संरचनाको सहयोगले कुनै नगर वा महानगर संचालन गर्न सकिन्छ,यसमा कुनै दुई राय हुन सक्दैन । ........ अबका युवाहरु पिछलग्गु,झोले बन्न रुचाउँदैनन् । तिनले प्रतिस्पर्धी र स्पष्ट दृष्टि भएको सेवक चाहन्छन् ....... बालेन तराई मधेस मुलको समुदायबाट प्रतिनिधित्व गर्दै काठमाडौं महानगरको मेयर भएमा काठमाडौंको समाज उपत्यका बाहिरबाट आउने मान्छेप्रति बढी उदार रहेको र दुई दशक अगाडिको अनुदार समाजभन्दा बढी प्रगतिशील सहिष्णु र नेवारी समुदायबाट मात्र नेतृत्व गर्नुपर्छ भन्ने मानसिकताबाट मुक्त भई योग्य र प्रतिस्पर्धी व्यक्तिले नै नेतृत्व गर्नुपर्छ भन्नेतर्फ अग्रसर रहेको प्रष्ट भएको छ । राजधानीवासी जनता जातभातबाट माथि उठेर मधेसी समुदायले उचित सम्मान पाउनुपर्छ भन्नेतर्फ पनि सचेत रहेको संकेत गरेको छ । ....... पार्टीगत राजनीतिको भुमरी ....... संस्कार र प्रशिक्षणमा दीक्षित तिनै पार्टीका कार्यकर्ताहरुले पार्टीको स्वार्थभन्दा माथि उठेर सहयोग गर्लान् भन्ने विश्वास लिन गाह्रो पर्छ । तैपनि बालेनले भने सरह हरेक बैठक र सभाका निर्णयहरुलाई पारदर्शी ढंगले कार्यान्वयन गर्न थप सजग र सचेत हुनु जरुरी छ ।