Sunday, August 29, 2021

अर्को संसद सम्म को अंकगणित




पछिल्लो संसद को, अर्थात अहिले को संसद, पछिल्लो चुनाव। 

जम्मा मतदाता: दर्ता भएका डेढ़ करोड़, भोट खसाल्ने १ करोड़। 

एमाले ३१ लाख (१२१ सीट), कांग्रेस ३१ लाख (६३ सीट) , माओ १३ लाख (५३ सीट), राजपा ५ लाख (१७ सीट), सपा ५ लाख (१६ सीट)।  

३१ लाख भोट एमाले को पनि, कांग्रेस को पनि तर एमाले को १२१ सीट, कांग्रेस को त्यसको आधा। चुनावी गठबंधन बनाउने ले जित्छ भन्ने देखियो। त्यो कुरा प्रचंड ले बुझेका छन। ओली ले बिर्सेको देखियो। 

माधव ले कति भोट लगे? २५% लगे मानौं। २५ देखि ३० प्रतिशत। आठ लाख लगे भनौं। एक्लै लड़े त सोझै सफाया। जीरो सीट जित्ने हो। प्रचंड सँग पार्टी एकीकरण गरे कार्यकर्ता नआउने तल तल। त्यस कारण ले माधव र प्रचंड को चुनावी गठबंधन हुने देखिन्छ। होइन भने दुबै सफाया। तर माधव ले २५% भोट लगेर ओली लाई २५% सीट को मात्र फरक पर्ने होइन। सीट ह्वात्तै आधा भन्दा बढ़ी घट्ने हुन्छ। अर्थात ५० सीट तिर पुग्ने देखिन्छ। तर ५० ले त सरकार बन्दैन। 

उपेन्द्र लाई पार्टी एकीकरण को दबाब रहने छ। पार्टी एकीकरण गर्यो कि उपेंद्र सकिए। चुनावी गठबंधन गर्ने तीव्र इच्छा छ। चुनावी गठबंधन गरे कमसेकम लोसपा लाई तह लगाउन सकिन्छ भन्ने छ। त्यो चुनावी गठबंधन मा कांग्रेस पनि रहोस भन्ने तीव्र इच्छा हो प्रचंड र उपेंद्र को। तर कांग्रेस लाई लाग्छ अरे बाबा, तिमी सँग चुनावी गठबंधन नै गर्नु थियो भने तिम्रो पार्टी किन फुटाउनु परेको हामीले? 

भने पछि प्रचंड, माधव र उपेंद्र मात्र बाँकी रहने हुन्छ। तीन जना को नै बेस को आकार व्यापक घटेको छ। तर त्यो घटेर पनि प्रचंड र माधव ३% मुनि पुगेका छैनन। उपेंद्र यादव को चुनाव पछि थाहा हुन्छ। अर्थात न पार्टी एकीकरण गरेर फाइदा छ, न चुनावी गठबंधन गरेर फाइदा छ। एक्लै लड्ने त क्षमता नै छैन ।

चुनावी गठबंधन गर्दा देश भरि एक तिहाई सीट दिने हो भने अलि अलि भर हुन्छ। तर पार्टी एकीकरण नगरेको झोंक मा प्रचंड ले माधव ४०, माओ ४०,  उपेंद्र २० भन्न सक्छन। अनि त राष्ट्रिय पार्टी स्टेटस गायब हुने ठोकुवा नै हुन्छ। 

कांग्रेस यति सारहो विचारशुन्य छ कि जो सुकै जति सुकै फुटे पनि कांग्रेस लाई खासै फाइदा हुने देखिँदैन। एक्लै चुनाव लड्छु भनेको दम्भ भन्दा पनि विचारशून्यता र अनुशाषणहीनता हो। एक्लै लड्ने, २५ लाख बटुल्ने, भएको ६० सीट बाट ४० मुनि पुग्ने। 

लोसपा एक्लै लड़दा खाता नखुल्न पनि सक्छ। 

जसपा, लोसपा र नेसपा पार्टी एकीकरण नभएको अवस्था मा त सत्ता त दुर को कुरा कुनै पनि पक्ष का लागि चुनावी गठबंधन लायक पनि रहँदैन। ओली ले लोसपा सँग चुनावी गठबंधन गर्नु भन्दा उ हेर मैले मधेसी पार्टी फोड़दिये भन्नु मा बढ़ी भोट पाउने बाटो देख्न सक्छन। 

अर्थात बुढ़ा हरु थाके। जस्तो सुकै चुनावी गठबंधन गर्दा अथवा नगर्दा पनि कसैले पनि बहुमत पुर्याउन सक्ने देखिँदैन। 

प्रचंड १३ लाख बाट १० लाख मुनि, माधव ले बढ़ी भए पाँच लाख भोट, ओली १२१ सीट बाट २१ सीट तिर पुग्न बेर लाउँदैन। देउबा त महाधिवेशन हार्ने पात्र। कांग्रेस को पहिले प्रत्यक्ष मा सीट ह्वात्त घट्यो, अब समानुपातिक मा पनि वह्वात्त घट्ने हुन्छ। 

जनमत पार्टी ले तीन मुद्दा सकेसम्म कस्सिएर समातदा त्यो अवस्था आउने हो। २५-३० लाख त नया मतदाता पनि थपिए होलान। त्यो त शत प्रतिशत नै जनमत ले क्लेम गर्न सक्नुपर्छ। 

२५-३० लाख नया मतदाता, १०-१५ लाख पहिला भोट खसाल्न नगयेका हरु। अरु पार्टी को मतदाता छिन्नु नै पर्दैन। त्यति ले १५० सीट जित्ने देखिन्छ। 

अरु सबै बुढ़ा पार्टी हरु चुनावी गठबंधन नगरे स्वाहा। जनमत पार्टी चाहिं चुनावी गठबंधन गरे स्वाहा। त्यो अवस्था छ। 

५० लाख भोट का आधार मा १५० सीट जित्ने बाटो खुला छ जनमत पार्टी का लागि। 






No comments: