Saturday, August 14, 2021

लिपुलेक र लिम्पियाधुरा को वास्तविकता



लिपुलेक र लिम्पियाधुरा लाई आज नेपाल मा राष्ट्रियता को मेरुदंड बनाउने प्रयास भोको मान्छे ले रुख को बोक्रा खाए जस्तो हो। नेपाल मा राष्ट्रियता निर्माण गर्न बाँकी कुरा हो। जसरी पुर्व पश्चिम रेल बनिसकेको छैन त्यसै गरी सबै नेपाली लाई समेट्ने राष्ट्रियता नेपाल मा बनेकै छैन। 

लिपुलेक र लिम्पियाधुरा नेपाल ले आफ्नो भनेको ब्रिटेन ले फ़ॉकलैंड आइलैंड आफ्नो भने जस्तो हो। पृथ्वी नारायण शाह ले मधेस माथि लादेको आंतरिक उपनिवेश आज सम्म कायम छ। पृथ्वी को छोरा बहादुर शाह ले कुमाव गढ़वाल माथि लादेको उपनिवेश यति सारहो क्रुर थियो कि आज सम्म त्यहाँ किंवदंती छ। भारत माथि शासन गर्ने कुनै पनि बाहिरी शक्ति ले नगरेको ज्यादती नेपाल ले कुमाव गढ़वाल माथि गरेको हो। गोर्खाली असभ्यता को प्रमाण को रुपमा छन ती किंवदंती हरु। 

नेपाल ले माफ़ी माग्नुपर्छ कुमाव गढ़वाल सँग। आज। त्यो यथार्थ हो। 

लिपुलेक र लिम्पियाधुरा लाई आज नेपाल मा राष्ट्रियता को मेरुदंड बनाउने प्रयास मुर्खता पनि हो। हिजो को कुमाव गढ़वाल आज को उत्तराखंड हो। उत्तराखंड भारत को एक राज्य हो। भारत विश्वशक्ति राष्ट्र हो। उत्तराखंड को एक जना मान्छे आज भारत को सबैभन्दा ठुलो राज्य उत्तर प्रदेश को मुख्य मंत्री हो। 

अमेरिकी गृह युद्ध ताका एक समय अब्राहम लिंकन ले भनेको गोरा हरु ले काला हरु माथि गरेको ज्यादती को मुल्य आज गोरा हरुले रगत मा चुकाउँदैछन। आज उत्तराखंड को एक जना नेपाल को प्रधान मंत्री छ। त्यस लाई ईश्वरीय न्याय को रुपमा लिन सकिन्छ। 

 

No comments: