Thursday, August 26, 2021

२०१७ साल को कांग्रेस भित्र को व्यापक गुटगत राजनीति



दुई दिनभित्र १० बुँदे कार्यान्वयन नभए एमालेमा अर्को विद्रोह  महाराजगञ्जस्थित एरिकल इभेन्ट्स होटलमा भएको छलफलमा माधव नेपाल समूहमा रहेका तर, उनको नयाँ पार्टी नेकपा एकीकृत समाजवादीमा नगएका केन्द्रीय सदस्य र सांसद गरी ५७ जना सहभागी भएका थिए ।  ....... बैठकले दुई दिनभित्र २७ असारमा भएको १०बुँदे अक्षरशः कार्यान्वयन गर्न पार्टी अध्यक्ष ओलीलाई आग्रह गरेको छ । ‘१० बुँदेसँगै सहायक डकुमेन्टका रुपमा माइन्युट गरिएको छ, त्यसअनुसार तत्काल २ जेठ २०७५ को स्थायी कमिटी बोलाउनुपर्छ,’ एक नेता भन्छन्, ‘स्थायी कमिटीले १० बुँदे अनुमोदन गरेपछि माओवादी केन्द्रबाट आएका र १० बुँदेमा अनुसार १० प्रतिशत केन्द्रीय सदस्यहरु थप गरेर केन्द्रीय कमिटीको कहिले बोलाउने हो, मिति तोकियोस् ।’

तेस्रो धार : न विभाजन रोक्न सक्यो न शक्तिशाली सम्झौता  बुधबार आयोजित पत्रकार सम्मेलनमा सधैंझैं ओलीको प्रस्तुतिले उही सन्देश दिइरहेको थियो । त्यो हो- ‘म हिजो पनि ठीक थिएँ, आज पनि ठीक छु । सुध्रनुछ भने अरू साथीहरू सुध्रिऊन् ।’ ...... एमाले कुनै सैद्धान्तिक/वैचारिक मतभेदका कारण विभाजित भएको होइन । एमालेभित्रको पछिल्लो राजनीतिक भागदौडमा सिद्धान्त, विचार र एजेन्डाको केही छनक देखिएन । यो अँध्यारोमा ज्यान र स्वार्थ जोगाउन चाहनेहरूको भागदौड जस्तै रोचक देखियो । ....... यस्तो अवस्थामा पनि एमालेमा दोस्रो पुस्ताका नेताहरूले ओलीसँग ‘आत्मसमर्पण’ गर्नुको कारण ओली मन परेर होइन । एमाले भन्ने ब्रान्ड र सूर्य चिन्हसँगको आशक्ति हो । न ओली सच्चिएका छन् न उनी सच्चिन्छन् । ओली नजिकका नेताहरूको अभिव्यक्ति सुन्दा यो आशंका थप बलियो हुन्छ । पार्टीभित्र ‘तेस्रो धार’ निर्माणमा कस्सिएका दोस्रो पुस्ताका नेताहरू नयाँ निर्णय गर्न सक्ने क्षमता गुमाएर गएका आफ्ना सबै वाणीहरू बिर्सिएर मूल प्रवाहमै मिसिएका हुन् । ......... ‘राजनीतिमा जब मानिससँग भविष्यका लागि एजेन्डा हुँदैन तब उसले इतिहास बेचेर खाने हो । चुनाव चिन्ह र ब्रान्ड बेचेर टिक्ने हो । टिक्ने र इतिहासको ब्याज खाने उहाँहरूको रुचिको आलोचना गरेर समय बर्बाद गर्नुहुँदैन ।’  ...... उनीहरूको हैसियत त्यस्तै रहनेछ जस्तो हैसियत बुधबारको पत्रकार सम्मेलनमा सोफाहरूको छेउमा फलामे कुर्सीमा बादल बसिरहेका देखिन्थे । बादल तिनै नेता हुन् जसले एमाले छिर्दा दोस्रो वरियताको माग गरिरहेका थिए ।  .......... आन्तरिक लोकतन्त्रबिनाको नेतृत्वको कार्यशैलीले नोकरशाही केन्द्रीयता जन्माउँछ, निरंकुशता जन्माउँछ र यसले अन्ततः जन्माउँछ-अराजकता । ........ जसपा नेता तथा लेखक डम्बर खतिवडा भन्छन्, ‘गणेशमान-किशुनजीले नेपाली कांग्रेस छाडेर मर्नु, आन्दोलनका पर्यायझैं बनेका बाबुराम-वैद्यले माओवादी छाड्नु र अहिले माधव-झलनाथ एमाले छाड्न बाध्य हुनु सारमा एउटै घटनाको पुनरावृत्ति हो र त्यसको अर्थ हो- अतिरिक्त शक्तिको सिद्धान्त क्रियाशील हुनु ।’ ........ लेनिनबाट ‘द गोल्डेन ब्वाई अफ रिभोल्युसन’ अर्थात् क्रान्तिको सुनौला केटोको उपनाम पाएका बुखारिनको प्रसङ्ग यतिबेला स्मरणीय हुनसक्छ । ट्राटस्कीलाई एक्ल्याएर स्टालिनलाई शक्तिशाली बनाउन भूमिका खेलेका बुखारिन र स्टालिनले लामो सहकार्य गरे । ....... जब सत्ता र शक्तिको लडाईं सुरु हुन थाल्यो- बुखारिन स्टालिनबाटै पक्राउ परे । उनले स्टालिनकै जेलबाट आफूलाई नमार्न बिन्ती बिसाउँदै पत्र लेखिरहे । भावशुन्य स्टालिनले बुखारीनलाई बध मैदानमा गोली ठोकेर मार्न लगाए । बुखारिनले स्टालिनको हातबाट म किन मरेँ भनेर थाहा नपाई मर्नुपर्‍यो । ........ आजको युगका केही आशा गरिएका योद्धाले राजनीतिक मृत्युको बाटो रोजे भने त्यो भौतिक मृत्युभन्दा कम भने हुनेछैन ।




No comments: