Sunday, August 08, 2021

Tokyo



यस्ता छन् संयुक्त सरकारका प्राथमिकता, नीति र कार्यक्रम (पूर्णपाठसहित)  
Common Minimum Program 

संकटमा १० राजनीतिक शक्ति पुरानै पार्टी सुध्रन्छन् वा नयाँ विकल्प जन्मन्छ ? जब दलहरु नै भ्रष्ट र प्रदूषित हुन्छन्, त्यसले सिंगै व्यवस्थालाई संकटतर्फ धकेल्छ । अहिले नेपालमा यस्तै भइरहेको छ । संसदीय लोकतन्त्रका महत्वपूर्ण अवयव मानिएका राजनीतिक दलहरु नै आन्तरिक संकटमा फसेका छन् । पथभ्रष्ट बनेका छन् । ............. २०७४ सालको चुनावको तथ्यांक हेर्दा १० वटा पार्टीले देशभरबाट ९ सयभन्दा कम मत ल्याएका थिए । त्यस्तै, अन्य १२ वटा दलले १० हजारभन्दा कम मत पाएका थिए । ........ गत चुनावमा सहभागी ४४ वटा पार्टीमध्ये १० हजारभन्दा बढी मत ल्याउने दलहरु २१ वटा थिए । तीमध्ये पनि ३ प्रतिशत भन्दा बढी भोट ल्याउने दलको संख्या ५ मात्रै थियो, जो नेपालका मुख्य राजनीतिक पार्टीहरु हुन् । .........  २०७४ सालको निर्वाचनमा नेकपा एमालेले सबैभन्दा बढी ३३.२४ प्रतिशत मत पाएको थियो । दोस्रोमा नेपाली काँग्रेसले ३२.७७ प्रतिशत मत पाएको थियो । माओवादी केन्द्रले १३.६७ प्रतिशत मत पाएको थियो । ......... राष्ट्रिय जनता पार्टीले ४.९४ प्रतिशत र संघीय समाजवादी फोरमले ४.९२ प्रतिशत मत पाएको थियो । पछि राजपा र समाजवादीबीच एकता भएर जनता समाजवादी पार्टी बन्यो र उसको कुल मत प्रतिशत ९.८६ प्रतिशत हुन गयो । यसमा नयाँ शक्तिले पाएको ०.८५ प्रतिशत मतसमेत जोड्दा जसपासँग रहेको कुल मत प्रतिशत १०.७१ पुग्छ । ............... विवेकशील साझा पार्टीले गत निर्वाचनमा तीन प्रतिशत मत पाएको थिएन । तर, उसलाई वैकल्पिक  राजनीतिक शक्तिका रुपमा लिनैपर्ने हुन्छ । ...........  एमालेको आन्तरिक संकट यति धेरै गहिरिइसकेको छ कि अब शेरबहादुर देउवाको अलोकप्रियताले मात्रै एमालेको डुंगा बच्न मुस्किल छ । ................. शेरबहादुर देउवा अबको १७ महिनामा बदनाम हुने र त्यसको नकारात्मक असर पार्टीमाथि नै पर्न सक्ने खतरा छ । सरकारमा नगई चुनाबमा जान पाएको भए काँग्रेसलाई जति फाइदा हुन्थ्यो, अब १७ महिना सरकार चलाएर काम गर्न नसकेको दोषसहित चुनावमा जानुपर्यो भने यसबाट काँग्रेसलाई घाटा लाग्न सक्छ ..............  काँग्रेस जब–जब सत्तामा जान्छ, उसको एकता कमजोर हुने र अन्तरविरोध चर्कने गरेको इतिहास छ । ........... आगामी चुनावमा नेपाली काँग्रेस वा एमालेसँग गठबन्धन नगर्ने हो भने माओवादीसँग अहिले रहेको ४९ सीट खुम्चने देखिन्छ । यतिसम्म कि माओवादीको शक्ति जसपाको भन्दा सानो हुने खतरा छ । ........... माओवादीका ठूला नेताहरुले नै चुनाव हार्ने स्थिति छ । समानुपातिकतर्फ माओवादीले पाएको १३ लाख भोट अझै घट्ने सम्भावना छ । ......... मन्त्री कसलाई बनाउने भन्नेबारेमा मात्रै होइन, मन्त्रीको पीए कसलाई बनाउने भन्नेमा पार्टीभित्र लडाइँ चर्कने गरेको छ । ............ माओवादी पार्टी अस्तित्वको चरम संकटमा छ । .......... माओवादीको अवस्था राप्रपा, राष्ट्रिय जनमोर्चा वा मोहन वैद्यको जस्तै हुन सक्छ । .............  जसपा आगामी निर्वाचनमा माओवादी केन्द्र भन्दा ठूलो दल बन्ने सम्भावना पनि थियो । तर, पार्टीभित्र उपेन्द्र यादव पक्ष र महन्थ ठाकुर पक्षबीच मौलाएको झगडाका कारण जसपा ‘पुनः मुसिको भवः’ भन्ने अवस्थामा पुगेको छ । .............. संकटमा परेका माओवादी र जसपा दुबै एकापसमा मिले भने पनि अचम्म नमान्दा हुन्छ । .........  संघीयता र धर्म निरपेक्षताको विरोध राप्रपाको लाइन हो । तर, यो लाइन अहिले विवेकशील साझा पार्टीका रविन्द्र मिश्र र एमालेका महेश बस्नेतहरुले बोक्न थालिसकेका छन् । ....... गत चुनावमा विवेकशील साझा पार्टीले २.२२ प्रतिशत मत पाएको थियो । ......... अन्ततः वैकल्पिक राजनीतिक धारको सम्भावना बोकेको यो पार्टी राप्रपाको नयाँ संस्करण बन्न पुगेको छ । र, आन्तरिक विवादका कारण कार्यकर्ताहरु चरम निराशामा फसेका छन् । ........... पार्टीको मुन्टो पालुवाटामै निमोठिएको छ । ..........  मधेसमा सिके राउतले जनमत पार्टीको संगठन विस्तार गरिरहेका छन्, तर चुनावमा भाग नलिएका कारण राउतको शक्ति परीक्षण हुन सकेको छैन । .......... के हामी बहुदलीय व्यवस्थाबाट क्रमशः दुईदलीय व्यवस्थातर्फ जान थालेका हौं ? काँग्रेस र एमालेको विकल्प उनीहरुमात्रै हुन् या तेस्रो विकल्प पनि सम्भव छ ? अहिले शक्तिमा रहेका काँग्रेस र एमालेलाई जित्ने अर्को दलको अभ्युदय सम्भव छ कि छैन ? अब नेपालमा वैकल्पिक राजनीतिक शक्तिको सम्भावना छ कि पुरानै दलहरुमा सत्ताको चक्र घुमिरहन्छ ? यी प्रश्नहरूमाथि पर्याप्त बहस हुन सकिरहेको छैन । 


टोकियो ओलम्पिकको समापन, अमेरिका पहिलो स्थानमा  टोकियो ओलम्पिकमा सर्वाधिक ३९ स्वर्ण जित्दै अमेरिका पहिलो भयो । उसले ४१ रजत र ३३ कास्यसहित कुल १ सय १३ पदक जित्यो । दोस्रो स्थानको चीनले ३८​ स्वर्ण, ३२ रजत र १८ कास्यसहित कुल ८८ पदक जित्यो । ......  तेस्रो स्थानको आयोजक जापानले २७ स्वर्ण, १४ रजत र १७ कास्यसहित ५८ पदक जित्यो । २२ स्वर्ण, २१ रजत र २२ कास्यसहित कुल ६५ पदक जितेको बेलायत चौथो र २० स्वर्ण, २८ रजत र २३ कास्यसहित कुल ७१ पदक जितेको रुसी ओलम्पिक कमिटी पाँचौ भयो । ओलम्पिक खेल्न रुसमाथि प्रतिबन्ध लगाइएको थियो, त्यहीकारण रुसी ओलम्पिक कमिटी (आरओसी) को ब्यानरमा यो टोली उत्रियो । ओलम्पिकमा अस्ट्रेलियाले छैटौं, नेदरल्यान्डले सातौं, फ्रान्सले आठौं, जर्मनीले नवौं र इटलीले दशौं स्थान हात पारे । .......  टोकियो ओलम्पिकमा अन्तिम दिनसम्म अमेरिका दोस्रोमा थियो । तर, अन्तिम दिन महिला भलिबल र महिला बास्केटबलमा स्वर्ण जितेपछि चीनलाई उछिनेर अमेरिका पहिलो भयो । अमेरिकाले यसअघि लण्डन ओलम्पिक र रियो ओलम्पिकमा पनि शीर्ष स्थान हासिल गरेको थियो । २००८ को बेइजिङ ओलम्पिकमा भने चीनले अमेरिकालाई उछिनेर पहिलो स्थान हासिल गरेको थियो । ..... यो ओलम्पिकमा ९४ देशहरुले कुनै न कुनै पदक जिते, ओलम्पिकको एकै संस्करणमा यति धेरै देशहरुले पदक जितेको यो पहिलो पटक हो । 

उपेन्द्र यादव यसकारण नजान सक्छन् सरकारमा  अब प्रधानमन्त्री हुन आँट गर्नुस्, मधेसको मात्र नेता हैन सिँगै देशको नेता बन्न आँट गर्नुस्, हामी तपाईसँग छौं’– जनता समाजवादी पार्टी नेपालका कार्यकारिणी सदस्य हिसिला यमीले पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई लक्षित गर्दै आफ्नो फेसबुकमा लेखेको कुरा हो यो । ..... प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो क्याबिनेटमा यसपाली उपप्रधानमन्त्री नबनाउने नीति सोच बनाइसकेका छन् । उपप्रधानमन्त्री बनाएको खण्डमा गठबन्धन घटक सबैजसोले उपप्रधानमन्त्रीमा दाबी गर्ने भन्दै देउवाले कसैलाई पनि उपप्रधानमन्त्री नबनाउने नीति लिएको बालुवाटार निकट स्रोत बताउँछ । ........  अध्यक्ष यादव यसअघि उपप्रधानमन्त्री भइसकेका कारणले मन्त्रीका रुपमा मात्र सरकारमा सहभागी नहुने उनी निकट नेताहरु बताउँछन् । ......  जसपाका अध्यक्ष उपेन्द्र यादव सरकारमा नजाने अवस्था सिर्जना भएमा पार्टीका तर्फबाट सरकारमा कसले नेतृत्व गर्ने भन्ने विषयमा पनि लफडा हुने देखिन्छ । जसपा भित्र पार्टीको नेतृत्व गरेर सरकारमा जाने दाउमा राजेन्द्र श्रेष्ठ, महेन्द्र राय यादव, रेणु यादवलगायतका छन् ।

No comments: