Thursday, August 05, 2021

आँशु: भीम रावल को प्रसारण लाइन, राणा प्रधान मंत्री को स्कुल कॉलेज

नेपाल मा प्रति व्यक्ति आय १,००० डॉलर छ। त्यस लाई ह्वात्त ५,००० पुर्याउने एउटा राम्रो तरिका छ, छिमेकी भुटान मा भएको पनि १० वर्ष जति अगाडि। एउटा ठुलो जलविद्युत आयोजना को निर्माण गरेर बिजुली भारत निर्यात गर्ने। तर त्यस का लागि त प्रसारण लाइन चाहिन्छ। होइन भने निर्यात कसरी गर्ने? त्यही प्रसारण लाइन एमसीसी ले अनुदान मा बनाइदिन्छु भन्दैछ। 

तर प्रति व्यक्ति आय ५,००० डॉलर पुग्नु ठुलो समस्या हो। भीम रावल हरु मार्का कम्युनिस्ट हरु का लागि। गरीबी समाप्त हुन्छ। बंद जमेको पोखरी बग्न थाल्यो भने लाम्खुट्टे हरु कहाँ बस्ने? गरीब छन र न कम्युनिस्ट छन। गरीब नै छैनन भने कम्युनिस्ट हरु कहाँ गएर आगो ताप्ने? 

यस पृथ्वी मा भीम रावल छ भन्ने कुरा चीन लाई थाहा छ जस्तो मलाई लाग्दैन। तर भीम रावल लाई लागिरहेको छ उत्तर तिर चीन को ग्रेट वाल ग्रेट वाल, दक्षिण तिर चीन को ग्रेट वाल भीम रावल। यस्तो पनि हो? 

दरबार हाई स्कुल हो कि त्रिचन्द्र कॉलेज हो, बिभिन्न प्रेसर परेर राणा प्रधान मंत्री ले बनाउन त बनाए, उदघाटन गर्न पनि पुगे, तर उदघाटन गरे पछि घवां घवां रुन थाले। अब जनता का छोरा ले पढ्ने भए, बुद्धि पलाउने भयो, राणा शासन समाप्त हुने भो भनेर। 

यो प्रसारण लाइन बन्यो भने नेपाल मा गरीबी समाप्त हुन्छ र कम्युनिस्ट हरु का लागि मुख लुकाउने ठाउँ पनि बाँकी रहँदैन भन्ने चिन्ता हो भीम रावल को। यस्तो पनि? 








No comments: