Saturday, August 14, 2021

रातो पेड़ा



असली ‘जसपा’ हामीसँग छः राजेन्द्र महतो
केपी ओलीले एमालेलाई ‘खरानी’ पार्ने भएः पृथ्वी सुब्बा गुरुङ  ‘हाम्रो मौजुदा बिधानले नै सामुहिक नेत्तृत्व प्रणालीलाई अंगीकार गरेको छ । तर अध्यक्ष ओली उत्तर कोरियाली कम्युनिष्ट पार्टीको प्रमुख जस्तो गरेर अघि बढ्न थालेपछि समस्या देखा परेको हो ।’ सचिब गुरुङ भन्छन् ‘ओलीको त्यस्तो ब्यक्तिबादी कार्यशैलीकै कारण एमालेलाई अपुरणीय क्षति भइसक्यो । अब त पार्टी खरानी हुन मात्र बाँकी छ ।’ ......  ‘आज अध्यक्ष ओलीको अहंकार र एक्लै हिड्ने प्रबृतिका कारण संघ गुम्यो, गण्डकी गुम्यो, लुम्बिनी गुम्यो । अझै अरु गुम्नेवाला छन् ।’ ......  अध्यक्ष ओलीको ब्यक्तिबादी दम्भकै कारण तीन सरकार गुमाई सकियो । यो यतिमै रोकिने देखिएको छैन ।’ एउटा ब्यक्तिको (ओली) कारण पार्टी र आन्दोलनले गम्भीर धक्का खान थालेकाले सबैले सोच्नुपर्ने बेला आएको उनको भनाई छ । ..... ‘आफ्नै पार्टीका अध्यक्ष ओली नेतृत्वको सरकार ढालेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार बनाउन माधब नेपालले भूमिका खेले भनेर आक्रोस पोख्ने मात्र होइन, नेता नेपाललाई ओलीले किन त्यहाँसम्म पु¥याए भनेर सोच्ने हो भने बिबादको समाधान भेटिन्छ ।’

माओवादी, जसपा र माधब नेपालसहितको ‘समाजबादी पार्टी’ घोषणा हुदै ! यसअघि वृहत कम्युनिष्ट मोर्चा वनाउने भन्दै तयारीमा लागेका माओवादी केन्द्रलगायतका नेताहरु पछिल्लो समयमा माओवादी केन्द्र, जसपा, माधब पक्षको एमालेसहित समाजबादी पार्टी निर्माणको प्रयासमा जुटेका हुन । .......... न्युनतम कुराहरुमा सहमति वनेपछि पाँच सदस्यिय अध्यक्ष मण्डल वनाएर वाँकी काम पुरा गर्ने गरी सामान्य सहमति वनेको एक नेताले वताए । नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओलीसँग पार्टी एकताको सम्भावना कम हुँदै गएपछि वरिष्ठ नेताहरु झलनाथ खनाल र माधव नेपालले पनि गठवन्धनमा भएका दलहरुसँग सहयात्रा गर्ने सोच वनाएको श्रोतको दावी छ। ......

पुस्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, झलनाथ खनाल, उपेन्द्र यादव र वावुराम भट्टराई रहेको ५ सदस्यिय अध्यक्ष मण्डल वनाउने गरी सहमति जुटिसकेको

नेताहरु वताउँछन् । एकताको मोड़ालिटीबारे छलफल जारी छ। ....... यसअघि ओलीबाहेकका कम्युनिस्टहरुको गठबन्धन बनाएर त्यसको नाम समाजवादी केन्द्र राख्ने र नेता माधव नेपाललाई अध्यक्ष बनाउने प्रस्ताव प्रचण्डले अघाडि वढाएका थिए । ओलीसँग खास भरोसा पनि नभएको र गठबन्धनमा अलि धेरै भाउ भएका नेता नेपाल पार्टी एकता भन्दा पनि सानो भए पनि अर्को पार्टी गठन गर्ने सोचमा छन् । ........ एक नेताले भने ‘शिर्ष नेताहरु प्रत्यक्षरअप्रत्यक्ष रुपमा छलफलमा हुनुहुन्छ। एकिकरणको मोडालिटी तयार गरेर त्यसपछि वाँकी कुराहरु अगाडि वढाउने कुरा भएको छ। केहि दिनभित्रै नेपाली जनताले नयाँ कुराको जानकारी पाउने छन्।’




माधब नेपाललाई आफ्नै संसदहरुले मन्त्री चाहियो भन्दै सताउन थाले सर्वोच्च अदालतको परमादेश बाट शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउँन महत्वपूर्ण भूमिका खेलेका एमाले वरिष्ठ नेता माधव कुमार नेपाल अहिले आफ्नै खेमा भित्र मन्त्री चाहियो भन्नेको दवाव थेग्नै नसक्ने अवस्थामा पुगेका छन् । ......  माधवकुमार नेपालले आफ्नै समूहका नेताहरुले मन्त्री बन्न दाम्लो चुँडाउन खोजेको टिप्पणी गरेका छन् । शनिबार काठमाडौंमा आयोजित वागमती प्रदेश सम्पर्क कमिटीको समानान्तर नेतृत्व घोषणा कार्यक्रममा आफूले त्यसरी मन्त्री बन्न हतारिनेलाई केही समय रोकिन भनेको र उनीहरुले आफ्नो आग्रह मानेको बताए। ...... नेता नेपालले भने, ‘दाम्लो चुँडाल्नेलाई म के गर्न सक्छु । आफ्नैलाई त रोक्न सकिएको छैन् । तैपनि मैले भनेको कुरालाई मान्नु भएको छ। दाम्लो नचुँडाउनुहोला मैले भनिरहेको छु । 

यो सरकार जुनसुकै बेला ढल्न सक्छः प्रचण्ड ‘अहिलेको सरकार माधव कमरेडको कारण टिकेको छ, उहाँ दरो रुपमा उभिएको हुनाले मात्रै हाम्रो बहुमत पुगेको छ, तर सरकार जतिबेला पनि अल्पमतमा पर्नसक्छ ।

ओली कै कारण एमालेलाई एकपछि अर्को धक्का, बागमती र एक नम्बर प्रदेश सरकार ढल्दै !  चारवटा प्रदेश सरकारको नेतृत्व गरेको एमालेले गण्डकी र लुम्बिनी प्रदेश सरकार गुमाएको छ। गत चुनावमा केन्द्र र प्रदेशमा सरकारविहीन भएको नेपाली कांग्रेसले केन्द्र सरकारको नेतृत्व गरिरहेको छ भने गण्डकीमा समेत कांग्रेस नेतृत्वमा गठबन्धन सरकार छ। ...... पार्टीभित्रको आन्तरिक किचलोका कारण नै एकल बहुमतबाट सरकार बनाउन सक्ने अवस्था रहेको सुदूरपश्चिम प्रदेशमा माओवादी केन्द्रको सरकार छ भने आफ्नो नेतृत्वका सरकार बनाउन सक्ने कर्णालीमा पनि माओवादीकै सरकार छ। लुम्बिनीमा माओवादी केन्द्रले सरकार बनाएसँगै तीन वटा प्रदेश सरकार माओवादी केन्द्रको पोल्टामा पुगेको छ। .......  दुईवटा प्रदेश सरकार गुमाएको एमालेले अब बाँकी दुई वटा प्रदेश सरकार पनि गुमाउने चिन्ता बढेको छ। माधव नेपाल समूहले पार्टी विभाजन गर्यो वा अन्य दलले समर्थन गरेको अवस्थमा बागमती र एक नम्बर प्रदेशबाट पनि एमाले बाहिरिन सक्छ। ......  एमाले नेतृत्व तहमा कुरा नमिले बागमती र प्रदेश९१ ले पनि छिट्टै नयाँ सरकार पाउने र अहिलेको सत्तारुढ दल नेकपा एमाले प्रतिपक्षी भएर बस्ने निश्चित प्रायः देखिन्छ।

संसद विघटन कारण नभई नेकपा विवादको परिणाम थियोः शंकर पोखरेल नेकपा एमालेका स्थायी समिति सदस्य शंकर पोखरेलले नेकपा माओवादी केन्द्रसँग पार्टी एकता गर्नु गल्ती भएको बताएका छन्। शनिवार एमाले बाँके जिल्ला समितिको १७ पूर्ण बैठकमा पोखरेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आधार बनाएर पार्टी एकता गर्नु सबैभन्दा ठुलो कमजोरी भएको बताए। ........  ‘प्रचण्डकै कारण मुलुकमा अहिलेको अस्थिरता पैदा भएको हो,’ उनले भने, ‘आजको परिणामको प्रमुख कारक प्रचण्ड नै हुन्।’ प्रचण्डमा रहेको अस्थिरता, अवसरवाद, महत्वाकांक्षा जस्ता कुरा नै नेपालको राजनीतिको अस्थिरताको कारण भएको पोखरेलको भनाई छ। उनले प्रतिनिधिसभा विघटन कारण नइ नेकपा विवादको परिणाम भएको बताए। ......  उनले भने, ‘कतिपयले नेकपा भित्रको विवाद प्रतिनिधिसभा विघटनका कारण भन्छन्। त्यो गलत हो। त्यसभन्दा पहिले नै नेकपामा विवाद सुरु भइसकेको थियो। प्रतिनिधिसभा विघटन कारण नभई परिणाम हो।’

माधवको हातमा ओली-प्रचण्डको ‘शक्ति’ प्रचण्डले चालेका गोठीकै कारण लुम्बिनी प्रदेशको मुख्यमन्त्रीबाट हात धोएर दाङ पुगेका एमाले नेता शंकर पोखरेलले ढाँडमा टेकेर र टाउकोमा हान्ने जनयुद्धकाल नीति प्रचण्डले नछोडेको आरोप लगाए । पोखरेलले मुख्य प्रतिद्धन्द्धी प्रचण्ड नै भएको संकेत गर्दै प्रधानमन्त्री देउवा त आवरण मात्र रहेको दाबी गरे । ......  नेकपा विभाजनदेखि नै प्रचण्ड–माधवको मोर्चा बनाएर ओलीविरुद्धका कार्यमा संलग्न नेपाल एमाले पूर्ववत अवस्थामा फर्किएपनि प्रचण्डलाई सघाउँदै आएका छन् । विपक्षीलाई सत्तामा पु¥याउनेदेखि माओवादी केन्द्रले नेतृत्व गरिरहेका प्रदेश सरकार बचाउन नेपालको भूमिकानिर्णायक छ ।यसैकारण प्रतिपस्र्धाको मैदानमा ओलीभन्दा प्रचण्डको शक्ति ग्राफ उक्लीदै गइरहेको छ ।


No comments: