Friday, August 13, 2021

Nag Panchami





राज्यका सबै अंग ‘ग्याङ’को कब्जामा महत्वपूर्ण निकायमा हुने राजनीतिक नियुक्ति, कर्मचारीको पदस्थापन तथा सरुवा जस्ता कार्यमा प्रभाव जमाई फाइदा लिनु उनीहरूको प्राथमिकतामा पर्ने गरेको देखिन्छ । असल र इमानदार राष्ट्रसेवकहरूलाई हतोत्साहित गर्न विभिन्‍न हत्कण्डा अपनाउने कार्यमा उनीहरू सदैव क्रियाशील रहेको पाइन्छ । पद्धतिमा रहेर काम गर्नेहरूलाई फकाउने, भुल्याउने, झुलाउने र थर्काउनेसम्म गर्छन् । नक्कली कथा बनाएर पत्रपत्रिकामा छपाउँछन् । यति गर्दा पनि भएन भने सरुवा नै गराइदिन्छन् । पद्धतिमा रहेर काम गर्न चाहने सचिवलगायत विभिन्‍न पदाधिकारीको बारम्बार सरुवा हुनु यिनैको कारणले हो । यसैगरी सरकारका विभिन्‍न निकायमा रहेका महत्वपूर्ण कागजात हात पार्ने र ती कागजहरूको रेकर्ड नष्ट गराउने कार्यमा उनीहरूको भूमिका रहेको हुन्छ । मालपोत तथा नापी कार्यालयहरूमा यस किसिमको गतिविधि धेरै हुने गरेको देखिन्छ । ........... २०४८ सालको प्रशासन सुधार आयोग, जुन प्रधानमन्त्रीकै अध्यक्षतामा गठन भएको थियो र त्यसले एउटा गहकिलो प्रतिवेदन दिएको थियो, त्यसको नै कार्यान्वयन हुन सकेन भने अरुको के कुरा गर्नु भन्‍ने सोचले काम गरेको देखिन्छ । यसैले अहिलेका दिनमा प्रशासन सुधारको विषय उच्चारणसम्म नहुने अवस्थामा पुगेको मानिन्छ । ........... देशमा प्रशासनयन्त्रमा सुधार गरी सुशासन कायम गर्ने मुख्य दायित्व देशको कार्यकारी प्रमुखमा रहेको हुन्छ । त्यसैले प्रशासनयन्त्रमा सुधार गर्छु भन्‍ने अठोटसहितको कार्यान्वयनको नेतृत्व कार्यकारी प्रमुखले लिन सक्नुपर्छ । यसका लागि कार्यकारी प्रमुखले आफ्नो मातहतमा एक छरितो तर नतिजामुखी प्राविधिक टिम बनाउनु पर्छ र सो टिमले अध्ययन गरी सुझाव दिएका विषयहरूलाई सरकारले निर्णय गर्दै कार्यान्वयनमा लाने पद्धतिको विकास गर्नुपर्छ ।

No comments: