Sunday, August 29, 2021

माधव

दल विभाजनसम्बन्धी अध्यादेश निष्क्रिय पार्ने तयारी सरकारले दलविभाजनसम्बन्धी अध्यादेश निष्क्रिय पार्ने तयारी गरेको छ । सत्ता गठबन्धन दलहरूबीच अध्यादेश निष्क्रिय पार्ने सहमति भएको एक नेताले बताए । ...... मन्त्रिपरिषद्ले अध्यादेश निष्क्रिय पार्न राष्ट्रपतिलाई सिफारिस गर्ने तयारी छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति अध्यादेश जारी, निष्क्रिय र खारेज गर्ने संवैधानिक व्यवस्था छ । ..... थप पार्टी फुट्ने सम्भावना रोक्न अध्यादेश निष्क्रिय पार्न लागिएको बताइएको छ ।

अब पनि माधव नै निर्णायक निर्वाचन आयोगले वैधानिकता दिएसँगै माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) प्रतिनिधिसभा र राष्ट्रिय सभामा चौथो ठूलो दल बनेको छ ...... सरकारलाई स्पष्ट बहुमत पुर्‍याउन, प्रतिनिधिसभाका कामकारबाही सहज बनाउन, संसद्को कार्यकाल पूर्ण बनाउन र प्रदेश सरकार निर्माणमा पनि उनको पार्टी निर्णायक हुने देखिन्छ । ...... नेपालको भूमिकालाई उच्च मूल्यांकन गर्दै शक्ति बाँडफाँडमा गठबन्धनले उनलाई प्राथमिकतामा राखेको छ । ....... माधव नेपालको नेकपा एकीकृत समाजवादी दर्ता भएसँगै उसका २३ सांसद थपिएर सत्तागठबन्धनमा एक सय ५३ सांसद पुगेका छन् । जुन स्पष्ट बहुमत हो । ......... एमाले विभाजन भएपछि विधेयकलगायत संसद्को काम अगाडि बढाउन गठबन्धनलाई सहज भएको छ । ....... राष्ट्रिय सभामा बहुमत पु¥याउन पनि सरकारलाई चुनौती थियो । माधवको नयाँ दलले यो चुनौती हल भएको छ । ....... उनीहरूले वाम–लोकतान्त्रिक सहकार्य टुटेको अवस्थामा फेरि पनि संसद् विघटन भएर प्रतिगमन हुन सक्ने खतरा औँल्याउँदै आएका छन् । ..... गठबन्धनको सरकार रहेको गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम र प्रदेश २ को सरकारलाई बलियो बनाउने तथा बागमती र प्रदेश १ मा आफूअनुकूलको सरकार बनाउने गृहकार्य गठबन्धनको शीर्ष नेताहरूले गरेका छन् । प्रदेश १ मा माधवको पार्टीमा पाँच सांसद उभिँदा मात्रै पनि शेरधन राई नेतृत्वको सरकार अल्पमतमा पर्छ । बागमती प्रदेशमा दुई सांसद माधवको पार्टीमा आए मात्रै नवनियुक्त मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा पर्छिन् । ....... गठबन्धनले नेपालको दललाई पाँच मन्त्री र एक राज्यमन्त्री दिने तयारी गरेको छ । ......

महन्थको दल सत्ता कि प्रतिपक्ष ?

..... लोकतान्त्रिक समाजवादी पार्टीले पनि सरकारमा जान सक्ने संकेत दिएको छ । ‘प्रधानमन्त्रीको तर्फबाट केही प्रस्ताव आएका छन् । अहिले पार्टी निर्माणको प्रक्रियामा नै रहेको हुँदा निर्णय दिएका छैनौँ । दल दर्ताको प्रक्रिया बल्ल सकिएको छ । अब पार्टीको बैठक बसेर छलफल गर्छौँ,’ लोकतान्त्रिक समाजवादी पार्टीका नेता अनिलकुमार झाले भने । ........ तीन दिनदेखि मान्छे थुनेर, घरघरबाट मान्छे टिपेर रिसोर्टमा थुनेर, त्यहाँबाट ढोक्सेमा हालेर, त्यो ढोक्से निर्वाचन आयोगमा ल्याएर खन्याएको छ । ढोक्सेमा हालेपछि माछा उम्किन पाउँदैनन् । यो काम लोकतान्त्रिक हुन्छ ? वास्तवमा यो बलजफ्ती, अपहरणकारी र ज्यादतीपूर्ण काम हो । .......

दश प्रतिशतमा पनि झथ्र्यो, किन अलमलिनुभो थाहा छैन । उहाँहरूले सोझै कानुनमा माधव नेपालजीसँग जति सांसद हुनुहुन्छ, त्यति जना भए पुग्छ भनेर लेखेको भए सजिलो हुन्थ्यो । माधव नेपालजीले पार्टी विभाजन गरेपछि स्वतः रद्द हुने भन्ने कुरा पनि छुटेको छ । किनभने उहाँहरू आफ्नै पार्टीमा पहिरो नजाओस् भनेर थर्कमान हुनुहुन्छ ।

............. हिजो पो दाँत टाल्न जानुभो, सातौँ दिनसम्म के गर्नुभो ? ........ ................ हामी कम्युनिस्ट पार्टी निर्माणको अभियानमा सुरुदेखि नै लागेका हौँ । त्यसरी लाग्दै गर्दा

पुरानो पार्टीबाट विद्रोह गरेर नै नयाँ पार्टी बनाउँदै अगाडि बढिएको हो ।

नयाँ विचार र सोचका साथ हामी अगाडि बढ्यौँ र पुरातन विचारहरूलाई हामीले अस्वीकार गर्‍यौँ । ......... लोकतन्त्रको रक्षा गर्नेछौँ । सामाजिक न्याय, समानता र समानुपातिक रूपान्तणको बाटोमा अगाडि बढिरहनेछौँ । ........ केशवजंग रायमाझीमा सुधार होला भनेर ठान्दा त्यो पार्टी नै सडेर सकियो । उनीसँग विद्रोह गरेर पुष्पलालले नयाँ क्रान्तिकारी धारको पार्टी निर्माण गरेर अगाडि बढ्नुभएको थियो । त्यो पार्टीमा पनि विद्रोह गरेर हामीले अर्को पार्टी निर्माण गरेका हौँ । मोहनविक्रमजीले पनि विद्रोह गरेर अर्को पार्टी बनाउनुभयो । त्यसपछि त्यहाँबाट पनि विद्रोह गरेर प्रचण्डजीले अर्को पार्टी बनाउनुभयो । ............. अहिले बाँकी रहेको एमालेमा चरम गुटवादी चिन्तन कायम छ । त्यो गुटको दायराबाट केपी ओली माथि उठ्न सक्ने अवस्था छैन । फराकिलो दृष्टिकोण, निर्णय र कार्यकर्ताको समुचित मूल्यांकन पनि छैन । उहाँले गुण र दोषका आधारमा मूल्यांकन र विश्लेषण गर्नुहुन्न । पार्टी सञ्चालन गर्न सक्नुहुन्न । गुट चलाउन मात्रै उहाँ माहिर हुनुहुन्छ । त्यहाँ बसेका साथीहरूले अनेकौँ हन्डर–ठक्कर खाएपछि उहाँहरूको चेत खुल्नेछ । .......... भ्रष्टाचार र अनियमितताको दलदलबाट जोगिँदै त्यसका विरुद्ध लड्नेछौँ । स्वच्छ छवि कायम गर्दै मुलुकलाई समाजवादको दिशामा लिने चिन्तन र सोचका साथ अघि बढ्नेछौँ । .......... चुनावी तालमेल सबैसँग हुन्छ भनेर अहिले नै भन्न सकिँदैन, तर तालमेल हुन्छ । को–कोसँग हुनेछ भन्ने कुरा समयक्रममा प्रस्ट हुँदै जानेछ ।




५२ संस्थाको नेतृत्वमा प्रधानमन्त्री, कुनैको २४ वर्षदेखि बैठक छैन गणतन्त्रका प्रधानमन्त्रीले हिजोका आलंकारिक राजाले झैँ विभिन्न संस्थाको नेतृत्व ओगटेका छन् जसले देशका कार्यकारीमाथि अनावश्यक बोझ मात्रै थपेको छ



पार्टीहरूको आन्तरिक कारणले मन्त्रिपरिषद् विस्तार हुन सकिरहेको छैन- नेपाल अब छिटोभन्दा छिटो हुन्छ



अमेरिकाको लुइजिआनामा १५० वर्षयताकै भयानक आँधीको चेतावनी

No comments: