Pages

Thursday, August 05, 2021

चार पृष्ठको अपिल

पार्टीमा फर्कौं, अलमलमा नपरौं : उपेन्द्र यादव जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले पार्टीबाट अलग भएका वा अलमलमा परेकालाई हिचकिचाहटबिना पार्टीमा फर्किन आग्रह गरेका छन् । उनले बिहीबार विज्ञप्ति जारी गर्दै महन्थ ठाकुर र राजेन्द्र महतो पक्षमा लागेका तर अहिले अलमलमा परेकाहरूलाई पार्टीमा फर्किन आग्रह गरेका हुन् । ..... यादवले केही अग्रमन नचाहने, उपलब्धिलाई उल्टाउन चाहने यथास्थितिवादी, अलोकतान्त्रिक र प्रतिगमनकारी शक्तिहरूले पार्टीलाई षड्यन्त्रमूलक ढंगले फुटाउन खोजेको बताए । ती शक्तिहरू पार्टीलाई ‘फुटाउ र राज्य गर’ नीति अनुरूप सक्रिय रहेको यादवले उल्लेख गरे ।

उपेन्द्र यादव जनतालाई जवाफ दिन तयार भएर बस्नुपर्दछ : महन्थ ठाकुर (अपिलसहित) अध्यक्ष ठाकुरले बुधबार

चार पृष्ठको अपिल

जारी गर्दै यस्तो भनेका छन् । ..... उनले अपिलमा भनेका छन्, ‘आफू १८ महिना मा.केपी शर्मा ओलीको सरकारमा बस्दा माग र मुद्दाको सवालमा एउटा सिन्को भाँच्न नसक्नेले हामी १८ दिनमै माग र मुद्दाहरु पूरा गराउँदा हामीलाई औंला देखाइरहेका छन् ।’


जसपा उपेन्द्र यादवको भयो भन्ने बुझाइ नै गलत हो : डा.सुरेन्द्र झा डा.सुरेन्द्र झा, नेता, जनता समाजवादी पार्टी नेपाल दुवै पक्षले गरेको कारबाहीलाई आयोगले बदर ग¥यो र जसपा गठन हुँदा बखतको कार्यकारिणी समितिलाई आधिकारिकता दिएको हो । त्यसैले उपेन्द्रजीलाई जसपाको आधिकारिकता दियो भन्ने कुरा अपव्याख्या हो । हेडकाउण्टले कार्यकारिणी समितिमा उपेन्द्रजीको पक्षमा बहुमत हो भन्ने कुरा स्थापित गरेको हो । त्यसैले पार्टी हाम्रो पनि हो, हामी पनि त्यो पार्टीको सदस्य हौं । महन्थ पक्षमा हस्ताक्षर गर्ने १६ जना नेता पनि जसपाकै हुन् । उपेन्द्रजीको पक्षले बहुमत प्राप्त गरेको मात्रै आयोगको फैसला हो । ........ उहाँहरुले कार्यकारिणी समितिको बैठक बस्दा महन्थ पक्षलाई जानकारी नदिनु र एक पक्षीय ढंगले जसरी निर्णयहरु ठोक्दै जानुभएको छ, त्यो उहाँहरुले कानूनीरुपले अवैधानिक क्रियाकलाप गरिरहनुभएको छ । हाम्रो विधानमा अहिलेसम्म केन्द्रीय कार्यकारिणी समिति मात्रै छ । कार्यकारिणी समितिलाई विधान हेरफेर गर्ने जिम्मा दिएको छ । उहाँहरुले सबैलाई साथ लिएर निर्णयहरु गर्नुपर्दथ्यो । तर हामी विजेता भयौं भन्ने उन्मादमा हिंडिरहनुभएको छ । ......... लुम्बिनी प्रदेशका सांसदहरुलाई उपेन्द्रजीहरुले विगतमा पनि कारबाही गरेकै हो नि । तर त्यो कारबाही प्रक्रियालाई सर्वोच्च अदालतले बदर गरिसकेको छ । ...... प्रत्यक्ष निर्वाचित दुई जना सांसदहरु हुनुहुन्छ, पार्टीले कारबाही गर्ने बित्तिकै उहाँहरुको पद जाने स्थिति छैन । त्यो मुद्दा सर्वोच्चमा विचाराधीन छ । ....... पार्टीको विवादमा दुईटै पक्षलाई शुक्रबार सर्वोच्च अदालतले बोलाएको छ । कोही बहुमतमा आउँदैमा अल्पमतका साथीहरुलाई पार्टीबाट निकालिदिने हो भने त्यो पार्टी दीर्घकालीन हुन सक्दैन । त्यो पार्टीका नेतृत्वले दीर्घकालीनरुपमा नेतृत्व प्रदान गर्न सक्दैन । जसपा उपेन्द्र यादवको भयो भन्ने बुझाइ नै गलत हो । जसपा सबैको हो, केन्द्रीय कार्यकारिणी समितिमा उपेन्द्र यादवको बहुमत छ भनेर निर्वाचन आयोग पनि भनेको छ । ....... आजभन्दा डेढ महिना अगाडि महन्थ ठाकुरसँग २१ जना सांसद थियो र २३ जना कार्यकारिणी समितिका सदस्यहरु थिए । अनि के त्यतिबेला हामीले दल फुटाउन सक्दैनथ्यौं ? तर हामीले त्यो गरेको होइन नि, फुटाउनका लागि जसपा बनाएका होइनौं नि । २०७७ बैशाख १० गते रातिको अवस्था हेर्नुस् न । उपेन्द्र यादव खाली कागज लिएर हिंड्दै गरेको अवस्था सम्झिनुस् न । आज उपेन्द्र यादवसँग बहुमत भयो भन्ने बित्तिकै पार्टीबाट मान्छे निकाल्दै हिंड्ने ? ............ संविधान संशोधनसम्बन्धी कार्यदल बनायो, १४९ जना नेता कार्यकर्ताको मुद्दा फिर्ता लियो, करोडौंको बिगो राज्यबाट भर्न लगायौं, नागरिकता सम्बन्धी अध्यादेश जारी गर्न लगायो यी कामहरु हुँदा अन्याय भयो भनेर माफी माग्ने हामीले ? उपेन्द्र यादवले यो कुरो भन्न सुहाउँछ ?

केपीको सरकारमा हामी १८ दिन थियौं अनि उपेन्द्र यादव १८ महिना थिए ।

फरक मत सुन्नै नखोज्ने उहाँको अलोकतान्त्रिक चरित्र हो, उहाँको स्कूलिङ्ग कम्युनिष्टको छ । ............ कतिपयलाई हिजो राजपामा मन्त्री बनाएन, प्रदेश समितिको सभापति हैसियतले गाडी चढिरहेको छु, कहीं उपेन्द्र यादवले गाडी खोसिदेला भन्ने डरले पनि त्यहाँ गएका छन् । अथवा फाइदाका लागि लोभीपापीहरु त्यहाँ गएका छन् । .......... जसरी एकाएक उनीहरु उता गए, फेरि यता आउन सक्छन् । उपेन्द्र यादवले पाएका मन्त्रालयहरु बाँड्ने बित्तिकै फेरि यतातिर आउँछन् । हिजो हामीले मन्त्री बनाएकाहरु पनि उपेन्द्रजीतिर जानुभएका छन् । जनताले त हेरिरहेका छन् नि । हिजोसम्म तपाइँकै मिडियामा उपेन्द्र यादवलाई गाली गर्दै हिंड्ने मान्छे मन्त्री बन्छु भनेर लाइनमा लागेका छन् । उपेन्द्रजीले पाएको मन्त्रालयमा उनीहरुको नाम नपरेपछि फेरि गर्ने त गाली नै हो नि । ..........

उपेन्द्रजीलाई यदि लाग्यो कि पार्टी एक हुनुपर्छ भने एक हुन सक्छ ।

आज उहाँ बहुमतमा हुनुहुन्छ, भोली अर्को नेता बहुमतमा हुनुहोला । यो प्राविधिक विषय हो । ......... वैकल्पिक शक्ति निर्माणका लागि जसपा बनेको थियो ।










No comments: