Monday, August 23, 2021

एनआरएनएको उपाध्यक्षमा सुनिल साह

एनआरएनएको उपाध्यक्षमा सुनिल साहको उम्मेदवारी घोषणा



माधव समूह भन्छ : बालकोटको सहमति हाम्रा लागि होइन, एमालेमै बस्न चाहनेलाई फेससेभिङ मात्र हो
एमाले : मदन भण्डारीले जोडे, अरुले जोगाउन सकेनन् एमाले पार्टी जीवनको सबभन्दा ठूलो संकटमा देखिएको छ । ..... २०५१ मा २३ लाख ५२ हजार मत (लोकप्रिय मत) ल्याएको एमालेले २०५६ मा २७ लाख २८ हजार मत पायो । नेपाली कांग्रेसले ३२ लाख १४ हजार मत सहित १११ सिट जित्यो । ...... एमालेबाट विभाजित भएर बनेको मालेले ५ लाख ६७ हजार लोकप्रिय मत पायो, तर एक सिट पनि जित्न सकेन । एमालेलाई हराउन चाहिं राम्रो भूमिका खेल्यो । एमाले र मालेले ल्याएको मत जोड्दा भने कांग्रेसको भन्दा धेरै हुन्छ । ...... त्यसबेला कांग्रेसले २३ लाख ४८ हजार लोकप्रिय मत पाउँदा एमालेले २२ लाख २९ हजार पायो । मैनालीले नेतृत्व गरेको मालेले दुई लाख ४३ हजार मत पाएको थियो । ....... २०५४ जस्तो ठूलो विभाजन नभए पनि २०६९ मा अशोक राईसहित जनजाति नेताहरुले एमाले परित्याग गरेको असर निर्वाचनमा देखियो नै । २०७० को दोस्रो संविधानसभा निर्वाचनमा कांग्रेसलाई पछ्याउने दोस्रो शक्ति बन्यो, एमाले । कांग्रेसले २४ लाख १८ हजार लोकप्रिय मत पाउँदा एमालेले २२ लाख ३९ हजार मात्र पायो । जबकि अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टीले एक लाख २१ हजार र सीपी मैनाली नेतृत्वको मालेले एक लाख ३० हजार मत ल्यायो । ....... २०७४ को प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनअघि एमालेले विभाजन बेहोरेको थिएन, बरू माओवादीसँग गठबन्धन गर्‍यो । गठबन्धनको लाभ दुवै दलले पाए । यो चुनावमा लोकप्रिय मततर्फ कांग्रेसभन्दा एमालेले ४५ हजार मात्रै बढी पाएको थियो । एमालेले ३१ लाख ७३ हजार र कांग्रेसले ३१ लाख २८ हजार मत पायो । तर माओवादीसँगको गठबन्धनका कारण प्रतिनिधिसभामा एमालेले १२१ सिट जित्यो भने कांग्रेस ६३ सिटमा खुम्चियो । १३ लाख लोकप्रिय मत पाएको माओवादीले ५३ सिट जितेर कांग्रेसकै हाराहारी हैसियत बनायो । ........

फुटेर कहिल्यै पार्टी र आन्दोलन अगाडि बढेको छैन,’ एमाले केन्द्रीय सदस्य निरज आचार्य भन्छन्, ‘२०४८ यताका हरेक निर्वाचनको मतपरिणामबाट त्यो पुष्टि हुन्छ ।’

........ सामथ्र्य र सुविधाका हिसाबले २०७४ सालको मत परिणाम एमाले पार्टी जीवनकै स्वर्णिम थियो । ......... चौथो महाधिवेशन (९–१४ भदौ २०४६) बाट तत्कालीन मालेका महासचिव निर्वाचित भण्डारीले भने पार्टीको सांगठानिक, राजनीतिक र सैद्धान्तिक मार्गचित्र कोरेका थिए । महासचिव बनेपछि उनले पञ्चायती निरंकुशताको अन्त्य गर्न वाम मोर्चा निर्माण र कांग्रेससँग कार्यगत एकताको नीति लिएका थिए । ......... २०१५ को निर्वाचनमा १०९ सिटमध्ये ७४ सिट जितेको कांग्रेसले २०४८ मा २०५ मध्ये ११० सिट जित्यो । २०१५ को चुनावमा नेपाल कम्युनिष्ट पार्टीले जम्मा चार सिट जितेको थियो । २०४८ को निर्वाचनमा ६९ सिट जितेको एमाले सशक्त प्रतिपक्ष बन्यो । .......... लोकप्रियतर्फ २०४८ मा कांग्रेसले २७ लाख ४२ हजार मत ल्याउँदा एमालेले २० लाख ४० हजार ल्यायो । जबकि २०१५ मा कांग्रेसले ६ लाख ६६ हजार मत पाउँदा कम्युनिष्टले एक लाख २९ हजार मात्र पाएको थियो । ......... २०४८ र २०५१ को निर्वाचनमा एमालेले शानदार नतिजा ल्याउनुको पछाडि प्रष्ट सैद्वान्तिक कार्यदिशा र एकताबद्ध संगठनले काम गर्‍यो । पाँचौं महाधिवेशन (१४–२० माघ २०४९) मा प्रस्तुत राजनीतिक प्रतिवेदन (नेपाली क्रान्तिको कार्यक्रम जनताको बहुदलीय जनवाद) मार्फत भण्डारीले राजनीतिक र सांगठानिक सफलताका निम्ति वामपन्थी एकता र एकीकरणमा जोड दिएका थिए । उक्त प्रतिवेदनको बुँदा आठमा ‘वामपन्थी एकता र पार्टी एकीकरण’बारे व्याख्या छ । ....... बुधबार अर्थात् ९ भदौमा आफ्नो पार्टी जीवनमा सबभन्दा बढी अंगभंग हुनेछ नेकपा एमाले ।


माधव नेपालसहितका नेताहरु चन्द्रागिरि रिसोर्टमा रिसोर्टमा पार्टीको नयाँ नीति ‘जनताको बहुदलीय समाजवाद’ को विषयमा छलफल हुनेछ ।

प्रचण्डको प्रस्ताव : आगामी चुनावसम्म वाम लोकतान्त्रिक गठबन्धन




No comments: