Wednesday, June 17, 2015

निष्पक्ष निर्वाचन र संघीयता को आवश्यकता

मैले हुर्किन्दा खेरी भारतमा मेरो जीवनकाल मा निष्पक्ष निर्वाचन हुन्छ भन्ने मलाई लागेकै थिएन। तर एउटा Election Commissioner TN Sheshan आयो ---- भारतमा रातारात निष्पक्ष निर्वाचन हुन थाल्यो। संभव हुँदो रै छ। मेरो जीवनकाल मा कोही कालो मान्छे अमेरिका को राष्ट्रपति हुने कुरा मेरो कल्पना बाहिर। आखिर मैले आफै ले न्यु यॉर्क मा ओबामा को पहिलो फुल टाइम स्वयंसेवक हुने मौका पाएँ।

नेपालमा निष्पक्ष निर्वाचन र संघीयता भए पछि पार्टी हरु बीच हारालुछ हुन कम हुन्छ। कुनै पनि पार्टी पुर्ण रुपले सत्ता बाहिर हुँदैन। कोही केंद्र मा विपक्ष, तर कुनै राज्य मा सत्तामा होला। कति ले जिल्ला सरकार चलाउलान। कति राष्ट्रिय स्तर का साना पार्टी ले केही महत्वपुर्ण शहर मा मेयर चलाउलान। फेरि सबै तहका निर्वाचित नेताले सरकार बाट तलब खाने भए पछि देशमा एउटा नया राजनीतिक संस्कृति को विकास हुन्छ। जनता को वोट बटुल्न पाए फुल टाइम काम गर्ने बाटो खुल्छ धेरै का लागि। पार्टी ले पाल्नु परेन। हुनेखाने मात्र अगाडि आउने भएन।

आवधिक निर्वाचन हुन्छ। यस पटक जितेकोले अर्को हार्न सक्छ and vice versa. अहिले देशको राजनीति गन्दा पोखरी जस्तो। जताततै लामखुट्टे को भिनभिन। जताततै भारतको हस्तक्षेप देखिने। अँध्यारो मा भुत देखे जस्तो। केंद्र, राज्य, जिल्ला, स्थानीय गरी सबै तहमा नियमित निर्वाचन हुन थाले पछि देशको राजनीति नारायणी नदी जस्तो --- बगेको बगेकै। सललल।

No comments: