Tuesday, June 30, 2015

लोकतंत्र भनेकै एक व्यक्ति एक मत हो

Dipendra Jha:
दास बनाउने धारा: प्रस्तावित संविधानको धारा ९० ले प्रत्येक प्रदेशबाट पाँच पाँच जना हुने गरी आठ वटा प्रदेशबाट चालिस र पाँच मनोनित गरी पैंतालिस जनाको राष्टिय बनाउने प्रावधान राखेको छ । मधेशमा दुई वटा प्रदेश बन्ने मोटामोटी सहमति देखिन्छ । भनेपछि मधेशबाट जहिले पनि दश जना र पहाडबाट पैतिस जना राष्टिृय सभा सदस्य हुने भयो । भनेपछि मधेशीले कहिले पनि कुनै पनि कानुन नियम बनाउन सक्दैन र सधै दासको रुपमा बसी राख्नु पर्ने हुन्छ । हैन, यो कस्तो प्रावधान हो । भारतमा सिकिम्म अरुणाचल प्रदेश, गोवा बाट एक जना र युपीबाट ३१, विहारवाट १६ माहाराष्ट १९ जना राज्य सभामा प्रतिनिधित्व हुन्छ । न्युनतम प्रत्येक प्रदेशबाट एक र बाँकी जनसंख्याको आधारमा हुनु पर्नेमा यो पाँच जनाको सिन्डीकेटले मधेशीलाई दासता बाहेक केही दिन सक्दैन ।
यो बाहुन हरुको दिवास्वप्न --- wet dreams हो अरु केही होइन।

राज्य सभा मा पनि र प्रतिनिधि सभा मा पनि प्रत्येक राज्यको जनसंख्या समानुपातिक प्रतिनिधित्व हुनुपर्छ। होइन भने देश टुट्छ। जनसंख्या समानुपातिक प्रतिनिधित्व किन हुनुपर्छ? किनभने लोकतंत्र भनेकै एक व्यक्ति एक मत हो।




No comments: