Monday, June 15, 2015

तमलोपा र सद्भावना को एकीकरण?

महन्थ ठाकुर सर्वमान्य नेता, राजेन्द्र महतो अध्यक्ष, हृदयेश त्रिपाठी सह-अध्यक्ष र एकीकृत पार्टी को केंद्रीय समिति ३१ जना ---- फोर्मुला त्यो पो हो कि? नत्र भने महंथ-उपेन्द्र-राजेंद्र ले पहले आप पहले आप भन्दै १२ महिना बढ़ी बिताएको हो एकीकरण को कुरामा।

आफु चाहीं जाबो पार्टी एकीकरण पनि गर्न नसक्ने तर जनता लाई शहीद हुन आह्वान गर्ने ---- तुक मिल्दैन। आफ्नो आङ्गको भैंसी नदेख्ने, अरुको आङ्गको जुम्रा देख्ने।

तमलोपा फॉरवर्ड को, सद्भावना साउजी हरुको, फोरम यादव हरुको भन्ने इम्प्रैशन छ ग्रस्सरूट्स मा ---- त्यसरी टुकड़ा टुकड़ा भएको मधेसी पहिचान लाई एक ठाउँमा ल्याउन नेता हरु ले पार्टी एकीकरण गर्ने हो।


No comments: