Saturday, July 30, 2022

30: Balen Shah



शासक वर्गको स्तुतिगानः एक दीर्घ रोग जंगबहादुरले पेरिसमा भेटेको कुटाइ किन चर्चा हुन्न? ........ लिच्छवीकालका सबै राजाहरूले आफूलाई जनप्रेमी, न्यायप्रेमी तथा प्रजापालक शासकका रूपमा चिनाएका थिए । अर्थात् यसो भनौँ स्तुतिकारहरूबाट आफुनो गुणगान गराउन लगाएका थिए । चाँगुनारायणको अभिलेखमा मानवदेवलाई ‘पराक्रमी, धैर्यवान, सहनशील, दुनियाँलाई प्रेम गर्ने ...कामदेव जस्ता’ भनी वर्णन गरिएको छ (धनवज्र वज्राचार्य, लिच्छविकालका अभिलेख, पृ. १५) । अंशुवर्माको एक अभिलेखमा पनि ‘कैलाशकुट भवनबाट रातोदिन अनेकन शास्त्रकै अर्थ विषयमा छलफल गर्ने ...भगवानु पशुुपतिनाथको पाउको अनुग्रह पाएका ... र गाथमा आराम भएका अंशुवर्मा ... ’(उही पृ. ३५८) भन्ने वर्णन गरिएको छ । यसैगरी अन्य लिच्छवी राजाहरू शिवदेव, उदयदेव, नरेन्द्रदेव, जयदेव आदि सबैका अनेक सुन्दर विशेषण जडित प्रशंसा गरिएको पाइन्छ । एउटा अनौठौ संयोग नै मान्नुपर्छ कि तत्कालीन सबै राजालाई जनप्रेमी, सुधारक र उदार प्रवृत्तिका भनिएको पाइन्छ । लिच्छवीकालका अभिलेख हेर्दा तत्कालनी समाजमा सतीप्रथा, बहुविवाह तथा दासप्रथा कायम रहेको पाइन्छ । साथै अर्को जन्ममा पुरुष भएर जन्मन पाऊँ भन्ने नारीको क्रन्दन उल्लेख पाइन्छ । लसुन, पिँडालु, दाउरा, तेल, माछालगायतका घरायसी कृषि उपजमा समेत कर लगाएको देखिन्छ । यी दृष्टान्तहरूबाट त्यसबेलामा जनसाधारणको अवस्था निःसन्देह सहज नभएको र कष्टकर जीवन बिताउन बाद्य रहेको सहजै अनुमान गर्न सकिन्छ । ......... जयस्थिति मल्लले समाजमा तल्लो जात र माथिल्लो जात भनी छुटुयाउने थिति बसालेका थिए । समाजमा जातीय विभेदको जरो गाडुने राजा जयस्थिति मल्ललाई वंशावलीले अतिसयोक्तिपूर्ण गुणगान समेत गाएको छ । वंशावलीले कतिपय राजाहरूको प्रशंसा गर्दा अति काल्पनिक वर्णन गरेको समेत पाइन्छ । राजा यक्ष मल्लको पालामा उनको राज्य दक्षिणमा मिथिला, मगध र गयासम्म फैलिएको, पश्चिममा गोर्खासम्म, पूर्वमा बङुगालसम्म र उत्तरमा सिकारजोङसम्म राज्य विस्तार भएको उल्लेख पाइन्छ जुन कुनै पनि ऐतिहासिक प्रमाणहरुले पुष्टि गर्न सकेको देखिदैन । ........ पृथ्वीनारायण शाहका समकालीन कवि ललिता बल्लभले पृथ्वीन्द्र वर्णाेदय र भक्त विनय जस्ता काव्य रचेका थिए । यी दुवैमा पृथ्वीनारायण शाहको अतिप्रशंसा र गुणगान गाइएको छ । ललिता बल्लभको उद्देश्य पनि राजालाई खुसी बनाई आफ्नो स्वार्थसिद्धी गर्नु नै थियो । त्यस्तै वसन्तपुर दरबारको एक अभिलेखमा पृथ्वीनारायण शाहलाई यसरी वर्णन गरिएको छ ः .......... ...दुष्टलाई दण्ड दिने, रक्षाको निमित्त अवतार लिनुभएका कृष्ण जस्ता यहाँ पृथ्वीनारायण शाह राजा हुनुभयो ...सबै राजकुलरूपी समुद्रबाट लक्ष्मीलाई लिएर ब्रह्माजीले पृथ्वीमा बनाएकी स्त्री जातिमा पर्ने गुणयुक्त भएकी पतिलाई विष्णुझैँ मान्ने नरेन्द्रलक्ष्मी महाराजकी महारानी हुनुहुन्छ । राजाहरूमा सिंहजस्ता महाराजबाट सिंहका डमरु जस्ता दुई छोरा पैदा गर्नुभयो ...जबसम्म आकाशमा ताराहरू चम्किरहन्छनु तबसम्म राजाहरूको श्रीपेचमा जडेको हीरा समान भएका महाराज पृथ्वीनारायण शाहको वंश गुह्येश्वरी र पशुपतिको दुई टाउका धुलाका प्रसादले नेपालमा स्थिर भइरहोसु । .......... राजा रणबहादुर शाहलाई सिल्ली, अर्धपागल र जनतालाई दुःख दिने राजाका रूपमा पनि चर्चा गरिएको पाइन्छ । तर, त्यसबेलाका कवि शक्तिवल्लभ अर्यालले रणबहादुरको प्रशंसामा धेरै शब्द खर्च गरेका छनु, ‘चन्द्रवंशी महाराज रणबहादुर शाह ठूलो प्रताप कदर कविहरूको गणनामा गिन्ती पनि नभएको मन्द बुद्धि भएको म कहाँ...’( धनवज्र वज्राचार्य, जय रत्नाकर नाटक, पृ.२५६) । उनले रणबहादुरलाई क्रान्तिकारी, जातभात नमान्ने तथा समाजसुधारकका रूपमा प्रस्तुत गरेका छनु । (चित्तरञ्जन नेपाली, रणबहादुर शाह) । सुन्दरानन्द बाँडाले त्रिरत्न सौन्दर्य गाथा रचना गर्नुको उद्देश्य नै राजा गीर्वाणयुद्ध, राजमाता त्रिपुरासुन्दरी र मुख्तियार भीमसेन थापालाई प्रसन्न तुल्याउनु थियो (धनवज्र बज्राचार्य, त्रिरत्न सौन्दर्य गाथा) । .............. भीमसेन थापा प्रधानमन्त्री भएपछि त उनले गाइनेको जमात नै तयार पारेका थिए । भीमसेन थापाकै निर्देशनमा उनको नामकोे लालमोहरमा रणबहादुर शाहले भीमसेन थापालाई वामांगी भइसु, म मरी मुलुक डुब्न्या छैन भीमसेन म¥यो भने मुलुक डुब्न्या छ भन्ने उल्लेख गरेका छनु । यो भीमसेन थापाले नै आफ्नो महŒव बढाउन आफैँले लेखाउन लगाएका थिए (ज्ञानमणि नेपाल, नेपालको महाभारत, प्रथम खण्ड) । ............ जंगबहादुर राणाको उदय भई उनले सत्ता हत्याएपछि स्वस्तिवाचन गर्ने, गुणानुवर्णन गर्ने तथा अनेक गाथा लेख्नेहरूको जमात नै तयार भयो । षड्यन्त्रकारी राजनीतिबाट उदय भएका जंगबहादुरले आफूलाई सर्वश्रेष्ठ देखाउन तथा पानीमाथिको ओभानो देखाउन निकै कसरत गरेका थिए । जंगबहादुरको बेलायत यात्राका वर्णनकर्ता (को हुनु भन्ने थाहा नभएको)ले उनको खुब बयान गरेका छन् । जब कि त्यसैबेला पेरिसमा एक सुरक्षागार्डबाट स्वयम् जंगबहादुरले पिटाइ खाएको उल्लेख कमलमणि दीक्षितले आफ्नो कृति जंगबहादुरको बेलायत यात्रामा गरेका छनु । ३२ सालको रोजनाम्चा पनि जंगबहादुरलाई प्रसन्न गराउनका लागि लेखिएको थियो । भोटको लडाइँको सबाई पनि स्तुतिगान कै क्रममा आएको हो । ............ श्री ३ देवशमशेरको समयदेखि गोरखापत्र छापिन थाल्यो । नेपालको इतिहासमा यस प्रकाशनको आफ्नै महत्व रहेको छ । यसले अनुसन्धातालाई अनेकौँ खुराक उपलब्ध गराएको छ । तर, यसले पनि तत्कालीन शासकको स्तुतिगान र गुणानुवर्णनलाई प्राथमिकतामा राखेको थियो । यो परिपाटी आजसम्म पनि चलिरहेको छ । आजभोलि पनि यसलाई सरकारको मुखपत्र भने पनि हुन्छ । पछिल्लो समयमा आएर त यो सरकारको मुखपत्र कम र अमूक राजनीतिक दल र त्यसमा पनि अमूक गुट उपगुटको मुखपत्र अधिक हुने गरी रुपान्तरित हुँदै गएको देखिन्छ । ......... श्री ३ चन्द्रशमशेरको लामो शासनकालमा स्तुतिगान गरिएका निकै ग्रन्थहरू प्रकाशमा आएका छनु ।

चिरञ्जीवी शर्मा पौडेलले चन्द्रशमशेरका बारेमा २,१०७ श्लोकको युरोप यात्रा काव्य रचेका थिए । यो काव्य महाराजको झुटो तारिफ गरिएको स्तुति काव्य थियो । जसको मूल उद्देश्य धनप्राप्ति नै थियो

.............. चन्द्रशमशेरले आफुनो स्तुति अङुग्रेजी भाषामा पनि होसु र आफ्ना महत्वपूर्ण कार्यहरू विश्वका अरू देशमा पनि पुगूनु भन्ने चाहनाले एक जना अंग्रेज विद्वान पी. ल्यान्डनलाई नेपाल बोलाएका थिए । .......... ल्यान्डनले चन्द्रशमशेरलाई एसियाकै महानु शासकका रूपमा चित्रण गरेका छनु । .............. चन्द्रशमशेरको देखासिकी गर्दै जुद्धशमशेरले इलाहाबाद विश्वविद्यालयका डा. ईश्वरीप्रसादबाट द लाइभ एन्ड टाइम्स अफ महाराजा जुद्धशमशेर लेखाउन लगाए । जसको प्रमुख उद्देश्य पनि आफ्नो महŒव र गरिमा देखाउनु नै थियो । ........... विसं २०१७ सालको राजा महेन्द्रको कदमलाई स्वागत तथा प्रशंसा गरी आफ्नो स्वार्थअनुकूल राजनीतिको व्याख्या गरी फाइदा लिनेको सङुख्या बढुयो । साम दाम दण्ड भेद जस्ता कूटनीति सञ्चालनमा माहिर राजा महेन्द्रले यस्तै वर्गको सहयोगबाट पञ्चायतलाई निर्विकल्प व्यवस्था बनाए । राजा महेन्द्रको गुनगान गरी धेरै पुस्तक तथा पत्रिकाहरू प्रकाशनमा आए । महेन्द्रले आफ्नो मात्र नभएर शाहवंशकै गुणगान गराउने, शाहवंशलाई नेपाल र नेपाली जनताका पालक र संरक्षक भनेर प्रचार गराउने ध्येयले इतिहासकार बाबुराम आचार्यबाट श्री ५ बडामाहाराजाधिराज पृथ्वीनारायण शाहको संक्षिप्त जीवनी पुस्तक नै लेख्न लगाएका थिए । यही पुस्तक लेखेवापत आचार्यलाई इतिहासशिरोमणिको उपाधिसमेत दिइएको थियो । .............. राजा वीरेन्द्रको समय त भजनमण्डलीका लागि स्वर्णयुग नै थियो । राजारानी तथा राजपरिवारकै स्तुतिगान गरी आफ्नो आर्थिक हैसियत बढाउने धेरै भए । राजारानीको जन्मोत्सवमा विशेषाङ्रक निकाल्ने र विज्ञापन असुल्ने त कति भए कति । ...पञ्चायत व्यवस्था छउन्जेल सबै पञ्च नेताहरू र प्रायः विद्वानु कहलिएका व्यक्ति पञ्चायत नआएको भए नेपाल अघि नै डुबिसक्ने थियो । यो व्यवस्था ईश्वर जस्तै निर्विकल्प र निर्विवाद छ भनी हिँडुदथे (ज्ञानमणि नेपाल, नेपालको महाभारत पृ.ग) । कतिपय लेखकहरुले राजा तथा राजपरिवारका सदस्यहरुका तर्फबाट साहित्यिक रचनाहरु लेखिदिने दरवारीया छद्य कवि लेखकसम्म बन्न पुगे । राजारानीको अतिरञ्जित वर्णनले गर्दा ‘अति सर्वत्र वर्जयेत’ भन्ने तथ्य कालान्तरमा चरितार्थ भयो । ..............

दलका नेताहरुका विषयमा अतिरञ्जित तारिफ गरी धेरै जीवनी, लेख, तथा कृतिहरु प्रकाशन गर्ने लहर नै आउन थाल्यो । । कतिले त आफ्ना दलका नेताहरुमाथि नै विद्यावारिधि गरे ।

........... आजकल त आफ्नो स्तुतिगान गरी संस्मरण, आत्मकथा आदि लेख्ने लेखाउने होड नै चलेको छ । पूर्वप्रशासक, पूर्वमन्त्री, सेनाका पूर्वअधिकारी तथा चिकित्सकहरूले आफ्नो प्रशस्तिसहितको महत्वपूर्ण र योगदान लेखाई आफूलाई अब्बल देखाउने गरी कृति छाप्न र छपाउन थालेका छनु । यस्ता कृति निकाल्नेहरूमा आफ्नो कार्यकालमा विभिन्न संघसंस्था खोली सोही संस्थाको नकाब ओढेर संस्थालाई नै दोहन गर्ने र आफ्नो हैसियत बढाउनेहरू पनि देखिँदै छनु । आर्थिक लोभकै कारण उनीहरूको इच्छाअनुकूल लेखिदिने तथाकथित बौद्धिक वर्गको सङुख्या पनि बढुदै छ ।
.

गगन थापा किन प्रधानमन्त्री बन्न योग्य छैनन अहिलेका राजनीतिक पार्टीका नेता भन्दा उनी केही कदम अगाडी मात्र देखिएका हुन् । तर, युवाको चाहना यसभन्दा निकै बढी छ । ......... गगनका भाषणमा विकासका कुरा भन्दा धेरै विपक्षी राजनीतिक नेतालाई गाली सुनिन्छ । देशमा आउँदै गरेको आर्थिक संकटलाई पार पाउने उपाय के हुन सक्छ ? आम नागरिक वा सेवाग्राहीले चाहेअनुसारको कर्मचारी प्रशासनका लागि सुधार योजना, सुशासन, पुर्वाधार विकास र निमार्ण जस्ता विषयमा गगनले आशा जगाउने गरी धारणा राख्न सकेका छैनन् । नेपाली कांग्रेसले अघि वढाएको आर्थिक सुधार, निजिकरण, कर्मचारी प्रशासनमा सुधार जस्ता विषयमा गगनले ठोस धारणा दिन सकेका छैनन् । यस्तो गर्नु पर्छ भन्न सकेका छैनन् । .......... काठमाडौ महानगरपालिकामा बालेन (बालेन्द्र) शाहले उम्मेदवारी दिए पछि धेरैले उनलाई मन पराए । भोट दिए । बालेनले विकासका कुरा उठाएका थिए । सुधारका कुरा उठाएका थिए । आम नागरिकका स साना कुरा उठाएका थिए । त्यही भएर भोट पनि पाए ।

बालेनको उदयले गगनको चर्चामा ब्रेक लागेको छ । लोकप्रियतामा बालेनले गगनलाई पछि पारेका छन् ।

......... देशमा प्रजातन्त्र आयो, गणतन्त्र आयो तर, आम जनताको जिवनस्तर सुध्रेन । आर्थिक क्रान्ति भएन र रोजगारका लागि विदेश जानु पर्ने वाध्यता पर्यो । ........ राजनीतिक परिवर्तन त भयो तर, आम जनताको जीवनस्तर सुध्रेको छैन । युवालाई विदेश पठाएर आएको पैसाले देशको अर्थतन्त्रको टेको लागेको छ । देश भित्र वसेका युवामा चरम निराशा छ । लाखौं तिरेर मास्टर्स गरेका कयौं युवाहरु बैंकमा ३०/४० हजार रुपैंया तलबमा काम गरिरहेका छन् । अहिलेको महंगीमा यो पैसाले दैनिक गुजारा गर्न पनि पुग्दैन । सार्वजनिक स्कुल, कलेज, अस्पताल, यातायात लगायतको अवस्था दयनीय छ । कर्मचारी प्रशासन देखि शेयर बजारसम्म सुधारको खाँचो छ । पढेलेखेका युवाले देश भित्र उन्नती हुने चित्त वुझाउने कुनै आशा देखेका छैनन् । त्यही भएर विदेश जान चाहनेको संख्या अत्याधिक छ । .......... काठमाडौमा बालेनको जितको कारण पनि यस्तै हो । राजनीतिक पार्टी र यसको नेतृत्वले युवालाई चित्त वुझाउने आशा देखाउन सकेको छैनन ।

गगनले पनि अहिलेसम्म यस्तो आशा देखाउन सकेका छैनन् ।

........ विकासको नारा दिएर नै भाजपा सफल भएको हो । जहाँ भाजपा कमजोर छ त्यहाँ विकास र आमनागरिकका ससाना कुरा उठाउने आम आदमी पार्टी अगाडी बढ्दै छ । नयाँदिल्ली पछि पञ्जावमा आम आदमी पार्टीको लहर आउनु विकास र परिवर्तनका नाराले गर्दा हो भन्दा फरक पर्दैन । ....... गगन चर्चित नेता त हुन तर, युवालाई विकास प्रति आशा देखाउन सकेका छैनन । उनी सेलिब्रेटी त हुन्, तर भिजन दिने खुबी छैन । पछिल्लो समयमा उनका भाषणले युवालाई तान्न सकेको छैन । त्यसैले उनले आफ्नो पक्षमा लहर ल्याउन सकेका छैनन् । ....... गगनले स्विकारेका छन् कुनै वेला उनी बाख्रा पालन व्यवसायमा लागेका थिए । त्यो सफल भएन । फर्पिङ्गमा कुरिलो खेती गरे । त्यसमा पनि असफल भए । काठमाडाैंमै मासु पसल खोले । त्यो पनि केही समयमै बन्द गरे ।
.

रवि लामिछाने, रवीन्द्र मिश्र, राजेन्द्र लिङ्देन र नेपालको राजनीति! प्रत्यक्ष निर्वाचित र मुख्यमन्त्रीको एजेन्डा अघि बढाउने कुरा पनि घोषणा गरे । देशले चिनेको नहुन सक्छ, देशलाई चिनेको व्यक्तिहरू र ५० प्रतिशत युवा हाम्रो पार्टीमा हुनुहुने छ उनले भने, ‘दलको सभापति म छु । अरू को(को भन्ने दल दर्तापछि मात्रै बाहिर ल्याउँछौँ।’ ........ राजनीति सम्भावनाको खेल मात्रै होइन, सबै नीतिको पनि र देशको पनि मूल नीति हो यदि सही तरिकाले गरिन्छ भने नत्र राजनीति फोहोरको नाली हो जुन अहिले नेपालमा छ । ........ स्ठानिय निकायको निर्वाचनमा देखिएको आशाको दियो अबको निर्वाचनमा अरू धेरै बल्नुपर्छ देशव्यापी रूपमा । ........ वर्तमान देशको संविधानअनुसार एक जना व्यक्ति स्वतन्त्ररूपमा उठेर वा चुनाव जितेरमात्र परिवर्तन सम्भव छँदै छैन । यात जनआन्दोलनको उभार ल्याएर संविधान, व्यवस्था परिवर्तन गर्न सकिन्छ या त संविधानकै बाटोबाट गएर बहुमत, या दुई तिहाइका आधारमा । स्वतन्त्रहरूको पनि समूह देशव्यापीरूपमा बनाएर योजना खाका र भिजनका साथ अगाडि बढिएन भने फाइदा लुटतन्त्र झोलेहरूलाई हुनेछ भन्ने बुझेरै तपाईँहरूले पार्टी बनाएको हो भन्ने हाम्रो बुझाई छ । ........ नेपालको वर्तमान संविधानले जुन समानुपातिक सिट व्यवस्था गरेको छ त्यसमा स्वतन्त्रहरू कसरी प्रस्तुत हुने ? स्वतन्त्रहरूले देशव्यापी रूपमा प्राप्त गरेको मतबाट प्राप्त गर्ने सिटलाई कसरी सुरक्षित गर्ने ? ........

मेरो सिम्पल कुरा छ सङ्गठित नभै हुँदै हुँदैन ।

........ धर्म बोक्दा र धर्म छोड्दाका कमल थापाहरू, विवेक भएर पनि अविवेकीहरूको घेराबन्दीमा परेका र ग्रास रुटको राजनीतिलाई नजरअन्दाज गरेका रवीन्द्र मिश्रहरू, सत्र हजारको बलि चढाएर सत्तारोहण गर्ने बाबुराम प्रचण्डहरू, घमन्डका नायक ओलीहरू, हर चिजमा नगदमा, हाताहाती खोज्ने माधव नेपालहरू, ज्योतिषशास्त्र अनुसार सात पटक प्रधानमन्त्री बन्ने सपना साच्ने र पाँच पटक बनिसकेका तर देश र जानताका लागि नालायकसिद्ध देउवाहरू, खुनखुने रामचन्द्रहरू, मधेसका नाममा बिहारी राजनीति गर्दै आएका महतो, यादव, ठाकुरहरूका विगत र वर्तमानबाट धेरै कुरा पाठ सिक्न सकिन्छ । ..... यदि रवि लामिछाने र उनको टिम पनि विफल भए वैकल्पिक शक्तिको ठुलो खडेरी पर्ने छ र यिनै नालायक नेता र दलेहरुको राक्षसी राज मुलुकले भोगिरहनु पर्ने अवस्था आउने छ तसर्थ सावधान रवि लामिछाने र टिम, तपाईंहरुलाई असफल हुने कुनै छूट छैन है ।
.



प्रदेश संरचनाबारे राष्ट्रपतिको ‘फरक मत’ .

No comments: