Saturday, July 23, 2022

23: Primary Elections



प्राइमरी किन र कसरी गर्ने? लोकतन्त्रमा स्वच्छ प्रतिस्पर्धा स्थापित गर्न मतदाता, उम्मेदवार र पार्टी सबै आवश्यक छ तर त्यसमा परिपाटी झनै आवश्यक छ । .

प्रचण्डपथ २०७९ : मुखमा समाजवादी केन्द्र, मनमा प्रधानमन्त्रीको कुर्सी सत्तारोहणको छोटो बाटो हिँड्न खोजेका प्रचण्डको समाजवादी केन्द्र बनाउने सपनाको अन्तर्यमा अरु पनि योजनाहरु छिपेका छन्, जसबारे अरु वाम घटकका नेताहरु धेरथोर जानकार देखिन्छन् । ...... खासगरी प्रचण्ड र माओवादी केन्द्रका नेताहरुमा चुनावपछि कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मिलेर सरकार बन्ने अवस्था नआओस् भन्नेमा बढी सतर्क देखिन्छन् । ...... किनकी मतदाताको निर्णयमा ठूलो उथलपुथल भएन भने समानुपातिकतर्फ कांग्रेसले ३८/४० सिट ल्याउँछ भने हालै भएको स्थानीय तहको चुनावको मतले देखाएको छ । अब प्रत्यक्षतर्फ १६५ मध्ये कांग्रेसले ८० हाराहारी सिट जित्यो भने लोसपा मिलेर सरकार बन्ने अवस्था बन्छ । ....... लोसपाले साथ दिँदा पनि सरकार नबन्ने अवस्था सिर्जना गर्न प्रत्यक्षतर्फ सिट बाँडफाँटमै कांग्रेसलाई कस्नुपर्छ भन्ने माओवादी नेताहरुले बुझेका छन् । तर यो यथास्थितिमा सहज छैन । ...... त्यसैले कांग्रेससँग ‘बार्गेनिङ पावर’ बनाउन पनि प्रचण्डलाई कांग्रेसबाहेक दलहरुको साथ चाहिएको छ । एकीकृत समाजवादी, नेकपा एकता अभियान र बाबुराम भट्टराईसँग पार्टी एकता गरेर समाजवादी केन्द्र बनाउने हो भने कांग्रेससँग प्रचण्डको ‘बार्गेनिङ पावर’ बढ्छ । त्यो बेला प्रतिनिधिसभाको धेरै सिट लिने मात्र होइन, आलोपालो प्रधानमन्त्रीमा सहमति गराउन सकिने उनको बझाइ छ । ........ कांग्रेससँग तालमेल गर्ने र एमालेभन्दा बलियो अर्थात देशको दोस्रो र वामपन्थीमा पहिलो दल बनाउन सकिने प्रचण्डको बुझाइ छ । ........ स्थानीय जनप्रतिनिधिलाई प्रशिक्षण दिन ९ असारमा काठमाडौंमा आयोजित कार्यक्रममा प्रचण्डले भनेका थिए, ‘प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा लेफ्टको पहिलो हुने ठूलो सम्भावना छ । भयो भने देशको बागडोर हाम्रो हातमा आउँछ ।’ ......... ‘हिजो पनि माधव नेपालले प्रचण्डलाई पार्टी बुझाउने भए भनेर धेरै नेता कार्यकर्ता हामीतिर आएनन्,’ एक पदाधिकारी भन्छन्, ‘आज पनि माओवादीसँग पार्टी एकता गर्ने सहमति गर्ने हो भने ठूलो हिस्सा एमालेमा फर्किन्छ ।’ ....... स्वयं झलनाथ खनाल पार्टी एकताको पक्षमा छैनन् । त्यो छनक पाएपछि प्रचण्डले हालसालै खनाल र उनी निकट नेताहरुलाई भेटेका थिए । ......... समानुपातिकतर्फ एमाले र कांग्रेसको भोट हाराहारी हो । अर्थात मतदाताको निर्णयमा ठूलो उथलपुथल भएन भने समानुपातिकतर्फ एमालेले पनि ३८/४० सिट ल्याउँछ । सत्ता गठबन्धनमा आवद्ध दलहरुबीच तालमेल हुँदा पनि एमालेले आफ्नो बलियो पकड भएका केही ठाउँमा प्रत्यक्षतर्फ चुनाव जित्छ । त्यसलाई स्वीका .

No comments: