Friday, July 15, 2022

रवि लामिछाने र सीके राउत को अघोषित गठबन्धन हुने संभावना

भ्रष्टाचार को मुद्दा माथि लेजर फोकस गरिरहेको एक्लो व्यक्ति अहिले रवि लामिछाने। देशव्यापी दौड़ाहा मा रहेको एक्लो व्यक्ति रवि लामिछाने। पहिला बहुदल नै आउनुपर्थ्यो। संघीयता अगाडि गणतंत्र नै आउनुपर्थ्यो। सीक्वेंस मिलाउनुपर्छ। अहिले को प्रमुख मुद्दा भ्रष्टाचार नै हो। त्यो भनेको शिक्षा, स्वास्थ्य, आर्थिक विकास मुद्दा नै होइन भन्ने होइन। 

भ्रष्टाचार को मुद्दा माथि लेजर फोकस गरेर अब को चुनाव मा प्रत्येक पदमा उम्मेदवारी दिने अवस्थामा पुग्यो भने रवि लामिछाने को नया पार्टी राष्ट्रिय पार्टी बन्यो। जाबो दुई तीन लाख भोट को त कुरा हो। रविन्द्र मिश्र भन्दा रवि लामिछाने निकै फरक छन। 

देश हल्लाउन बहुमत नै ल्याउनु पर्छ भन्ने छैन। एक तिहाई सीट जितेको सबैभन्दा ठुलो पार्टी बने पनि पुग्छ। 

जनता ले जित्ने लाई हो भोट दिने। यसले सरकार बनाउँछ कि बनाउँदैन भन्ने सोध्छ। आखिर चुनाव नै सरकार बनाउने चुनाव हो। त्यो जायज प्रश्न हो पनि। पहाड़ हिमाल मा एक तिहाइ मात्र सीट रवि लामिछाने को पार्टी ले जित्ने छाँटकाँट देखिने हो भने त्यसले सीके राउत लाई मधेसमा फाइदा गर्छ। चुनाव अगाडि को अघोषित गठबन्धन चुनाव पछि को सत्ताधारी गठबन्धन बनिदिन सक्छ। 

भ्रष्टाचार को मुद्दा माथि लेजर फोकस गर्दै चुनाव अगाडि नै गठबंधन गर्न सके त अझ राम्रो हो। 

चुनाव खर्च का लागि पैसा नउठाउने गैर राजनीतिक हरकत जुन गरे सीके राउत ले स्थानीय चुनाव अगाडि त्यो हरकत फेरि गर्ने हो भने अबको चुनाव सीके को अंतिम चुनाव हुनेछ। त्यो हो रविन्द्रपथ। पुर्ण पारदर्शी किसिम ले मेरिट को आधार मा ठेकापट्टा दिने हो भने ठेक्का पाउने संभावना भएका को को हुन। तिनको पहिचान गर्न सक्नुपर्छ। तिनीसँग चुनावी खर्च माग्न सक्नुपर्छ। 

दुई पार्टी ले मिलेर बहुमत ल्याउनु अहिले को अवस्था मा देश का लागि सबैभन्दा राम्रो हो। 

भ्रष्टाचार को मुद्दा भनेकै पुराना पार्टी हरु विरुद्ध लड्ने भनेको हो। 

रवि लामिछाने र सीके राउत ले वास्तव मैं देश को कायापलट गर्न खोजेको हो भने चुनाव अगाडि नै गठबन्धन बनाउनुपर्छ। स्वीप दिन्छ। 



No comments: