Tuesday, July 12, 2022

12: China



नेपालमा दुई दलीय व्यवस्था चल्दैन, गठबन्धन राजनीति झन् बढ्छ : महेन्द्र लावती ‘अबको चुनावमा सीमान्तकृतको प्रतिनिधित्व अझ घट्न सक्छ’ .



चार प्रसारण लाइन आयोजना अघि बढाउँदै विद्युत प्राधिकरण ढल्केबर–लोहरपट्टि लाइनको भने जग्गाको मुआब्जा दाबीका लागि सूचना प्रकाशित गरेको छ । प्राधिकरणले धनुषा जिल्ला साबिक बेङ्गाडावर, ढल्केबर, बटेश्वर र शान्तिपुर गाविस (हाल मिथिला नगरपालिका र बटेश्वर गाउँपालिका) का विभिन्न वडामा जग्गा प्राप्ति गर्न सुचना जारी गरेको छ ।

ओली, प्रचण्ड र माधवलाई चीनको नरम दबाव : मिल्नोस् तर हस्तक्षेप गर्दैनौं चीनले नेपाली कांग्रेससँग ‘रणनीतिक सञ्चार’ बढाउन चाहेको छ : लिउ ........ ओली निवास बालकोटमा मंगलबार झण्डै ६ घण्टा भएको कुराकानीमा चिनियाँ नेता लिउले विगतमा जस्तै नेपालमा वामपन्थी शक्तिबीच एकताको सम्भावना कति छ भनेर जिज्ञासा राखेको उक्त भेटमा सहभागी नेताहरुले जानकारी दिए। ....... ‘लिउले नेपालका कम्युनिस्ट पार्टी मिलेको चीनलाई राम्रो लाग्ने बताउनुभयो। तर नेपालमा वाम पार्टी मिल्ने वा नमिल्ने आन्तरिक कुरा भएकाले त्यसका लागि चीनले कुनै हस्तक्षेप नगर्ने स्पष्ट पार्नुभयो’ भेटमा सहभागी एकजना एमाले नेताले नेपालखबरसँग भने। ...... प्रत्युत्तरमा एमाले अध्यक्ष ओलीले आफू वामपन्थी शक्तिबीच एकताको विपक्षमा नरहेको बताएका थिए। ‘विगतमा वामपन्थी शक्तिबीच फुट हाम्रा कारणले आएको थिएन, अहिले पनि हामीलाई मिल्न आपत्ति छैन। यद्यपि तत्काल हामी कसैसँग एकता गरिहाल्न गइरहेका छैनौं, एक्लै चुनाव लड्ने हाम्रो नीति छ’ ती नेताका अनुसार ओलीले चिनियाँ नेतासँग भने। ....... र चौथो नेपालमा बढ्दो अमेरिकी सक्रियता। ....... ‘नेपालका राजनीतिक दलले आफ्नो निर्णय आफैं लिनसकुन्। त्यसमा हामी पनि हस्तक्षेप गर्दैनौं र कुनै पनि बाह्य शक्तिले पनि त्यसो नगरुन्’ अमेरिकाको पछिल्लो समय बढेको सक्रियातर्फ इंगित गर्दै उनले भनेका थिए। ........ ‘हाम्रै राष्ट्रपति सी चिनफिङले पनि एकतामा बल हुन्छ भनिरहनुभएको छ। चीन अहिले एकजुट र बलियो छ।’ ........ ‘वामपन्थी शक्तिहरु मिल्दा राम्रो हुन्छ। तर तपाईँहरु मिल्नैपर्छ भनेर हामी दबाव वा आग्रह गर्दैनौँ। मिल्ने वा नमिल्ने तपाईहरुको आन्तरिक कुरा हो’ चिनियाँ नेता लिउले भनेका थिए। ........ दाहालको संकेत एमाले अध्यक्ष ओलीका तर्फबाट नेपाल कम्युनिष्ट पार्टी विभाजनमा गल्ती गरेको भन्नेतर्फ रहेको ती नेताले जानकारी दिए। ........ उनले अमेरिकाले हालै प्रस्ताव गरेको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अन्र्तगतको सैन्य सम्झौता रोक्न आफूले ठूलो लडाईँ गर्नुपरेको सुनाए। ......... चिनियाँ नेता लिउले अमेरिकाले हिन्द प्रशान्त रणनीति अघि सारेर चीनलाई घेर्न खोजेको बताएका थिए। त्यसक्रममा लिउले नेपालले कुनै पनि सैनिक गठबन्धनमा सहभागी नहुने निर्णय गरेको स्वागत गरेका थिए। ......... ‘चिनियाँ कम्युनिस्ट पार्टीले नेपालमा सम्पर्क स्थापित गरेको पहिलाे पार्टी नेपाली कांग्रेस नै हो। हामी अबका दिनमा पनि कांग्रेससंँग रणनीतिक सम्पर्क स्थापित गर्न चाहन्छौं। विश्वासिलो सम्बन्ध राख्न चाहन्छौँ’ लिउले प्रधानमन्त्री देउवासँग भनेका थिए। ........ चीनले वाम दलसँगै कांग्रेसलाई पनि विश्वासमा लिन चाहेको सन्देश दिएको कांग्रेस नेताहरुको बुझाइ छ। ........ कांग्रेससँग सम्बन्ध बढाउन चाहेको सन्देश दिनकै लागि हुनुपर्छ, चिनियाँ नेता लिउ सोमबार बीपी संग्रहालय सुन्दरीजलको भ्रमण पनि गरे। उनले चिनियाँ कम्युनिष्ट पार्टी र कांग्रेसबीचको सम्बन्धको आधार विपीका पालामा स्थापित भएको स्मरण गरेका थिए। ...... सत्ताको नेतृत्वको गरेको कांग्रेस र वाम घटकसँग समान सम्बन्ध राख्ने चाहना चिनियाँ कम्युनिष्ट पार्टीका तर्फबाट अभिव्यक्त हुनुमा भूराजनीतिक कारणसमेत रहेको बताइन्छ। खासगरी अमेरिकाले नेपालमा बढाउन खोजेको आफ्नो प्रभावलाई काउन्टर गर्न वामशक्तिसँग मात्र नभई कांग्रेससँग पनि चिनियाँ कम्युनिस्ट पार्टीले सम्बन्ध बढाउन खोजेको जानकारहरुको बुझाइ छ।



साँच्चैको स्वतन्त्र, दलको `स्वतन्त्र´, चुनावका लागि दल छोडेर स्वतन्त्र ! बालेनले काठमाडौँ र हर्क साम्पाङले धरानमा मेयर जितेसँगै स्वतन्त्रप्रतिको आकर्षण निकै बढेको छ । बडे–बडेका पार्टी बनाउँछु भन्दै राजनीति सुरु गरेकाहरू पार्टी विघटन गरेर वा सम्बन्ध टुटाएर स्वतन्त्र बनेको घोषणा गरिरहेका छन् । आफ्नो छुट्टै पेसा व्यवसाय गरिरहेकाहरू या राजनीतिकै फेर समातेर आफ्नो पेसा व्यवसायमा फस्टाएका स्वतन्त्र उम्मेद्वारी घोषणा गर्दैछन् । ....... शासनको सबैभन्दा तल्लो तहको निकाय भनेको स्थानीय तह हो । यसलाई मूलतः ‘सर्भिस डेलिभरी’ गर्ने युनिटको रुपमा लिने गरिन्छ । यही स्थानीय तहमा भर्खरै सम्पन्न भएको निर्वाचनमा स्वतन्त्र उम्मेद्वारले बाजी मारे । ........ वास्तवमा नेपालको राजनीति अत्यन्तै प्रदूषित र भ्रष्ट हुँदै गएको छ । सीमित नेता र उनीहरूका आसेपासेले नेपालको राजनीतिलाई वर्षौंदेखि आफ्नो मुठ्ठीमा राखेका छन् । दलका नाम र झण्डा फरक फरक भए पनि सीमित नेताले आलोपालो शासन–सत्ता चलाइरहेका छन् । प्रतिनिधिसभामा २७५ र राष्ट्रिय सभामा ५९ गरी संघीय संसद्मा कुल ३३४ जना सांसद छन् । तर ती सांसद् विवेकहीन झैँ देखिन्छन् । ........ आफ्ना दलका नेताले जे भन्छन्, त्यही ल्याप्चे लगाइदिन्छन् । आफ्नो विवेकले एउटा पनि विधेयकमा बहस र छलफल गर्दैनन् । जसले गर्दा जननिर्वाचित सर्वोच्च संस्था व्यवस्थापिका–संसद्माथि नागरिक अविश्वास बढेको छ । ........ सबैलाई जसरी र जे गरी हुन्छ कमाउने भन्दा अन्य कुनै ध्याउन्न छैन । परिणामतः समग्र राजनीतिले आफ्नो बाटो बिराएको छ । त्यसको प्रत्यक्ष मारमा नेपाल र नेपाली नागरिक परेका छन् । ......... सबैभन्दा पहिलो कुरा संसद्मा रहेको विवेकशील दृष्टिकोणको अभावलाई स्वतन्त्र सांसदले परिपूर्ति गर्न सक्छन् । विगतमा प्रायः सांसदले आफ्नो छुट्टै नागरिकमैत्री विवेकशील सांसदको पहिचान बनाउनै सकेका छैनन् । आफ्नो दल र दलका नेताले गरेका नागरिक हित विपरितका निर्देशन र ह्विपविरुद्धमा जान सकेका देखिँदैन । बरु सार्वजनिक रुपमा त्यसको बचावटमा लागि परेका देखिन्छन् । ........ यसैगरी सांसदमा इमानदारीको अभाव छ । विगतमा रातो पासपोर्ट बेच्नेदेखि, आर्थिक विचलनका घटनामा प्रत्यक्ष रुपमा सांसद संलग्न भए । अनि आफ्नो राजनीतिक दल र नेताको संरक्षणमा त्यस्ता अपराधको कारबाही भोग्नबाट जोगिँदै आए । यस परिवेशमा स्वतन्त्रले संसद्मा इमानदारीको उदाहरण प्रस्तुत गर्न सक्छन् । संसद्ले यतिबेला संख्या भन्दा पनि गुणस्तर खोजिरहेको छ । जुन स्वतन्त्रबाट परिपूर्ति हुन सक्छ । संसद्प्रति चुलिँदै गएको नागरिक अविश्वासलाई विश्वासमा परिणत गर्ने, सिर्जनशील नागरिक–मैत्री नीति निर्माण गर्ने, नागरिक र सार्वजनिक संस्थाबीचको पुल बन्ने, नीति निर्माण तहमा नागरिकको सहभागितालाई सुनिश्चित गर्ने लगायतका क्षेत्रमा स्वतन्त्रले राम्रो योगदान गर्न सक्छन् । अझ भन्ने हो भने निरस क्षेत्रका रुपमा चित्रित राजनीतिको तस्बिर बदल्न स्वतन्त्रले महत्वपूर्ण योगदान गर्न सक्छन् । ........... गण्डकी र लुम्बिनी प्रदेशको उदाहरण हेरौँ । २०७४ सालको निर्वाचनमा गण्डकी प्रदेशमा स्वतन्त्र जितेका दीपक मनांगेले त्यहाँको सरकारलाई पूरै अस्थिर बनाइदिए । देख्दा राजनीतिक दलको जस्तो देखिए पनि खास त्यहाँको राजनीति दीपक मनांगेको वरिपरि केन्द्रित छ र उनी नै शक्तिको केन्द्रमा छन् । ......... त्यसैले उनले जति कर्मचारी पिटे पनि या आफ्ना स्वकीय सचिवलाई नै कार्यवाहक मन्त्री बनाए पनि उनीमाथि कुनै कारबाही हुन सक्दैन । गण्डकी प्रदेशका पूर्व र वर्तमान दुवै मुख्यमन्त्री दीपक मनांगेको अगाडि निरीह बने । लुम्बिनी प्रदेशमा तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाट एमाले र माओवादी छुट्टिएपछि केही समयका लागि विमला वली स्वतन्त्र हैसियतमा पुगिन् । उनलाई राजनीतिक दल छान्न निश्चित समय दिइयो । त्यो अवधिमा उनी लुम्बिनी प्रदेशको राजनीतिको केन्द्रमा रहिन् । उनकै कारण तत्कालीन मुख्यमन्त्री शंकर पोखरेलको सरकार ढल्यो । प्रदेशमा एकजना मात्रै स्वतन्त्रले जित्दाखेरि राजनीतिक अस्थिरता कुन तहमा बढ्न पुग्छ भन्ने समकालीन यी दुई उदाहरण हाम्रा सामु छन् ।

स्वायत्तता खोजिरहेछन् मधेश र मधेशी संघीयतासँग जोडिएका स्वायत्तता, पहिचान र लोकतन्त्रलाई कसरी गहन, सघन र विस्तार गर्ने, यही अबको हाँक हो । ...... काठमाडौंको एकाधिकार संघीयताका लागि चुनौतीका रूपमा विद्यमान हुँदाहुँदै पनि नेपालमा संघीयताको भविष्य खराब देखिँदैन । संघीयतासँग जोडिएका स्वायत्तता, पहिचान र लोकतन्त्रलाई कसरी गहन, सघन र विस्तार गर्ने, यही अबको हाँक हो । ...... १५ सय वर्षअघिको लिच्छविकालीन विकेन्द्रीकरण र स्वायत्त शासन ..... विडम्बना, शाह-राणा शासकलाई समेत आपत्ति नभएको मधेश शब्द राजा महेन्द्रद्वारा फैलाइएको पहाडे राष्ट्रवादका लागि स्वीकार्य भएन । मधेशको सट्टा तराई शब्द मात्रै स्थापित गर्ने राष्ट्रवादी अभियानले समथर भूभाग, त्यहाँका स्रोतसाधनलाई मात्रै देख्छ, त्यहाँकै पुरानो पहिचानलाई देख्दैन । त्यहीँ सयौँ जुनी संघर्ष गरेका आदिवासी जनजाति, त्यहीँ दस–नंग्रा खियाउने मधेशी, दलित, मुस्लिम र महिलालाई अन्देखा गरिन्छ, उनीहरूको स्वपहिचान, आत्मसम्मान र न्यायिक आवाजलाई दबाइन्छ । सात दशकको संघर्षपछि उनीहरूले प्रादेशिक पहिचान पाएका छन्, संघीयतामा अंश पाएका छन्, अब जनजनसम्म स्वायत्तता, सुशासन र लोकतन्त्रको विस्तारको आवश्यकता छ । नीति-निर्णय-कार्यान्वयन गर्नेदेखि लिएर चिन्तन-मनन गर्नेहरूले पनि भुइँतहका अधीनस्थ–जनका भोगाइ, नजरिया र न्यायिक विचारका आधारमा हेर्न सकेनन् भने संघीयतासँगै स्वायत्तता, सुशासन र लोकतन्त्रको विस्तार आकाशको फलमा सीमित रहने खतरा छ ।

No comments: