Saturday, July 16, 2022

16: Hydroelectricity

निर्वाचनमा यसरी आउँछ कांग्रेसको बहुमत
Why this CEO who owns less than 100 personal items says minimalism is his key to success . finding that the less he owns, the more freedom he has. .



कुशासनको एक वर्ष



चक्रव्यूहमा नेपालको जलस्रोत .



पृथ्वीनारायण शाहले नेपाल एकिकरण गरेको हुन भन्ने भ्रम हो : केपि ओली
नयाँ पार्टी खोल्दै बाबुराम
दुई केन्द्रीय सदस्यसहित ६९ जनाले गरे जसपा परित्याग (सूचीसहित) ‘देश र समग्र जनताको परिवर्तनका साथै नेपाली आदिवासी, जनजाति, मधेसी, दलित, थारु, पिछडावर्ग, सिमांकृत वर्गको समानुपातिक समावेशी अधिकार सुनिश्चितता गर्ने महान उदेश्यका साथ पार्टीको जन्म भएको यथार्थलाई उल्टाउँदै तिनका यतार्थहरुलाई बिर्सदै यस पार्टीमा पार्टीमा स्वच्छाचारिता बढेको, एकलौटी ढंगबाट संचालन भएको, नीति, नियम र नेतृत्व प्रष्ट नभएको र पार्टीको संगठनात्मक संरचना अनुसार चल्नुपर्नेमा व्यक्ति, ठेकेदार र भ्रष्टाचारी हावी भएको, जनताको हितमा नभई सीमित आसेपासे, नातेदार र द्रव्यदारहरू चंगुलमा पार्टी डुब्दै गएको’ आरोप लगाएका छन् ।

बाबुराम भट्टराईद्वारा कारबाही खारेजीको माग




चक्रव्यूहमा नेपालको जलस्रोत सचिव ढुङ्गेलको अर्को विशेषता के देखें भने जहिले पनि हातमा नोटबुक र पेन्सिल बोकिरहने। मिटिङमा मात्र होइन अन्य स्थानमा पनि नोट बुकमा टिपोट गर्न अल्छी नमान्ने। अलि अलि टिपोट त आफू पनि गरिन्थ्यो तर ती सब नोटबुक कता पुगे कता। ........ डा. ढुङ्गेलको यो सामग्रीमा के देख्छु भने उनले पुराना नोटबुकलाई अति सुरक्षित तवरले राखेका रहेछन् र तिनलाई यसमा प्रयोग गरेछन्। उनले यसमा विक्रम संवत् र सन्, पद, व्यक्तिको नाम र कसले के भने भन्ने सम्पूर्ण वर्णन गरेका छन्, त्यो पनि २५–३० वर्ष अघिका घटना वा रोचक प्रसङ्गहरू। ....... जिन्दगीभरि अदालतको ‘अ’ सँग पनि सम्पर्क गर्नु नपरेको व्यक्तिले सर्वोच्चको पत्र पाउँदा बडो चिन्तित भएँ। पत्रबाट ‘चिन्तन’ले मलाई मात्र होइन, प्रधानमन्त्री, मन्त्री, सचिव इत्यादि सबैलाई विपक्षी बनाइ महाकाली सन्धि विषयमा सर्वोच्चमा मुद्दा हालेको जानकारी पाएँ। पछि मात्र थाहा भयो– मैले खासै केही गर्नु नपर्ने रहेछ। मन्त्रालयको कानून शाखा (जहाँ उपसचिव राजेन्द्रकिशोर क्षेत्री कार्यरत थिए) ले सबै उत्तर तयार गरेर पत्र बनाइ दिएपछि मैले हस्ताक्षर मात्र गर्नु पर्ने रहेछ र हस्ताक्षर गरी दिएपछि त्यसलाई मन्त्रालयले सर्वोच्च अदालतमा पठाइ दियो। ........ त्यसक्रममा महाकाली सन्धिको बुँदा बुँदा (क्लज बाइ क्लज) भित्र पसें। साथै आफूजस्तै रिटायर्ड भारतीय अधिकृतहरूले ती क्लजहरूप्रति राख्ने धारणा र बुझाइ पनि सुन्ने मौका पाएँ। ......... डा. ढुङ्गेलले अमेरिकी राजदूत तथा कर्मचारीहरू आफ्नो देशको कम्पनीहरू (मल्टिनेशनल कम्पनीहरू) का लागि केसम्म गर्न तयार हुन्छन् भन्ने वर्णन पुस्तकमा सरल तवरले गरेका छन्। पूर्व प्रधानमन्त्री देउवा अहिले आएर एनरोनले मलाई झण्डै फसाएको भन्छन् रे ! .......... नेकपा एमालेको महाकाली सन्धि अध्ययन टोलिका कोअर्डिनेटर केपी शर्मा ओलीले “काली नै उद्गम शाखा हो तर काली नदी चाहिं कुन हो र यसको मुहान कहाँ हो ?” भनेर सोधेका प्रश्नमा मन्त्री राणाले भारतीय पक्षबाट नेपाल भारतको सिमानाको रूपमा देखाइएको कालापानी ताल भन्ने स्थान काली नदीको उद्गम स्थल होइन भन्ने कुरामा श्री ५ को सरकारको स्पष्ट धारणा छ भन्ने जवाफ दिएको बुँदासमेत त्यो पुस्तकमा समावेश छ। .......... काली नदीको उद्गम स्थलको छलफल गर्ने सबै पात्रहरू (शेरबहादुर देउवा, माधवकुमार नेपाल, पशुपतिशमशेर जङ्गबहादुर राणा, के पी शर्मा ओली, डा. प्रकाशचन्द्र लोहनी) अहिले पनि नेपालको मूल राजनीतिमा आसीन छन् तर दु:खको कुरा भारतले कब्जा गरेर राखेको नेपाली भूमि लिम्पियाधुरा, कालापानी आफ्नो हो भनी सन् २०१९ मा आफ्नो नयाँ नक्सामा समावेश गरी प्रकाशन गर्‍यो। तत्पश्चात् नेपालले पनि ती क्षेत्र हाम्रै हुन् भन्दै सन् २०२० मा नयाँ नक्सामा समेटेपछि मात्र नेपालका उल्लिखित नेताहरूले छाती पिटेका हुन्। ........... भारतका जलस्रोत मन्त्री ज्यानेश्वर मिश्रले एनरोनलाई एक भ्रष्ट (करप्ट) कम्पनी भने तापनि नेपालका प्रधानमन्त्रीदेखि अधिकांश ठूलाठालूहरू त्यस कम्पनीको पछि लाग्न छाडेनन्। यसमा मन्त्री राणाको कर्णाली चिसापानी हाइड्रो इलेक्ट्रिक प्रोजेक्ट होइन; बहुउद्देश्यीय आयोजना (मल्टिपर्पस प्रोजेक्ट) हो र प्रतिस्पर्धात्मक रूपबाट जानुपर्छ भन्ने अडान सराहनीय छ। त्यस्तै पछि आएकी उपप्रधानमन्त्री (डीपीएम) तथा जलस्रोत मन्त्री शैलजा आचार्यको तर्क पनि सराहनीय ठान्दछु। डीपीएम आचार्यले एनरोनलाई बिदा दिँदै भारतसँग महाकाली सन्धिको तल्लो तटीय फाइदाको छलफल टुङ्गिएपछि पुन: बोलाउने पत्र दिइन। डीपीएम शैलजाप्रति संसदमा सांसदहरूले ठूलो आक्रोश पोखे तर सन् २००१ मा एनरोन टाट (बैङ्क्रप्ट) पल्टियो। उसका दुई प्रमुख कार्यकारी पदाधिकारीहरू (क्यानेथ लि ले र ज्याफ्री स्किलिङ) लाई ठगीको मुद्दा लागी अदालतबाट सन् २००६ मा लामो अवधिको जेल सजाय हुन पुग्यो। .......... ऊर्जा विकास कोष (पीडीएफ) का बारेमा गरिएको छलफलको सिलसिलामा एक पटक विश्व बैङ्कका प्रतिनिधि केहान (केहान टर्कीका नागरिक हुन्) लाई मैले २०० मेगावाटको अरुण ३ बाट विश्व बैङ्कले हात झिक्ने तर त्यही समयमा पाकिस्तानको ठूलो १४०० मेगावाट भन्दा बढी क्षमताको घाजीबरौथा हाइड्रो इलेक्ट्रिक परियोजनामा भने लगानी गर्ने किन ? भनेर प्रश्न गरें। जवाफमा केहानले मुसुक्क हाँसेर मिस्टर पुन ! देयर इज पोलिटिक्स इन वल्र्ड बैङ्क अल्सो। पाकिस्तान इज ए बिग कन्ट्री नेपाल इज नट भने। .............. यो सामग्री पढ्दा मलाई महाभारतको लडाईंमा सञ्जयले दृष्टिविहीन धृतराष्ट्रलाई सचित्र वर्णन गरेजस्तै लाग्यो तर महाकाली सन्धिमा को कृष्ण, को कौरव र को पाण्डव अनि को शकुनि भनेर छुट्याउने जिम्मा पाठकवर्गमा छाडिदिएका छन्– द्वारिकानाथले। यो पुस्तक पढेर महाभारतको लडाईंको अन्त्यपछि यादवहरू कृत बर्म र सत्काइ किन आपसमा लडेर खत्तम भए ? भन्ने जवाफ पनि पाउन सक्छन्– पाठकले। ........... सचिवस्तरको वार्तामा नेपालले मान्यता नदिएको अतिघातक शर्तहरू, “विदाउट प्रेजुडिस टु देयर रेस्पेक्टिभ एक्जिस्टिङ कन्जङ्टिभ युजेज अफ द वाटर अफ द महाकाली रिभर र प्रिक्लुड्स द क्लेम, इन एनि फर्म बाइ आइदर पार्टी अन द अन युटिलाइज्ड पर्सन अफ द सेयर्स अफ द महाकाली रिभर” लाई परराष्ट्र मन्त्री डा. प्रकाशचन्द्र लोहनी तथा जलस्रोत मन्त्री पशुपतिशमशेर राणाले प्रधानमन्त्री शेरबहादुर देउवाको स्वीकृति लिई सन्धिमा समावेश गराएर वार्ता सफल पारेको वर्णन पढ्न। ............ नेकपा एमालेका तत्कालीन महासचिव माधवकुमार नेपालले हिजोको शारदा आजको टनकपुर, भोलिको पञ्चेश्वर भनेर जहाँतहीं ठूलो स्वरले बकेको। यस्तै गरी नेकपा एमालेका नेता केपी शर्मा ओलीले पञ्चेश्वरको बिजुली भारतमा बेचेर नेपालले खर्बौंको आम्दानी गर्छ भनेर बकेको। सन्धि सही गर्ने परराष्ट्र मन्त्री डा. प्रकाशचन्द्र लोहनीले बिजुली बेचेर नेपालले वार्षिक असंख्य आम्दानी गर्छ भनेर लेखेको। जलस्रोत मन्त्री पशुपतिशमशेर राणाले ‘फ्युचर जेनरेसन् स्याल एक्सक्लेम इन वोण्डर द्याट दिस पार्लियामेन्ट ह्याज कज्ड द सन टु राइज फ्रम द वेस्ट’ भनेर संसदमा बकेको। ....... उपरोक्त परिवेशमा उल्लिखित जनप्रतिनिधिहरूले दुई हानिकारक शर्त (भारतको एक्जिस्टिङ युजेज र प्रिक्लुड्स द क्लेम) लाई मान्यता दिई आफ्नो खुट्टामा आफैंले बञ्चरो हानेको थाहा पाएनन् ? .......... अर्बौं अर्ब आम्दानी हुने बिजुलीको कुरा छाडौं। बनिसकेको टनकपुरबाट नेपालले २५ वर्षपछि पनि एक थोपा पानी पाएको छैन। त्यस्तै दोधारा चादनीक्षेत्रलाई शारदा नहर (क्यानल) बाट पानी दिने कुरा कागजमा मात्र सीमित रहेको छ। बरु १०० वर्ष अगाडि चन्द्र शमशेरले गरेको सम्झौताबाट कञ्चनपुर बासीले खेतमा पानी पटाइरहेका छन्। ........ डा. ढुङ्गेलले आफ्नो अर्को कार्यक्रम पनि भएकाले सुरु मै केही कुरा राख्ने अनुमति पाएपछि यसो भने–महाकाली सन्धिमा आफ्नो बुद्धिविवेकले भ्याएसम्मको काम गरेको छु। बदमासी गरेको पाइएमा टुँडिखेलमा झुण्डिन तयार छु। ......... कार्यक्रममा माओवादीका पश्चिम क्षेत्रीय कमाण्डर लेखराज भट्ट पनि रहेछन्। उनले बोल्ने क्रममा यसो भने–डा. ढुङ्गेल हिंडिहाल्नु भयो, हाम्रो माओवादी पार्टीले महाकाली सन्धिलाई अवश्य केलाउने छ। डा. ढुङ्गेलले बद्मासी गरेको ठहरियो भने उहाँलाई हामीले टुँडिखेलमा झुण्ड्याउने होइन, बोरामा हाली त्यसको मुख बाँधेर महाकाली नदीमा फ्याँकिदिनेछौं।



His First Novel Was a Critical Hit. Two Decades Later, He Rewrote It. ....... Many fiction writers wind up wishing they could redraft their early works. Akhil Sharma actually did. ......... Sharma had done a weird thing, something white-rhino rare in the history of literature: He had revised and radically rewritten a novel, his first, “An Obedient Father,” one he published 22 years earlier. Considerably shorter, with a very different ending but the same title, the novel was about to be published a second time — it reappears this month — more than 30 years after Sharma began it. ......... The father, Ram Karan, a widower and a petty administrator whose job amounts to coercing bribes from petty officials, is also a fiend. He is a pedophile, who brutally raped one of his two daughters when she was a child. That daughter, Anita, now a young adult, has become a widow, and without any other options (her successful sister has fled India) she — along with her own 8-year-old daughter, Asha — moves into the father’s apartment. It does not go well. ........... And so novelists revise novels, endlessly, necessarily, on the way to completing them, which is to say by accepting their problems and moving on. ......... Even short novels are long: “The Great Gatsby,” one of the very briefest of great novels, at 47,000 words, will take you four and a half hours to read aloud, an artistic experience in real time that only a few avant-garde films or plays will match, and for which a very long novel, “War and Peace,” say, at 587,000 words and some 50 reading-aloud hours, finds no equal in temporal demands. ........... Toni Morrison, in an afterword to her first novel, “The Bluest Eye,” which she added in 1992, two decades after it was published, wrote with characteristic lucidity about what was wrong with the book: that “a problem lies in the central chamber of the novel. The shattered world I built ... does not in its present form handle effectively the silence at its center.” She continued: “It should have had a shape — like the emptiness left by a boom or a cry. It required a sophistication unavailable to me.” For the Nobel laureate, her solutions ended up being “extremely unsatisfactory.” ........... Dickens, whose “Great Expectations,” like many of his novels, appeared serially before being published as a book, changed the ending ......... “Most writers have revised novels, or parts of novels, so many times by the time of publication, the novel is indeed ‘finished’ — the vision exhausted,” Oates told me by email. “Rewriting 80 percent of ‘A Garden of Earthly Delights’ was a totally fascinating and mesmerizing experience for me. No characters are changed, no scenes are changed, the ‘plot’ remains identical; but the narrative voice, which is the soul of a novel, is quite different: There is less authorial intrusion, more dialogue — characters allowed to ‘speak for themselves.’ Since I love to compose visual descriptions, there is a good deal of that: a sharper focus, as if a slightly blurry windowpane had been wiped clean.” ........... Sharma says he wrote 7,000 pages to produce the novel’s final 208. ........ And the second, and essential, interior is that of the younger son, a child trying to convey his guilt and sorrow and rage as he is all but overlooked by his parents, who resent this healthy son tasked with washing his prodigal brother, the all-but-dead son becoming, for the family, a point of gravity infinitely dense, one that absorbs all hope, all light. ............ The greatest failure, in his view, was that he hadn’t adequately evoked the inner lives of the daughter the father rapes and of her child, whom the father molests. ........... Sharma has been writing about the nightmares of family life throughout his career with an uncommon frankness. He described his parents in a New Yorker essay as “tormented people. My father grew up in a troubled home, and if he hears good news he shakes the news suspiciously until the happiness dies.” ......... Sharma estimates that he spent 4,000 hours on the revision. ......... I tried fixing the book after 20 years, and the book still defeated me.” ........... The sentences, already pure and unfussy, have been purged of any show. What is left is a closer feeling of closeness to his characters — to ugly, sorrowing, tender, stalwart, ruined, unredeemable people, failing at their lives and yet trying, still, to live them. ......... With his daughter in his arms, it was hard to say if he was the consoler or the consoled. ............ The gifted novelist is that stranger, one who seeks formal strategies to put people before us who are in varieties of pain. .



उम्मेदवार छान्न पार्टीका क्रियाशील सदस्यबीच चुनाव गरौं : महामन्त्री शर्मा . यसपटक पाइलट प्रोजेक्टको रुपमा संघ र प्रदेशको निर्वाचनमा उम्मेदवार छान्न ‘प्राइमरी इलेक्सनको पाइलट प्रोजेक्ट’ गर्नुपर्ने प्रस्ताव गरे । ....... उनले १६५ मध्ये १५ र ३३० मध्ये ३० क्षेत्रमा उम्मेदवार चयन गर्न क्रियाशील सदस्यमाझ प्राइमरी इलेक्सन गर्न प्रस्ताव गरेका हुन् । ‘यसले लोकतान्त्रिक अभ्यासको उच्चतम प्रयोगको नेतृत्वमा कांग्रेस अरुभन्दा एक कदम अघि हुनेछ र कांग्रेसप्रतिको आकर्षक पछिल्लो पुस्तामा भीषण ढंगले बढाउनेछ,’ शर्माले भनेका छन् ।



कुशासनको एक वर्ष पाँच दलीय गठबन्धन सरकारले एक वर्षमा लोकतान्त्रिक मान्यतामाथि प्रहार, कुशासनलाई प्रोत्साहन र अनुत्तरदायी शासनको नयाँ मानक स्थापना गरेको छ। ........ चरम निराशामा पनि आशावादी दृष्टिकोण राख्न नछोड्ने नेपाली समाजले पटक पटक परीक्षित र असफल देउवाको यो कार्यकालमा ठूला सुधारको आशा नराखे पनि कम्तीमा पूर्ववर्ती ओली सरकारको पालाका बेथितिको निरन्तरता नहुने अपेक्षा राखेको थियो। तर, एक वर्षकै बीचमा लोकतान्त्रिक मान्यतामाथि प्रहार, कुशासनलाई प्रोत्साहन र अनुत्तरदायी शासनको नयाँ मानक सरकारले स्थापना गरेको छ। ........ पूर्ववर्ती ओली सरकारलाई अध्यादेशको शासन चलाएको भनी चरम आलोचना गरेको गठबन्धनले सरकार  चलाएको एक महीनापछि नै दल विभाजनलाई सहयोग पुग्ने गरी राजनीतिक दल सम्बन्धी ऐनलाई अध्यादेश मार्फत संशोधन गरिदिएको थियो। केन्द्रीय समिति वा संसदीय दलमध्ये एक ठाउँमा ४० प्रतिशत पुर्याएर दल विभाजन गर्न सकिने अघिल्लो सरकारको प्रस्तावभन्दा अझ अघि बढी देउवा नेतृत्वको सरकारले २० प्रतिशत मात्रै पुर्याए पुग्ने अध्यादेश ल्याएर नेकपा (एमाले) टुक्याउन ढोका खोलिदियो। .......... देउवा नेतृत्वको सरकार कति अपारदर्शी छ भन्ने एउटा उदाहरण मन्त्रिपरिषद्का सदस्यको सम्पत्ति विवरण सार्वजनिक गर्ने लामो समयदेखिको अभ्यास तोड्नु हो। ......... अर्थमन्त्री जनार्दन शर्माले निश्चित व्यावसायिक समूहलाई पोस्ने गरी करका दर हेरफेर र अन्य निर्णय मार्फत गत आर्थिक वर्ष र चालू आर्थिक वर्षको बजेटमा चलखेल गरेका थिए। फलाम, विद्युतीय सवारी साधन आदिको करका दरमा हेरफेर गरेर सरकारले नीतिगत भ्रष्टाचारलाई संस्थागत बनायो। ......... देउवा शासनकालमा नेपाली अर्थतन्त्र झ्नै सङ्कटोन्मुख हुन पुगेको छ। विदेशी विनिमय सञ्चिति साढे ६ महीनाको मात्र वस्तु तथा सेवाको आयात धान्ने तहमा ओर्लिएको छ। देशमा भित्रिने र बाहिरिने रकमबीचको अन्तर इतिहासकै उच्च घाटाको स्थितिमा छ। नेपाल राष्ट्र ब्याङ्कका अनुसार, जेठसम्म शोधनान्तर घाटा रु. दुई खर्ब ७० अर्ब पुगेको छ। ६ वर्ष सामान्य रहेको उपभोक्ता मूल्यवृद्धि ह्वात्तै चुलिँदा नागरिकको दैनिकी हदै खलबलिएको छ। ......... किसानलाई रासायनिक मल र विद्यार्थीलाई पाठ्यपुस्तक उपलब्ध गराउन सरकार चुकेको छ। सुशासनका हिसाबले कुनै सरकारी अड्डाको काममा पनि सरलता र सहजता ल्याउन प्रयास गरिएको छैन। राहदानी विभागमा लागेको भीडले त्यसको पुष्टि गर्छ। शासन मितव्ययी बनाउन कुनै प्रयत्न गरिएको छैन। बरु, गठबन्धन जोगाउन प्रदेशहरूमा कैयौं मन्त्रालय थपेर राज्यकोषको रकम फुर्मासी गरिएको छ। ...... भलै, अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अनुमोदन, स्थानीय निर्वाचन र कोभिड-१९ खोप व्यवस्थापनमा सरकारले प्रशंसनीय काम गरेको छ। ....... प्रदेश र सङ्घीय निर्वाचनको पूर्व सन्ध्यामा समेत सरकारले राम्रो काम गर्न आवश्यक ठानेकै देखिएन। सुशासन, जवाफदेही, आर्थिक परिसूचक सहित समग्र हिसाबले सरकारको एक वर्ष बिर्सन लायक रह्यो।

No comments: