Tuesday, July 19, 2022

19: Corruption

माफीमा अल्झेको वाम तालमेल प्रचण्ड र माधव नेपाल सहित उनी पक्षधर नेताहरुले ओलीले प्रतिनिधिसभा विघटन गरेकोमा माफी मागेमा वाम तालमेल सम्भव हुने तर्क गर्छन् । ओली पक्षधर भने १९ बुँदे आरोपपत्र लगाएकोमा प्रचण्डले माफी माग्नुपर्ने र एमाले विभाजनको गल्ती माधव नेपालले स्वीकार्नुपर्ने अडानमा छन् । वामपन्थी दलहरुले कसले माफी माग्ने भनेर झगडा गरिरहँदा लाभ भने निरन्तर कांग्रेसले उठाउँदै आएको छ । .

एकतामा आउन माओवादी र समाजवादीलाई एमाले सचिवको आग्रह
खुला बाबुरामको भूमिगत पार्टी !
६५ सय मेगावाटका जलविद्युत आयोजना विदेशीको हातमा, कहिले बन्छ टुंगो छैन चीन र भारतका कम्पनीहरुले सोझै वा नेपालकै विभिन्न कम्पनीमार्फत लाइएसेन्स लिएर आयोजना ‘होल्ड’ गर्छन् । तर, समयमै लगानी नआउँदा त्यस्ता आयोजनाहरु प्रस्तावमा सीमित हुने गरेका छन् । .

भ्रष्टाचार र गरिबीको लगनगाँठो

व्यापक प्राकृतिक स्रोतसाधन हुँदाहुँदै बाबजुद पनि देशले आर्थिक विकास गर्न नसक्नु र गरिबी उकासिनुको पछाडि सबैभन्दा महत्वपूर्ण कारण भनेको नेपाली समाज तथा शासनमा माथिल्लै स्तरमा हुने भ्रष्टाचार नै हो ।

....... हाम्रो दिनहुँ जसो हरेक कार्य सोझै र घुमाउरोसंग भ्रष्टाचारसँग जोडिएका छन । जस्तै हामीले खाने पानीको उपलब्धता वा गुणस्तर, हामीले हिडने सडक तथा बाटाघाटाको अवस्था, सार्वजनिक सेवा प्रवाह गर्ने कार्यालयहरूले प्रवाह गर्ने सेवा वा वस्तुको गुणस्तर, न्यायालयबाट हुने फैसला, विद्यालय वा विश्वविद्यालयमा हुने पठनपाठन तथा त्यसको गुणस्तर, भन्सार या राजस्व संकलन केन्द्रहरूले उठाउने राजस्व स्तर, नीति निर्माण गर्ने संस्थाहरूले निश्चित वर्ग तथा समुदायको स्वार्थमा नीति नियम बन्नु, सहयोग या अनुदान वितरणसँग सम्बन्धित सरकारी गैरसरकारी संघसंस्थाहरूको जवाफदेहिता यसका केही उदाहरण हुन । यस्ता सार्वजनिक निकायहरूले गर्ने सेवा प्रवाहको गुणस्तरलाई भ्रष्टाचारले ग्रस्त पारेको छ । नेपालका सार्वजनिक निकाय लगायत .... जताततै भ्रष्टाचारले गाँजेको छ । परिणामतः स्रोत साधन भएर पनि देशले आर्थिक विकास गर्न सकेको छैन भने नागरिक गरिबीको दुष्चक्रको पासोमा परेका छन् । ...... दिनहुँ बढदै गएको धनी र गरिबबीचको खाडल, आफ्नो देशमा रोजगारीको अवसर नपाई बिदेसिएका युवाहरूको लावालस्कर, निर्माण कार्य सम्पन्न नहुँदै भत्किन सुरु भएका सडकहरू या भाचिएका पुल तथा कल्भर्टहरू, न्याय पाउने आशमा वर्षौंसम्म न्यायालय धाइरहनुपर्ने निरिह नागरिकको बाध्यता त्यसै हुने कुरा होइनन । बरु यी सबै देशमा झाङ्गिदो भ्रष्टाचारको उपज हो । ....... राजस्व, मालपोत, भन्सार, यातायात जस्ता कार्यालयहरू सरकारी कर्मचारीहरूको प्रमुख रोजाइमा पर्दछन् । यसरी धेरैजसो कर्मचारीहरूको प्रमुख रोजाइमा पर्नुको कारण त्यहाँ गर्न सकिने ठूलो थप आम्दानी हो । यस्तो थप आम्दानी भ्रष्टाचारसँग जोडिएको छ । सेवाग्राही नागरिकलाई दुख्ख दिएर उनीहरूबाट घुस लिएर त्यहाँका कर्मचारीले थप आम्दानी गरिरहेका छन । सर्वसाधारण नगारिक सेवा लिन जाँदा घुस चढाउन बाध्य छन् । ....... निर्माणका क्रममा चिनजान या आफ्नो पार्टीमा आबद्ध कार्यकर्तालाई ठेक्का दिने, सरकारी सहयोग वा अनुदानको अनुचित प्रयोग जस्तै काम गर्नेलाई नभई आफ्ना कार्यकर्तालाई वितरण गर्ने कार्य पनि भ्रष्टाचार हो । ....... साधारण मानिसले सरकारी कार्यलयहरूबाट सहजरूपमा काम लिन या त चिनजानका कर्मचारी हुनुपर्यो, वा राजनीतिक दलका नेताको शक्ति प्रयोग गर्नसक्ने पहुँच हुनु पर्‍यो । यस्तो छैन भने लाग्ने रकम भन्दा बढी थप रकम घुसकोरूपमा दिनुप्यो । सरकारी कामकाज, कर्मचारी नियुक्ति, विकास निर्माणका कार्य जस्ता आम जनताको जीवनमा प्रत्यक्ष प्रभाव पार्ने स्थानमा भ्रष्टाचारले जरो गाडेर बसेको छ । पहुँच वा पैसा हुने व्यक्तिले त जसरी पनि आफ्नो काम लिन्छन तर गरीब दुःखीहरूले भने यसको ठाडै बढी असर भोग्नुपर्ने पर्ने हुन्छ । यस्तो हुँदा गरीबहरू अझै गरिबीको दुष्चक्रमा फस्छन र उनीहरूका पुस्तौं पुस्ता गरिब नै भएर बाँच्नुपर्ने बाध्यता दोहोरिई रहन्छ । ........ नेपालले निर्माण गरेका सडकहरू कति गुणस्तरहीन छन भनेर बुझ्न जापान सरकारको सहयोगमा निर्माण भएको तीनकुनेबाट सूर्यविनायक सम्मको सडक र धुलिखेल देखि सिन्धुलीसम्म सम्मको बिपि राजमार्गलाई मात्र राम्रोसँग हेर्ने हो भने फरक छुटयाउन सकिन्छ । त्यही भुगोलमा जापानले बनाएको सडक चाहि एक दशकसम्म राम्रोसँग चल्ने तर नेपाल सरकारले बनाउने सडक, गरेको कालोपत्रे चाहि १ वर्ष पनि राम्रोसँग नचल्नुको पछाडीको कारण के हो ? यसको सहज जवाफ छ भ्रष्टाचार । भौतिकपूर्वाधारमा भईरहेको यस किसिमको भ्रष्टाचारले नागरिकलाई गरिबीको रेखामुनी धकेल्न महत्वपूर्ण भूमिका खेलिरहेको छ । ........ नेपालमा बजेटमा विनियोजन गरिएको रकम ११ महिना सम्म खर्च नगर्ने अनि अन्तिम महिनामा आएर रकमान्तर गरी जथाभावी खर्च गर्ने प्रथा झाँगिदै गएको छ । यसले स्रोतको दुरूपयोग सिवाय केही गर्दैन ।




‘राजनीतिक भ्रष्टाचार’ अन्त्यका लागि राष्ट्रिय क्रान्ति .



१६५ सिटको भागबण्डा : कांग्रेसलाई १००, अरुलाई ६५? बार्गेनिङ हुँदा कांग्रेसले ९५ लिएर अरुलाई ७० दिन सक्ने .
सिंहदरबार बैठकपछि प्रचण्डले भने : पार्टी एकीकरणको कुरा हुँदैछ, हेर्नुहोला प्रगति हुन्छ
प्रेस युनियनमा देखियो कांग्रेसको गुटगत बाछिटा
बाबुरामको पार्टी पुनर्गठन अभियान गोरखाबाट सुरु
वाम गठबन्धनको नजिर : एमाले १०४, माओवादी ५८



भ्रष्टाचार र गरिबीको लगनगाँठो



[Part 1]: An ambassador's personal experience: The truth about the murder of the Nepali Royal Official investigative reports and all eyewitnesses have proven that Crown Prince Dipendra was responsible for the bloodshed.
“Issues between Nepal and India should be resolved diplomatically” . .

No comments: