Thursday, July 14, 2022

14: Sri Lanka

बाबुरामसहित नौजना जसपाबाट निष्कासित, अशोक राईलाई संघीय परिषद्को जिम्मेवारी पार्टीबाट निष्कासित पर्नेहरूमा डा.बाबुराम भट्टराई, कार्यकारिणी सदस्य महेन्द्रराय यादव, हिसिला यमी, गङ्गा श्रेष्ठ, प्रशान्त सिंह, भक्तबहादुर शाही र केन्द्रीय सदस्यहरू रमेश यादव र दानबहादुर चौधरी रहेका छन् । त्यसैगरि, संघीय परिषद्को अध्यक्षबाट बाबुराम भट्टराईलाई हटाएपछि सो ठाउँमा अशोक राईलाई मनोनीत गरेको छ । .

Brainstorm Tech 2022: Tales From The Crypt(o) - Volatility Is A Feature, Not A Bug



Snapshots from over 1,300 Afore Alpha applications
काँग्रेस बैठकमा उठ्यो प्रदेश र धर्मनिरपेक्षता खारेजीको माग
भ्रष्टाचारी नेता र कर्मचारीहरुको सम्पत्ति राष्ट्रियकारण गछौंः रवि लामिछाने
संवैधानिक अंग नबनेसम्म सम्पत्ति शुद्धीकरण विभागको औचित्य छैन निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाकै अकुत सम्पत्तिका विषयमा विभागमा मुद्दा दर्ता भयो । दुर्भाग्य चाहिँ विभागका महानिर्देशकबाट न्यायाधीशमाथि छानबिन गर्न सक्ने अधिकार छैन भनियो । महानिर्देशकको उक्त बोली सरासर सरासर कानुनविपरीत सवाल हो । हो, अख्तियारका हकमा क–कसविरुद्ध छानबिन गर्न पाउने व्यवस्था छ । तर, सम्पत्ति शुद्धीकरण हकमा कुनै पनि पदाधिकारीहरूलाई ‘बाहेक’ गरेको छैन । त्यसरी ‘बाहेक’ नगरेको अवस्थामा राणाका सम्पत्तिमाथि छानबिन गरिनुपर्थ्याे । उनको सम्पत्ति र स्रोत केलाइनुपर्थ्याे । विभागसँग छानबिन गर्न सक्ने अधिकार प्राप्त छ । ......... प्रारम्भमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई अर्थ मन्त्रालयअन्तर्गत राखियो । केपी शर्मा ओली प्रधानमन्त्री भएसँगै प्रधानमन्त्री कार्यालय ‘शक्तिशाली’ तुल्याउन, उक्त विभागसहित राजस्व अनुसन्धान विभाग र राष्ट्रिय अनुसन्धान विभागलाई पनि प्रधानमन्त्री मातहत ल्याइयो । यतिखेर त्यो निकाय प्रधानमन्त्री मातहत छ । त्यसो हुँदा उक्त विभागले प्रधानमन्त्रीको इसारा र मनसाय बुझेर काम गर्छन् । ..... स्थायी प्रकृतिको संवैधानिक अंग नबनेसम्म सम्पत्ति शुद्धीकरण विभागको औचित्य देखिँदैन । .





जहानियाँ गणतन्त्रका नेपाली राजापाक्षेहरू कमिसनका लागि ठूला परियोजनामा विदेशी ऋण लिएर लगानी गर्ने अनि ती परियोजनाले आर्थिक उत्पादन नगर्ने भएपछि श्रीलंका नराम्रोसँग डेट ट्रयाप (ऋणको पासो) मा पर्न गयो । कोभिड-१९ ले श्रीलंकालाई मात्र होइन, विश्वको अर्थतन्त्रलाई नै आक्रान्त पारेको थियो । ........ आफ्नो परिवारलाई सरकारका विभिन्न मन्त्रालयको मुखिया बनाउने, आफन्तलाई सरकारी पद दिलाउने अर्थात् नेपालका नेताहरू जे जे गर्दै आएका छन्, श्रीलंकाका सत्तारुढ नेताहरूले त्यही त्यही गरे । ......... हामीकहाँ पनि राज्यको सम्पूर्ण धनलाई मुठ्ठीमा लिएका राणा शासक र तिनका परिवारका कतिपय सदस्यहरू मुलुकमै रहेनन्, राज्य लुटेको धनसहित भारत-बेलायत-अमेरिका पुगेकै हुन् । न जुद्ध शमशेर मुलुकमा रहे, न पद्म शमशेर, न मोहन शमशेर नै । तिनीहरूले अथाह धन भारतमा पुर्‍याउँदै राचीदेखि देहरादुनसम्म ‘नेपाल-दरबार’ बनाउँदै बिलासी जीवन जिएकै हुन् । गरिब मुलुकका नागरिकका गाँस-बास खोस्दै, अनि धुरुधुरु रुवाउँदै धेरै ‘शमशेरहरू’ भारतमै मस्ती जीवन यापन गर्न पुगेकै हुन् । यतिखेर पनि अनेक ‘प्रकृति-प्रवृत्ति’का ‘शमशेर’हरू मुलुक डुबाउँदै विदेशमा धन पुर्‍याउँदै छन् । ........... बजेट बनाउने अर्थमन्त्री, आफ्नै छोराले व्यापार गर्ने कम्पनीलाई ९० प्रतिशत भन्सार छूट दिने प्रधानमन्त्री, अनि यिनका लुटजन्य कृत्यमा चूपचाप बस्ने कार्यकर्ताहरू भएको मुलुकमा अरु लुट कति मच्चाइएको होला सहजै अनुमान गर्न सकिन्छ । ......... के हामीलाई इम्बोस्ड नम्बर चाहिएको थियो ? नागरिकता प्रमाणपत्र हुँदाहुँदै के हामीलाई राष्ट्रिय परिचयपत्र चाहिएको थियो ? यी सब कमिसनका निम्ति भएका रचिएका खेल हुन् । राष्ट्रिय परिचयपत्रका निम्ति विदेशीसँग ठूलो परिणाम ऋण लिइएको छ । एकातिर नागरिकलाई राष्ट्रिय परिचयपत्र लिन ‘हन्डर’ खुवाइन्छ, अर्कातिर यसबाट शासकीय वृत्तका पात्रहरू र कमिसन एजेन्ट अथाह लाभ लिइरहेका छन् । .......... जब देशमा पेट्रोल आउँदैन, आयात गर्ने विदेशी मुद्रा हुँदैन त्यो दिनमा असंगठित नेपाली जनता जागेको दिन तिनको हविगत राजापाक्षे झैँ हुनेछ । ..... आर्थिक संकटोन्मुख देशमा हतियार किन्ने, सात अर्बको इम्बोस्ड नम्बर प्लेट लगाउने, सर्प पाल्न राज्य ढुकुटी प्रयोग गर्ने, कमिसन एजेन्ट-बिचौलिया, दलाल व्यापारीबाट घेरिने, सरकारी रकममा बाउबाजेका नाममा प्रतिष्ठान बनाउने सूची आमनागरिकको मन-मनस्तिष्कमा गढेकै छ । तसर्थ, होस् गर नेता तथा राज्य सञ्चालकज्यूहरू तिमीहरूलाई पनि राजापाक्षे बनाउने दिन नआओस् । .

ओमिक्रोन 'बिए फाइभ': छिटो फैलने, कम घातक!
महालेखाको रिपोर्ट : लुट्न सके लुट शासक, छैन कोही बाधक
सरकारको एक वर्ष : ओलीको भन्दा भिन्न छैन

No comments: