Friday, July 22, 2022

22: Girija Koirala



४ वर्षमा २४५६ मेगावाट बिजुली निर्यात गर्ने प्राधिकरणको प्रक्षेपण, आयात शून्य हुने निर्माण सम्पन्न, निर्माणाधीन र निर्माणको तयारीमा रहेका समेत गरी २७ हजार ७८० मेगावाट क्षमताका आयोजना अघि बढेका छन् । ...... भारतको एसजेवीएन लिमिटेडले २०७९ मेगावाट क्षमताका ३ वटा आयोजना पाएको छ । जसमध्ये ९०० मेगावाटको अरुण तेस्रो आयोजनाको काम ६५ प्रतिशत सकिएको छ । ...... यस्तै हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) र विद्युत् उत्पादन कम्पनी लिमिटेडले संयुक्त रुपमा २०३२ मेगावाटका आयोजना अघि बढाएका छन् । यस्तै लगानी बोर्डमार्फत ४९५० मेगावाट रहेको छ ।

यी हुन् पृथ्वीनारायण शाह राज्य विस्तारक थिए भन्ने प्रत्यक्ष प्रमाण . भारतका मौर्य वंशका संस्थापक चन्द्र गुप्त मौर्य (इशापूर्व ३४०) का मन्त्री कौटिल्यले आफ्नो पुस्तक अर्थशास्त्रमा नेपालका घुमराडी र आठपाटे राडी असल हुन्छन् भनी नेपाल राज्यका अस्तित्व स्वीकार गरेका थिए । ....... समुद्र गुप्तको इलाहवादमा पाइएको स्तम्भ लेखमा कामरूप (आसाम) देखि कतृपुर (कुमाउँ गढवाल) सम्मको भूभागलाई नेपाल भनेको पाइन्छ । ....... लिच्छविकालमा यहाँ आएका चिनियाँ यात्री हुनयान साङले वि.सं. ६८६ देखि ७०२ सम्म गरेको अध्ययनको यात्रा वर्णनमा नेपालको परिधि ४००० ली भनी लेखेका छन् । यो चिनियाँ माप ५८६ कोस अर्थात् १३३५ माइल हुन्छ । ....... उपरोक्त तीन कारणले नेपाल ठूलै थियो भनिन्छ । तर, वि.सं. ९३७ देखि १५३८ सम्म आउँदा यो तीन राज्यमा बाँडियो । ११५४ मा नान्यदेवले कर्नाटकबाट आएर डोय राज्य सिमरौनगढमा स्थापना गरे । करिब २२५ वर्ष यिनका वंशजले त्यहाँ शासन गरे । यस राज्यलाई तिरहुत पनि भनिन्छ । पश्चिमतर्फ खस मल्लका नागराजले राज्य स्थापना गरे, जसको राजधानी सिजा (जुम्ला) मा थियो । काठमाडौँ उपत्यका र आसपास मात्र नेपाल रह्यो । यही प्राचीन् नेपाल एकत्रित भयो भन्ने तर्क एकीकरणको पक्षमा दिइन्छ (दिनेशराज पन्त/१) । तर, यो योजनाबद्ध एकीकरण नभई गोरखा राज्यको विस्तारीकरण हो । ......... काठमाडौँ विजयपछि देशको नाम गोरखाबाट नेपालमा रूपान्तरित भयो । तर, धेरै पछिसम्म अंग्रेजहरूले यस राज्यलाई गोरखा नै भनिरहे । महाकाली पूर्व मलाउमा आक्रमण गर्ने नेपाली सेना थिए । केहीलाई लोभ दिएर, केही थाकेर र केहीलाई त्यहीँ बसोबास गर्ने इच्छा जगाएर अंग्रेजले नेपाली सेनाहरूलाई जम्मा गरी खडा गरेको समूहलाई ‘गोरखा रेजिमेन्ट’ नाम दिइयो । गोरखा राइफल्स बनाइयो । यी नाम आज पनि प्रचलित नै छन् । अंग्रेज लेखकहरूले पहिले पहिले लेखेका किताबमा यस राज्यलाई गोरखा नै भनिएको छ । १९१० सालको मुलुकी ऐन र सनद सवालका धेरै ठाउँमा गोरखा राज्य नै भनिएको पनि छ । ...... उनका पिता नरभूपाल शाहले पनि नुवाकोटमा आक्रमण गरेका थिए । तर, असफल भएपछि योजना नै त्यागिदिएका हुन् । .

वाम गठबन्धनका लागि एमालेले प्रचण्डलाई प्रधानमन्त्री अफर गर्न सक्छ ? . एमालेका एक स्थायी कमिटी सदस्यले दिएको जानकारीअनुसार माओवादी केन्द्र र एकीकृत समाजवादीलाई गठबन्धनमा ल्याउनुपर्ने मत बढ्न थालेको छ । ....... माओवादी केन्द्र, एकीकृत समाजवादीसहित वामदेव गौतम, बाबुराम भट्टराईसमेत मिलेर वाम पृष्ठभूमिको समाजवादी केन्द्र बनाउने र एउटै घोषणापत्र, चुनाव चिह्नसहित चुनावमा होमिने रणनीतिमा जुटेपछि एमाले थप दबाबमा पर्न थालेको छ । ...... झलनाथ खनालले पनि एकताका लागि एकीकृत समाजवादीले सबै ढोका खुला राखेको बताएका छन् । खनालले भने, ‘वाम गठबन्धनका लागि सबै ढोकाहरू खुला राख्नुपर्छ ।’ ....... ज्ञवालीले भने, ‘अहिले एमाले मात्र होइन, अन्य दल पनि चुनावी गठबन्धनका पक्षमा प्रस्ट देखिएका छन् । सबै पार्टी एक्लै निर्वाचनमा जानुभन्दा गठबन्धनमै जोड दिइरहेको पाइयो । एमालेले अहिले नै यसो गर्नुपर्छ भनेर रणनीति बनाएको छैन । तर, आवश्यकता हेरी पार्टी कार्यकताको मनोभावनालाई बुझ्दै गठबन्धनको रणनीति बनाउनुपर्छ । यो छफफलको विषय हो ।’ ......... प्रचण्डले आउँदो चुनावपछि पहिलो खेपमै प्रधानमन्त्री बन्ने चाहना राखेका छन् । एमाले अध्यक्ष ओली पनि प्रधानमन्त्रीको चाहनासहित चुनावी मैदानमा जाने तयारीमा छन् । तर, एकल प्रतिस्पर्धामा जाँदा एमाले सरकारमा फर्किने गरी सिट जित्न नसक्ने भएको विकल्पमाथि बहस गर्नुपर्ने तर्क उठिरहेको छ । एमालेभित्र त्यही क्रममा प्रचण्डलाई प्रधानमन्त्रीका लागि आवश्वासन दिन सकिने बारेमा पनि छलफल हुन थालेको एमालेस्रोतको दाबी छ । ......

ओलीनिकट एक नेताले दिएको जानकारीअनुसार ५ वर्ष सत्ताबाहिर बस्नुभन्दा प्रचण्डलाई २ वर्षका लागि प्रधानमन्त्री दिएर गठबन्धन गर्नु उपयपुक्त हुन्छ भन्ने कोणमा नेताहरूले छलफल गर्न थालेका छन् ।

.......... ‘अध्यक्ष ओली भने तत्काल प्रचण्डलाई साथ लिनेभन्दा पनि नेकपा एसका केही केन्द्रीय नेताहरूलाई चुनावमा टिकट दिएर भए पनि एमालेमा ल्याउनुपर्ने पक्षमा देखिनुहुन्छ । यसका लागि एमालेका केही नेताहरू छलफलमा व्यस्त छन् । तर, एसका नेताहरू एक्लैभन्दा पार्टी नै एकता गर्न पक्षमा छन् ।’
.

चुनावपछि गठबन्धनको प्रधानमन्त्री प्रचण्ड कि आरजू? साउन १ मा भारत भ्रमणबाट फर्किएका प्रचण्डले आफ्नो भ्रमण निकै सफल भएको दाबी गर्दै भनेका छन्, ‘सरकार र भाजपाले जुन–जुन सम्मान र सुरक्षाको प्रवन्ध मिलायो, यो त प्रधानमन्त्रीलाई भन्दा कम थिएन। समग्रमा मैले सोचेभन्दा राम्रो भ्रमण भएको महसुस भएको छ।’ ........ प्रचण्डले ६ साउन बिहान जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईसँग २ घण्टा छलफल गरे। त्यसक्रममा उनले तीन बाम घटकलाई मिलाएर नेकपा समाजवादी केन्द्र बनाउन प्रस्ताव गरे। प्रचण्डको प्रस्तावमा भट्टराई सकारात्मक छन्। ....... प्रचण्डले वाम एकताको पहल थाले पनि कांग्रेससहितको पाँचदलीय गठबन्धन पनि सँगैसँगै अगाडि बढाइरहेका छन्। आगामी चुनावसम्मै गठबन्धन कायम रहने प्रचण्डले प्रष्ट पारिसकेका छन्। ........ छरिएका कम्युनिष्टलाई एकै ठाउँ ल्याएर बढी सिट जित्ने, कांग्रेसलाई एक्लै बहुमत पुग्न नदिने उनको योजना देखिन्छ। ....... बहुमत ल्याउन नेपाली कांग्रेसले पाँचदलबीच गठबन्धन गर्ने निर्णय गरिसकेको छ। तर, उसको सर्त छ–गठबन्धन पाँचैवर्ष राख्नुपर्छ। नेतृत्व पनि आफ्नै हुनुपर्छ। ........ ‘हामी सर्तसहित गठबन्धन गछौँ, चुनाव हामीसँग मिलेर जित्ने अनि एमालेसँग मिलेर सरकार बनाउने, सरकार ढाल्ने खेल हुनसक्छ, हाम्रो बैसाकी लिएर चुनाव जित्ने, भोलि अर्कैसँग लाग्दा के हुन्छ ? त्यसमा कांग्रेस सचेत छ,’ ती पदाधिकारीले थपे। ........ महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्रीका लागि तयार छु भनेर बताएपछि काँग्रेसका तेस्रो तहका नेताहरु निकै उत्साहित छन्। ........ तर,अहिले कांग्रेसमा सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीका दाबेदार छन्। ....... कुनै कारणले सो समझदारी नभत्किए मंसिरपछिको २ वर्षको पहिलो कार्यकालको प्रधानमन्त्री प्रचण्ड बन्नेछन् भने त्यसपछिको तीन वर्ष आरजूले नेतृत्व गर्नेछिन्। ....... आरजूलाई कैलालीको कुनै निर्वाचन क्षेत्रबाट जिताएर प्रतिनिधि सभामा ल्याउने तयारी छ। ......... यही सूचना पाएर हुनसक्छ, कांग्रेसका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले मोर्चाबन्दी गरेका छन्। ...... कांग्रेसभित्रको यही अप्ठेरो अवस्थालाई बुझेका देउवालाई गठबन्धनको साथ लिएर आरजूलाई प्रधानमन्त्री बनाउने रणनाीतिमा छन्। .

प्रचण्डले अघि सारे माधव र बाबुरामसहितको एकता प्रस्ताव, पार्टीको नाम समाजवादी केन्द्र प्रचण्डले एकता गर्दा नेकपा समाजवादी केन्द्र नाम राखेर जान सकिने प्रस्ताव पनि गरेका छन्। ....... बिहीबार बिहान ९ बजेदेखि ११ बजेसम्म प्रचण्ड र बाबुरामबीच प्रचण्डका भान्जा गोकुल भण्डारीको अपार्टमेन्टमा छलफल भएको हो। बिहीबार प्रचण्डसँगको छलफल सकारात्मक भएको भट्टराईले आफूनिकट नेताहरुसँग बताएका छन्। अहिले उनी आफूनिकट नेताहरुसँग छलफलमा छन्। जसपा पुनर्गठन निर्णय गरेपछि जसपा अध्यक्ष उपेन्द्र यादवले भट्टराई लगायत ९ नेतालाई कारवाही गरिसकेका छन्। .



२० वर्ष पहिले प्रधानमन्त्री शेरबहादुर देउवा सभापति गिरिजाप्रसादको आलोचनामा शेरबहादुरको त्यो भाषण सभापतिले प्रतिपक्षसँग नाटकीय गठबन्धन गर्नुभयो गाउँमा आतङ्ककारीहरूको धम्की, काँग्रेस संस्थापन पक्षबाट सिर्जना गरिएको अवरोध र मौसमको प्रतिकूलता तथा खेतीपातीको व्यस्तताका बावजुद तपाईंहरू मेरो निमन्त्रणा स्वीकार गरेर राजधानी आउनु भएको छ । ........ मैले पार्टी एकताका निम्ति भरमग्दुर कोशिश गरें । साथीहरूले पनि गर्नुभयो । तर, सभापति गिरिजाप्रसाद कोइरालाद्वारा नेतृत्व गरिएको पार्टी संस्थापन पक्ष एकताका निम्ति राजी भएन, भएको छैन । ........ एकता र सदभावको आवश्यकता छ । ........ आउँदो आम निर्वाचनमा शान्ति स्थापनाको पक्षमा आतङकका विरुद्धको जनमत सङ्ग्रह हो । आगामी निर्वाचनको मुख्य एजेण्डा यही हो । प्रजातन्त्रको रक्षा गर्न आतङ्कवादलाई पूर्णरूपमा परास्त गर्नु जरूरी छ । त्यसका लागि आज हाम्रो संवैधानिक राजसंस्था र प्रजातन्त्रवादी शक्तिहरूका बीच एकता, आपसी विश्वास र समझदारीमा अभिवृद्धि हुनु जरुरी छ । ........ आम कार्यकर्ताहरूप्रति पार्टीको संस्थापन पक्ष अत्यन्त असहिष्णु ढङ्गले प्रस्तुत भइरहेको छ । एकपछि अर्को घटनाको शृङ्खला हेर्नुहोस्, आज वास्तवमा काँग्रेस संस्थापन पक्षको असहिष्णुता चुलिइसकेको छ । अवस्था अत्यन्त कठिन छ । तर, कठिन अवस्था नै निर्णायक पनि हुन्छ भन्ने कुरा हामीले कहिल्यै बिर्सनुहुँदैन । ........ यो नेपाली काँग्रेस, नेपालका तमाम प्रजातन्त्र पक्षधरहरूको साझा घर हो । यस घरको धनी–पूर्जा सामूहिक छ । कुनै परिवार वा व्यक्तिका अधीनमा यसको स्वामित्व सीमित छैन । ........ प्रजातन्त्र स्थापनाको क्रान्तिको संवाहक, मातृभूमिको स्वतन्त्रता तथा जनताका हक र अधिकारका निम्ति समर्पित यो पार्टीमा आज एकथरी अतिवादीहरूको वर्चस्व स्थापित भएको छ ।

निश्चय नै पार्टीमा यसभन्दा पहिला पनि उतार–चढावहरू नआएका होइनन् तर यस किसिमको दुःखदायी अतिवादको उत्कर्षबाट उत्पन्न पीडा हामीले देखेका, भोगेका थिएनौं । आज मलाई अत्यन्त अप्ठ्यारो लागिरहेको छ, म कसरी र कुन शब्दमा वर्तमान दुष्चक्रको वर्णन गरूँ ?

......... उहाँ आतङ्कारीलाई निरस्त पार्न वार्ता पनि गर्न नसक्ने र सुरक्षा निकायहरूलाई समझदारीका साथ परिचालन पनि गर्न नसक्ने अवस्थामा पुग्नुभएकाले प्रधानमन्त्रीबाट बाहिरिनुभएको थियो । ....... प्रष्ट के छ भने सत्तामा गिरिजाप्रसाद कोइराला आफूबाहेक अरू बसेको, अन्य कसैले काम गरेको देख्नै नसक्ने प्रवृत्तिले काम गरेको छ । ......... हाम्रो बहुमतको सरकार थिएन तापनि संसद्मा दुई दिहाईभन्दा बढी मतले दूरगामी महत्वको एकीकृत महाकाली सन्धिको अनुमोदन भएको थियो । त्यसले कोइरालाको प्रधानमन्त्रीत्व कालमा पार्टीमाथि लागेको टनकपुरको दोषलाई मेटेको कुरा सबैले मानेका छन् । ........ काँग्रेसकै दुई जना सांसदहरूलाई लुकाएर मलाई प्रधानमन्त्रीबाट हटाइएको थियो । फलस्वरूप, स्थानीय निर्वाचनमा नेपाली काँग्रेस नराम्ररी पराजित हुनु परेको थियो । ........... साथीहरू, माओवादी नाम गरेका आतङ्ककारीहरूले नेपाली जनजीवनलाई आक्रान्त पारेका छन् । त्यसमाथि पनि नेपाली काँग्रेसका कार्यकर्ताहरू सबैभन्दा बढी पीडित छन् । आतङ्कको पीडा र दुष्प्रभाव तपाईंहरू प्रत्यक्ष भोगिरहनुभएको छ । ........ वार्ताको विकल्प नै प्रयोग नगरी सेना परिचालन गर्नुपर्दछ भनेर पार्टी सभापतिको पक्षले गरेको प्रचारका तुमुल ध्वनिहरू हामी सबैका कानमा गुञ्जेका हुन् । उनीहरू वार्ता भङ्ग होस् भनिरहेका थिए तापनि सरकार इमानदारीसाथ समाधान खोज्ने यत्न गरिरहेको थियो । ........ कथित माओवादीसँग तीन चरण वार्ता भयो । तर चौथो चरणको तयारी गरिरहेका बखत ती कथित माओवादीहरू वार्ताबाट भागे । शाही नेपाली सेना लगायतका सुरक्षा निकायमाथि आक्रमण गर्न थाले । ......... प्रजातन्त्रवादी मुलुकहरूमा आतङ्कवादका विरुद्ध त्यहाँका सबै राजनीतिक पार्टीहरू एकजुट हुन्छन् । ........... नेपाललाई आतंकवादका विरुद्ध लड्न विश्वको जनमतले समर्थन र सहयोग दिएको छ । तर, मेरै आफ्नै पार्टीको नेतृत्वले साथ दिएन । ........ संकटकालीन अवस्थाको अनुमोदनका लागि संसद्मा राखिएको प्रस्ताव अनुमोदन गर्न सभापति कोइरालाले सानो बाधा सिर्जना गर्नुभएको थिएन । उहाँले प्रमुख प्रतिपक्षसँग नाटकीय गठबन्धन गरेर पार्टीमा समेत छलफल नगरी अकस्मात् संविधान संसोधनको प्रस्ताव अघि सार्नुभएको थियो । सरकारलाई अप्ठ्यारो पार्ने अनि विफल बनाउनमै वहाँले पार्टी संयन्त्र प्रयोग गर्नुभएको थियो । ......... आतंककारीहरूबाट काँग्रेसका कार्यकर्ताहरू, निर्दोष नागरिकहरू सुरक्षाकर्मीहरू मारिइरहेका तर सभापति कोइराला भने आफ्नै पार्टीको सरकारलाई विफल बनाउन सदैव सक्रिय रहिरहनुभयो । प्रत्यक्षमा सरकारलाई सहयोग गर्ने बाचा गर्ने तर नेपथ्यमा आफ्नै पार्टीको सरकारलाई असहयोग गर्ने हरसम्भव कोशिश गरेका अनेकन् प्रसंग, प्रमाण र उदाहरण छन् । ......... साथीहरू यथार्थमा हाम्रो राजनीतिक परिदृश्यमा देखा परेका अस्थिरताका कारक सभापति कोइराला नै हुनुहुन्छ । शासनमा आफै बस्नैुपर्ने तर शासन गर्न पनि नसक्ने उहाँको विशेषता हो । ........... के नेपाली काँग्रेसका कार्यकर्ताहरूलाई मारेर रगतको होली खेलिरहेका आतंकारीहरूलाई निसस्त्र गर्नु मेरो गल्ती हो । के प्रजातन्त्र मास्न अघि सरेका आतंककारीहरूबाट मुलुकलाई त्राण दिलाउने काम गर्नु मेरो गल्ती हो । ........ साथीहरू, श्रीमान् मारिएर तिनका श्रीमतीहरूको पुछिएको सिउँदो र चुरा फुटेका हातहरू सम्झनुहोस् । बाबु मारिएर अनाथ बनेका बालबालिकाहरूको दुर्दशा सम्झनुहोस् । तपाईंहरू स्वयं गाउँ–घर छोडेर लुकीछिपी अनेक कष्ट साथ विस्थापित भइरहेका मर्मान्तक अवस्थाको भुक्तभोगी हुनुहुन्छ । ....... के जनता र प्रजातन्त्रको हितमा काम गर्दा प्रधानमन्त्रीलाई पार्टीले पुर्जी काट्नुपर्छ ?

के पुर्जी काट्ने मानिसलाई प्रधानमन्त्री संस्था हो भन्ने कुराको ज्ञान छैन ?

यसले के आभास दिएको छ भने काँग्रेसको वर्तमान संस्थापन पक्षलाई प्रधानमन्त्रीय पद्धतिको अर्थ पनि थाहा छैन । उसको व्यवहार अधिनायकवादी जस्तो छ । ............ महामन्त्रीबाट २४ घण्टे पुर्जी कट्ने काम भयो । मलाई अनुशासन समितिले पहिला निलम्बन, त्यसपछि पार्टीको साधारण सदस्यबाट निष्कासन गर्यो । ....... सभापति कोइरालाका विचित्र मान्यता छन् । वहाँ आफू प्रधानमन्त्री भएका बेला प्रधानमन्त्रीय पद्धतिलाई बलियो बनाउनुपर्छ भन्नु हुन्थ्यो तर सभापति भएका बेला प्रजातन्त्र सभापतीय पद्धति भएझै गरेर प्रस्तुत भइरहनुभएको छ । वहाँले बनाएका परिभाषाहरू संस्थालाई केन्द्रमा राखेर किमार्थ बनेका हुँदैनन् । आफूलाई केन्द्रमा राखेर बनेका हुन्छन् । ......... यस घडीमा म हाम्रो पार्टीका संस्थापक नेता कृष्णप्रसाद भट्टराईलाई गिरिजाबाबुले प्रधानमन्त्रीबाट हटाएको दृश्य झल्झली सम्झिरहेको छु । ......... चुनावमा काँग्रेसले बहुमत ल्यायो, किसुनजी प्रधानमन्त्री बन्नुभयो । तर, वहाँ एक दिन मात्र पनि सञ्चले बस्न पाउनु भएन । साता दिन नपुग्दैदेखि गिरिजाबाबु निहुँ खोज्न थाल्नु भयो । तपाईंहरूलाई थाहा छ, किसुनजीको प्रधानमन्त्रीत्वका बेला वहाँले देशमा मुर्दा शान्ति छाएको भनेर असन्तोष व्यक्त गर्नुभएको थियो । तर, वहाँको असन्तोषको कारण शान्ति–अशान्ति केही होइन । आफ्नो नामको प्रारम्भमा प्रधानमन्त्री थप्नु मात्र हो । ........... पाँचदशक प्रजातान्त्रिक आन्दोलनमा आफ्नो जीवन उत्सर्ग गर्दै २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमाण्डर हुनुभएका आदरणीय गणेशमान सिंहलाई गिरिजाबाबु प्रधानमन्त्री हुँदा गरिएको अपमान इतिहासमा अंकित भइसकेको छ ।
.



बीपी स्मृति हैमरस्क्जोंल्ड भेटेर ‘मर्किङ्स्’ पढेर बीपी जे भन्दछन्... प्रसिद्ध कूटनीतिज्ञ डाँग हैमरस्क्जोंल्डको सन् १९६२ मा छापिएको ‘मर्किङस्’ भन्ने पुस्तक उसबेला अत्यन्त महत्वपूर्ण पुस्तकका रूपमा संसारभरि पढिएको मानिन्छ । यो पुस्तक छापिनुभन्दा करिब दुई वर्षअघि मात्र बीपी कोइरालाको न्युयोर्कमा उनीसँग भेट भएको थियो । त्यसबेला बीपी नेपालको प्रतिनिधित्व गर्दै संयुक्त राष्ट्र संघमा भाग लिन न्युयोर्क गएका थिए । सुन्दरीजलमा थुनामा रहेको पहिलो वर्ष नै उनले ‘मर्किङ्स्’ पढ्न पाए । अतः उनले व्यक्ति तथा विचार दुवै दृष्टिकोणले डाँग हैमरस्क्जोंल्डको मूल्यांकन गरेका छन् । .......... डाँग हैमरस्क्जोंल्ड सन् १९५३ मा संयुक्त राष्ट्रसंघका दोस्रो महासचिव भए । उनी दोस्रो कार्यकालका लागि पनि निर्विरोध रुपमा छनोट गरिए । ........ विभिन्न अफ्रिकी उपनिवेशहरूलाई राजनीतिक स्वतन्त्रताको बाटो हिँडाउन हैमरस्क्जोंल्डको ठूलो योगदान थियो । ........ सन् १९५६ को स्वेज संकट तथा सन् १९६० मा सोभियत संघद्वारा एक अमेरिकी विमान कब्जा गरेपछिको खिचातानीमा हैमरस्क्जोंल्डले मध्यस्थता गरेका थिए । संयुक्त राष्ट्र संघ आपतकालीन फोर्सको स्थापना गर्ने श्रेय हैमरस्क्जोंल्डलाई नै जान्छ । इजिप्ट र कंगोमा राष्ट्रसंघीय शान्ति मिसन कायम गर्ने उनै हुन् । हैमरस्क्जोंल्डले इजरायल र अरब राज्यहरू बीच सम्बन्ध सुधार गर्न राम्रो प्रयास गरेका थिए । ......... अमेरिकी राष्ट्रपति जोन एफ केनेडीले हैमरस्क्जोंल्डलाई उन्नाइसौं शताब्दीका सबैभन्दा ठूला राजनीतिज्ञ (स्टेट्स्म्यान) भनेका थिए । उनी दुर्घटनामा पर्नुभन्दा पहिले नै उनलाई शान्तिका लागि नोबेल पुरस्कारमा चयन गरिएको थियो । .......... हैमरस्क्जोंल्ड भन्दछन्, ‘हाम्रो जमानामा पवित्रताको बाटो अनिवार्यतः कर्मको संसारको बाटोबाट नै जाने गर्छ ।’ ......... निष्काम कर्मको सिद्धान्तमा बीपी खोक्रोपना देख्दछन् । ...... उनले हैमरस्क्जोंल्डलाई अपेक्षाकृत चिसो व्यक्तित्वको मान्छे भनेका छन्, “ऊष्णताको अभाव भएको व्यक्तित्व, जस्तो कि ब्राह्मणहरूको आदर्श मानिएको छ । दुब्ला, पातला भएकाले उनी धोतीमा तिलक तथा यज्ञोपवीतका साथ पूरा ब्राह्मण लाग्ने थिए, तर उनको समीपमा सौहार्द तथा आत्मीयताको न्यानो पाइन्न थियो र उनको अफिस– जहाँ म उनीसँग भेट्न गएको थिएँ– पनि उनैको व्यक्तित्वको अनुरुप ठण्डा र सजावट शून्य, एउटा विशुद्ध कार्यस्थल – एकदम युद्धस्थल जस्तो अनावश्यक वस्तुबाट रिक्त थियो ।’ ...... ‘जुन देशबाट उनी आएका थिए– त्यहाँका मानिसहरूमा एकप्रकारको चिसो व्यक्तित्व पाइन्छ, मेरो त्यहाँको एक सप्ताहको बसाइबाट एउटा प्रमुख असर मैले लिएर आएँ– त्यो त्यहाँको चिसोपन मानिस तथा प्रकृति दुवैको । त्यसो हुनाले हैमरस्क्जोंल्डको शान्त र भावुकताविहीन व्यक्तित्व उनको राष्ट्रिय चरित्रगुण होला ।’ .

बीपीकी श्रीमती सुशीला : किन बीपीलाई प्रधानमन्त्री हुनबाट रोक्थिन्? जीवनकालमा आफ्नै परिवारबाट जेठाजु मातृका, पति बीपी र देवर गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री भएको हेर्न पाइन् । ....... दुई तिहाई बहुमत प्राप्त दल नेपाली काँग्रेसका सभापतिसमेत रहेका आफ्ना पति बीपीलाई प्रधानमन्त्री नबन्न दबाब दिँदै अनसनसमेत बसिन् । ........ अहिले प्रधानमन्त्री, मन्त्रीको निर्णयमा श्रीमती हाबी हुने गरेको आरोप लाग्दै आइरहेको छ । नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवामाथि पनि यस्ता आरोप लाग्दै आएका छन् । ........ राजासँग सुवर्ण समशेरको निकटता भएकोले प्रधानमन्त्री र पार्टी सभापतिमा छोडिदिन आग्रह गरेको बताए । उनले बीपीलाई श्रीमती सुशीलाले पार्टी सभापति छोडेर पार्टी संगठन बलियो बनाउन सुझाव दिएको पनि बताए । सुवर्ण समशेर राणा परिवारका निकट सदस्यको रुपमा हेरिँदै आएका जोशीको बुझाई पनि बीपीकी श्रीमती सुशीलाले पार्टी सभापति पद सुवर्णलाई छोडिदिन आग्रह गर्ने गरेको आफूले थाहा पाएको उनले सुनाए । ........ ‘मैले सुनेअनुसार सुशीला भाउजुले बीपीलाई बारम्बार छोडिदिनुहोस्, प्रधानमन्त्री र संसदीय दलको नेता बन्न, सुवर्ण समशेरको राजासँग निकट छ, उहाँलाई छोडेर तपाई पार्टी संगठनलाई बलियो बताउनु लाग्नुस् भन्ने गर्नुहुन्थ्यो भनेर सुनेको थिएँ ।’ नेता जोशीले भने । ........ नेपाली काँग्रेस पार्टीले दुई तिहाईका साथ जितेको भएपनि तीन महिनासम्म संसदीय दलको नेता चुन्न सकस भइरहेको कारण संसदीय दलको नेता चुन्ने कुरामा बीपी उठ्न लाग्दा कमाएको इज्जत र प्रतिष्ठा मेटिने डरले श्रीमती सुशीला चिन्तित भएको ....... त्यतिबेला एकातिर राजाले सुवर्णजीलाई नै चाहेको कुरा बाहिर आइरहेको थियो अर्कोतिर नेपाली काँग्रेस भित्रैबाट पनि बीपीलाई असहयोग हुने गाईंगुईं चलेको थियो । ‘त्यसैले मेरो आमाले पटकपटक बाबालाई तपाई प्रधानमन्त्रीमा दाबी नगर्नुस् । सुवर्णजीलाई बनाउनुस् भन्नुभएको थियो,’ उनले भने । ..... अन्तिममा बीपीले प्रधानमन्त्री भएर देशको सेवा गर्छु भनेर एकल निर्णय लिएका हुन् । .

The Man Who Took Modernity to China
‘Hide your strength, bide your time’ Intent on challenging US hegemony in Asia, China has rapidly translated its economic prosperity into ........ China’s rapid emergence as a full-spectrum regional power has placed Asia on the cusp of a major geopolitical shift, rekindling ancient memories of a Sino-centric order in the region. The recent summits in China (APEC) and Myanmar (ASEAN) have potently demonstrated China’s ever-expanding global ambitions and its determination to supplant a US-led order in the region. For almost seven decades, the US has served as the undisputed hegemonic power in East Asia. In recent years, however, China seems to have abandoned Deng Xiaoping’s famous dictum: “Hide your strength, bide your time.” ......... Under Xi Jinping, China’s first paramount leader in decades, China has accelerated its efforts at challenging American hegemony, on both economic and military fronts. Without a doubt, China’s rising economic power has provided tremendous opportunities for neighbouring countries and much of the world. As a global factory, China has provided affordable products for consumers across the world, a large pool of surplus labour for global industries, and affordable loans and technology to developing countries, especially in Africa, Latin America, and Southeast Asia. ........... Quick and lethal US military victories against its enemies, especially Saddam Hussein’s (Soviet-equipped) military in 1991, encouraged the PLA to step up its capabilities in both advanced, hi-tech “information warfare” as well as asymmetrical warfare, the so-called “anti-access/area-denial” (A2/AD) capabilities. .......... Overtime, however, Beijing will have the capabilities to create an ever increasing ‘no-go zone'” across the Western Pacific. Unlike the US, which often acts as the global policeman across multiple theatres of conflict, China has the luxury of concentrating all its forces in its immediate neighbourhood. ......... even if China can’t match the US military muscle for decades to come, it can, nevertheless, focus on enhancing its strategic position in the Western Pacific. ........ China, during the ASEAN summit, promoted its New Silk Road strategy, offering large-scale capital and infrastructure development schemes to countries across the Eurasian landmass as well as the Western Pacific and the Indian Ocean. ......... the China-led newly inaugurated Asian Infrastructure Investment Bank, which is set to compete against the Japan-led Asian Development Bank. ......... From the perspective of many Asian countries, the burgeoning Sino-American economic rivalry means more trade, investment, and large-scale financing opportunities. Economic competition is largely a healthy rivalry. But Sino-American military competition is an entirely different matter. .......... The greatest source of concern, however, are China’s coercive manoeuvres in the Western Pacific, ranging from the harassment of foreign fishing vessels and construction of military garrisons on disputed features, to the (existing and impending) imposition of Air Defence Identification Zone over international waters. There is also growing concern over the rising frequency of incidents involving PLA jet fighters and Chinese para-military vessels taking bold actions against American and Japanese forces, risking a full-blown military escalation. .

Ukraine war must end to prevent nuclear ‘abyss’: Lukashenko Belarusian leader calls for deal on ending the conflict but says any peace agreement depends entirely on Kyiv. ........... Russian officials have said Moscow would only authorise the use of nuclear weapons in the event it was confronted with an “existential threat”. ....... Belarus, which shares a border with Ukraine, served as a staging ground for Russia’s invasion. ...... Lukashenko, who has ruled Belarus for nearly 30 years, also insisted that Ukraine’s government can end the conflict if authorities re-start stalled peace talks with Moscow and accept its demands. ........ Lukashenko urged Ukrainian authorities to “sit down at the negotiating table and agree that they will never threaten Russia.” ......... On Wednesday, Russian Foreign Minister Sergey Lavrov said it made no sense to resume discussions for the time being and accused Kyiv of having no “desire to discuss anything in earnest”. He also announced Moscow had widened its war aims beyond eastern Ukraine’s Donbas region. ........ In an apparent nod to those remarks, Lukashenko said Ukraine must now accept the loss of regions occupied by Russia in eastern and southern Ukraine as part of any deal to end the conflict. .

A STRANGE BILL GATES STORY. (THAT CAN HELP YOU GROW YOUR BUSINESS)
LinkedIn Soars in Debut

No comments: