Pages

Wednesday, September 10, 2025

10: Gen Z Kranti (Nepal)

सुशीला कार्कीलाई समर्थन गर्दै बालेनले भने– अन्तरिम सरकारको मुख्य काम चुनाव गराउनु हो
२७ घण्टामै सत्ता ढाल्न सफल ‘जेनजी’ पुस्ता कहाँ अलमलियो ? आन्दोलन सफल भइसकेपछि सकेसम्म जेनजी पुस्ताको सामूहिक निर्णय, त्यो हुन नसके अधिकांशको सहमतिका आधारमा मुलुकलाई निकास दिने तयारी गर्दा केही समय लागेको उनीहरूको तर्क छ ।
अबको निकास कसरी ?
यी तीन आधार टेकेर बंगलादेशमा बनेको थियो अन्तरिम सरकार नयाँ सरकारको गठन गर्दा जोगिएला नेपालको संविधान ?
नेतृत्वको चर्चापछि सुशीला कार्की : 'हामी कसैलाई चुनाव नलड भन्न सक्दैनौं'
लिङ्देनको प्रस्ताव : जेनजीको सहमतिमा अन्तरिम सरकार र अन्तरिम संविधान
जेनजी आन्दोलनका क्रममा हालसम्म ३० जनाको मृत्यु, एक हजार भन्दा बढी घाइते
कार्यालय छाडेका प्रहरीलाई तत्काल सम्पर्क गर्न हेडक्वार्टरको सर्कुलर
आन्दोलनले देशलाई असफल राष्ट्रतर्फ धकेल्ने खतरा: १० नेताद्वारा जारी संयुक्त वक्तव्य
'जेनजी' भन्दै रास्वपा नेता गणेश कार्कीले बनाएर पठाए राष्ट्रपति कार्यालयमा सूची
सुशीला कार्कीकाे नाममा बालेनकाे समर्थन
जेनजीले मलाई रुचाए, सरकारको नेतृत्व लिन तयार छु : सुशीला कार्की
२५ वटा कारागारबाट १० हजार कैदी फरार
भग्नावशेषमा परिणत भयो भक्तपुर प्रहरी कार्यालय
जेनजीले झुकाएको 'पेवा'को राजनीति मिति- २३ भदौ २०८२ । स्थान- देशभर । कर्ता- जेनजी पुस्ता । कार्य- भ्रष्टाचार, बेथिति, नेपो किड र सामाजिक सञ्जालमाथि प्रतिबन्धविरुद्ध प्रदर्शन । नतिजा- २७ घण्टा नबित्दै झण्डै दुई तिहाइ बहुमतको सर्वशक्तिमान प्रधानमन्त्री केपी शर्मा ओली राजीनामा दिन बाध्य । .......... सोमबार जेनजीले प्रदर्शन प्रारम्भ हुनेबेलासम्म ‘केटाकेटी आए गुलेली खेलाए...’ ठानिरहेको ओली सरकार प्रदर्शनकारी नयाँ बानेश्वर क्षेत्रमा पुगेपछि तिलमिलायो । संयम राख्न नसकेर निहत्था जेनजी प्रदर्शनकारीमाथि अन्धाधुन्ध गोली बर्सायो । त्यहाँ कम्तीमा १७ जना युवाले अनाहकमा अमूल्य जीवन गुमाए । बाबुआमाको काख रित्तियो, बुढेसकालको सहारा सकियो । यो घटनाको नैतिक जिम्मेवारी लिँदै साँझपख रमेश लेखकले गृहमन्त्री पदबाट राजीनामा दिए । .......

यो आम नरसंहारको आक्रोश गृहमन्त्रीको राजीनामाले मात्र साम्य हुनेवाला थिएन, तर आक्रोशले भोलिपल्ट कति उग्र रुप लेला भन्ने आँकलन गर्न भने गाह्रै थियो ।

................. दु:खद् रुपमा भन्नुपर्छ- मंगलबार जनधनको क्षति निकै ठुलो भयो । यस दिन आक्रोशित जेनजीले नेता र तिनका पार्टी कार्यालयलाई मुख्य निशाना बनाए । उनीहरुले सर्वोच्च अदालतदेखि सिंहदरबारसम्म जलाए । सडकमा टायर त कति बल्यो कति । ....... जे होस्, ‘एक जुगमा एक दिन एकचोटि आउँछ, उलटपुलट उथलपुथल हेरफेर ल्याउँछ’ भनेर कवि गोपालप्रसाद रिमालको कविताले भने झैँ नेपालको इतिहासमा फेरि एकपटक त्यो एक दिन आएको छ । ......... जेनजी आन्दोलनले स्पष्ट सन्देश दिएको छ- अब राजनीतिलाई पेवा र विरासत ठान्ने दिन गए, युवालाई कमजोर आँक्ने दिन गए । ........ जेनजी युवाले आन्दोलन गर्ने घोषणा गर्दैगर्दा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरुलाई खिस्याउने खुबै प्रयास गरेका थिए । उनी हरेक भाषणहरुमा नेतृत्वका लागि कोही युवा नै तयार छैनन् भन्न बाँकी राख्दैन थिए । उनको चेतलाई चुनौती दिए- जेनजी युवाहरुले । देशको राजनीति अब दशकौँदेखिका पुराना अनुहारको हातबाट चल्दैन, विश्वसँग काँधमा काँध मिलाउन सक्ने युवाको हात र मस्तिष्कबाट चल्नुपर्छ भन्ने स्पष्ट पारिदिए । मंगलबारको आन्दोलनले बंगलादेश, श्रीलंका सम्झाइदियो । त्यहाँ पनि यस्तै प्रकृतिको आन्दोलनबाट सत्ता उलटपुलट भएका थिए । ........ यो ज्वालामुखी एक दिन फुट्नेवाला नै थियो, जेनजी आन्दोलन त्यसको बलियो ‘पावर’ बनेर आइदियो । पुरानो विरासतको राजनीतिलाई सदा-सदाका लागि बिदा गर्ने उद्घोष गरेर । ......... अब आन्दोलनको रापले पुरानो सत्ता ‘साफ’ बनाइदिएको छ । पुरानोलाई भत्काएपछि नयाँ बनाउनुपर्ने हुन्छ । त्यसका लागि सही निष्कर्ष, योजना र अठोट चाहिन्छ । स्वत:स्फूर्त रुपमा आन्दोलन गरेका जेनजीलाई अब कुशल मार्गनिर्देश गर्नसक्ने नेतृत्व चाहिएको छ । सामाजिक सञ्जालबाट भ्रष्टाचार, बेथिति, नेपो किड्सविरुद्ध आन्दोलन छेडेर निष्कर्षमा पुर्‍याएका उनीहरुले अबको बाटो निकै सुझबुझका साथ तय गर्नुपर्नेछ । ......... त्यससँगै संसद् विघटन गरेर ‘अर्ली इलेक्सन’मा जानु नै अहिलेका लागि सबैभन्दा बढी बुद्धिमतापूर्ण हुनसक्छ । ....... नयाँ सरकार आएपछि देश संवैधानिक ट्रयाकमा आउनेछ । अनि आम नागरिकले चाहे जसरी देशलाई समतामूलक, भ्रष्टाचारविहीन बनाउँदै तीव्र विकासपथमा दौडाउनुपर्छ ।
जागेका जेनजीमाथि सरकारको बर्बर दमन
जेनजी आन्दोलन : संयमित भएर अघि बढेको भिड कसरी बिच्कियो ?
सुशीला हुँदैन, बालेन–हर्क चाहिन्छ भन्दै जंगीअड्डा पुगे युवा, तस्बिरहरू
भारत र चीनलाई एक सय प्रतिशत ट्यारिफ लगाउन ईयूलाई ट्रम्पको अपिल
राष्ट्रिय राजनीतिले खोजिरहेछ, ‘समीकरण वाई’

Fraud statement. Balen's condition was dissolve the parliament first.

Gen Z


This was not a coup, Arnab, this was a revolution, fully homegrown. नेपालके युवा चाहते हैं कि उन्हें भी मोदी जैसा प्रधान मंत्री मिले जो न खुद घुसखोरी करें न दुसरोको करने दें। Shame on you for suggesting anything else. 



Gen-z Revoultion:- बालेन किन सरेनन् अगाडी ? पढ्नुस् एकएक बुँदा र हरेक बालेन समर्थकसम्म पुयाउनुहोस् ✅ अन्तरिम सरकार भनेको अस्थायी (temporary) मात्र हो, जसको मुख्य जिम्मेवारी चुनावसम्म देशलाई स्थिर बनाउने हो। ✅ बालेन शाहजस्तो नेतृत्वलाई केवल ६ महिनाका लागि “representative” बनाउनु उनको क्षमतासँग न्याय नहोला। ✅ उनीसँग दीर्घकालीन दृष्टि, लोकप्रिय समर्थन र जनभावना छ— त्यसैले उनलाई चार वर्षको कार्यकालसहित स्थायी प्रधानमन्त्रीको रूपमा देख्नु उचित हुन्छ। ✅ अहिले अन्तरिम सरकारको नेतृत्वमा निष्पक्ष, गैरदलीय र अनुभवी व्यक्तित्व (जस्तै सुशीला कार्की) लाई राख्दा राम्रो हुन्छ, जसले चुनावको वातावरण तयार गर्ने। ✅ त्यसपछि जनताले दिएको मत र जनभावनाको आधारमा बालेनले देशको नेतृत्व लिन पाए भने त्यो स्थायी र न्यायपूर्ण हुनेछ।


No comments: