Friday, May 21, 2021

जसपा एक रहने कुरामा शंका

त्यही प्रधान मंत्री पद का लागि एउटा नेकपा दुई भयो र अब तीन हुने तयारी मा छ। त्यही पद का लागि देउबा ले एक पटक कांग्रेस फुटाएको पनि र जोडेको पनि। त्यो पद जसपा लाई किसतीमा ल्याएर दिन्छन भनेर सोच्नु नै गलत थियो। चरम किसिमको एकता र चरम किसिमको आतंरिक अनुशासन कदम कदम मा प्रदर्शन गर्दै गएको भए संभावना थियो। तर एक ठाउँ बसेर गफ सम्म गर्न नसक्ने नेता जी हरु। 

मुद्दा का हिसाब ले चेक होइन कॅश लिन्छु भन्ने लाइन पनि उपधारा एक बाट दुई मा पुगे पछि समाप्त भयो। दुबै पक्ष ले चेक मा मात्र कारोबार गर्ने अवस्था आएको हो। कि तटस्थ बस्ने। तटस्थ बस्नु पनि एक किसिमको मतदान नै हो जस का लागि चरम अनुशासन चाहिन्छ। 

ओली को १२१ को अंक गणित त फेल भएको अवस्थामा, दुई तिहाई फेल भएको अवस्थामा हामी ले ३२ सीट को आधारमा जसपा ले आकाश खसाल्ने अपेक्षा राख्नु हुँदैन। अहिले जसपा ले गर्न सक्ने धेरै छैन। 

बरु चीसो पसेको देउबा लाई के का आधारमा हस्ताक्षर दिइएको हो? चेक हो कि फ़ोकट मा? 

अहिले हुँदा हुँदा यस्तो भइसक्यो जसपा ले पार्टी एकता कायम राख्न मात्र सके त्यसै लाई उपलब्धि मानेर संतोष गर्नुपर्ने अवस्था छ।     

हुन त नेपालको राजनीति कुनै पाकिस्तानी टेली सीरियल भन्दा कम छैन। कहिले कहाँ के मोड़ लिन्छ ठेगान हुँदैन। ओली देउबा जो सुकैले पद पाए पनि नीति कार्यक्रम बजेट प्रस्तुत गर्दा बहुमत नपुग्ने ठुलो संभावना रहन्छ। 

त्यति बेला बरु चेक मा मुद्दा सम्बोधन लिएर सबै ३२ जनाले एक ढिक्का भएर मतदान गर्ने कि? अथवा ३२ जना नै तटस्थ बसे भो। 

गोरुको जुधाइ बच्छाको मिचाई। जसपा मिचियो। 

पार्टी एकता जोगाउन सक्नुपर्छ। पार्टी एकता छैन भने न वर्तमान छ न भविष्य छ। 




ओलीको कुन दाबी सही ? राति अल्पमत, दिउँसो बहुमत ! बाबुराम भट्टराईलाई पनि ओलीले आफ्नै पक्षमा देखाए
कुर्सीको पछि हैन, जनताको हित हुने पक्षमा लाग्छाैं : राजेन्द्र महतो
जसपा नेताहरुलाई बाबुराम भट्टराईको आग्रह- ओलीको भ्रममा नपरौं, पार्टी एकता जोगाऔं  'जसपाका साथीहरूसँग आग्रह: बूढो बाघले सुनको बाला देखाएर भनेछ- जीवनभरको पाप कटनी गर्न बाला दान गर्छु! लोभी बटुवा नजिक गएछ। बाघले एकै गाँस पारेछ। त्यस्तै संघीयता सुन्नै नचाहने ओलीले ऐले संकटमा परेपछि मधेसबारे गोहीको आँसु झार्दै छन्। भ्रममा नपरौं। जेठ ८-९ को बैठकमा सहभागी भएर पार्टी एकता जोगाऔं!,' भट्टराईले लेखेका छन्।
फुटको संघारमा जसपा: यस्तो छ फुटेपछिको सम्भावित परिदृष्य  एउटै पार्टी भित्र बाबुराम भट्टराई–उपेन्द्र यादव र महन्थ ठाकुर–राजेन्द्र महतो पक्षले दुई भिन्न पार्टीको जस्तो अभ्यास अघि बढाएपछि अब चाहिँ जसपा साँच्चिकै फुट्ने अड्कलबाजी हुन थालेका छन्। ........  वैशाख २७ गते बिहान नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका नेताहरुले ओलीविरुद्ध बन्ने संयुक्त सरकारको नेतृत्व लिनसमेत महन्थलाई औपचारिक प्रस्ताव गरेका थिए। तर, ओलीलाई नै सघाउने रणनीतिअनुरुप उनले यो प्रस्ताव पनि स्वीकार गरेनन्। 




 


No comments: