Wednesday, May 26, 2021

महन्थ उवाच





जसपामा स्पष्टीकरण प्रकरण अध्यक्षद्वयले एक-अर्कालाई जवाफ नदिने दुवैले पार्टीको आधिकारिक बैठक बसेर स्पष्टीकरण नसोधिएको भन्दै जवाफ नदिने बताएका छन् । ........ यादव समूहले पार्टी विधान अनुरुप पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले निर्णय गरेर स्पष्टीकरण सोध्नु पर्नेमा व्यक्तिगत रूपमा सोधेकाले नदिने बताएको छ भने ठाकुर समूहले आफूहरूले पत्र नै नपाएको बताएको छ । ........ पार्टी महन्थ ठाकुर र उपेन्द्र यादवको होइन, संस्थागत निर्णय गर्नुपर्छ । ........... यादव समूहले भने अध्यक्ष ठाकुरसहित वरिष्ठ नेता राजेन्द्र महतो, कार्यकारिणी सदस्यद्वय शर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्णलाई स्पष्टीकरण सोधेको छ । स्पष्टीकरण सोधिएका कर्णले आफूलाई पत्र नै आइनपुगेको बताए । ....... ‘अहिलेसम्म स्पष्टीकरण पत्र नै पाएको छैन, कसरी जवाफ दिने,’ कर्णले इकागजसँग भने, ‘पत्र पाएपछि जवाफ दिने/नदिनेबारे बल्ल भन्ने हो । आधिकारिक बैठक बसेर सोधेको नभएकाले जवाफ दिने सम्भावना कम छ ।’ तर, ४ नेताको स्पष्टीकरण पत्रमा हस्ताक्षर गरेका यादव समूहका कार्यकारिणी समिति सदस्य तथा कार्यालय प्रमुख प्रकाश अधिकारीले भने मंगलबार नै चार नेताको मेल र ह्वाट्सएपमा पत्र पठाइसकिएको जानकारी दिए ।

No comments: