Thursday, May 20, 2021

देश दुर्घटनामा जान लागे जस्तो आभाष हुन्छ

२१ घंटा भित्र उपधारा ५ अनुसार सरकार नबने संसद विगठन भएर ओली को नेतृत्वमा चुनाव घोषणा हुने, तर छ महिनामा कोरोना को तेस्रो लहर को निहुँ मा चुनाव नगराउने तैयारी जस्तो देखिन्छ। यो महामारी चल्छ अझ दुई वर्ष। संसद जान्छ। पछि संविधान जान्छ। यो नया संविधान को बाटो होइन। यो फेल्ड स्टेट को बाटो हो। 

सन २००५ मा यस्तै भएको हो। त्यति बेला ज्ञानेंद्र ले दल हरु लाई आउ सरकार बनाउ भनेर आह्वान गरेकै हुन। 

इंग्लैंड को रानी लाई अदालत लगेको, भारतको राष्ट्रपति लाई अदालत लगेको मलाई थाहा छैन। प्रधान मंत्री ले राजीनामा नै नदिएर नया सरकार को आह्वान, त्यो पनि यस्तो महामारी को समयमा २१ घन्टाको कड़ा समय सीमा भित्र। निर्णय सही होइन। प्रक्रिया सही होइन। तर अहिले दन्तबझान गर्ने समय छैन। विशेष परिस्थिति हो। 

सन २००६ मा सबै दल एक भए जस्तै एक हुनुपर्ने समय हो यो। सरकार ले महामारी मा ५,००० मान्छे मरेको भनेको छ। मैले त्यो पत्याएको छैन। संक्रमित को संख्या पनि जति भनिएको छ त्योभन्दा कमसेकम २०-३० गुना बढ़ी होला। 

चार दलका अध्यक्षले गएर हामी चार को रोजाइ ज्येष्ठ सांसद महंथ भन्ने बेला हो यो। राष्ट्रपति ले तोकेको समय सीमा भित्र रहेर यो निर्णय गरिहाल्नुपर्छ होइन भने सन २००५ र सन २०१५ भन्दा गंभीर अवस्था आउन लागेको छ। राजनीतिक दुर्घटना का लागि कुनै पनि समय राम्रो होइन। तर यो महामारी को समय विशेष नराम्रो हो। 

निर्धारित समयभन्दा अगाडि चुनाव गर्न मिल्दैन। महामारी जो चलेको छ। बाँकी समय अब चार दलको सरकार चलाउने। 





No comments: